काठमाडौँ । चिनियाँ वैज्ञानिकहरूले २०२० अभियानबाट फिर्ता ल्याइएको चन्द्रमाको माटो प्रयोग गरेर ठूलो मात्रामा पानी उत्पादन गर्ने 'नयाँ तरिका' पत्ता लगाएका छन् ।
२०२० मा चीनको चाङ अ ५ मिसनले चन्द्रमाबाट माटोको नमूना ल्याउन सफल भएको थियो । ४४ वर्षमा पहिलो पटक चन्द्रमाबाट यस्तो नमूना ल्याइएको थियो । चाइनिज एकेडेमी अफ साइन्सेसका अन्वेषकहरूले 'चन्द्र माटो' मा ठूलो मात्रामा हाइड्रोजन हुने, जसले अत्यधिक उच्च तापक्रममा अन्य तत्वहरूसँग प्रतिक्रिया गरेर पानीको भाप बनाउने पत्ता लगाएका छन् ।
चीनको मिडिया सीसीटीभीले आफ्नो रिपोर्टमा भनेको छ 'तीन वर्षको गहन अनुसन्धान र बारम्बार पुष्टि भएपछि चन्द्रमाको माटो प्रयोग गरेर पानी बनाउने नयाँ तरिका पत्ता लागेको छ, जुन भविष्यमा चन्द्रमाको वैज्ञानिक अनुसन्धान केन्द्र र अन्तरिक्ष स्टेशनको निर्माणका लागि उपयोगी हुनेछ ।'
सीसीटीभीका अनुसार चिनियाँ वैज्ञानिकहरूले आफूले पत्ता लगाएको नयाँ विधि प्रयोग गरेर एक टन चन्द्रमाको माटोबाट करिब ५१-७६ केजी पानी बनाउन सकिन्छ, अर्थात् करिब १०० आधा लिटरको बोतल भर्न सकिन्छ वा पानीको लागि दैनिक आधारमा ५० जना व्यक्तिको आवश्यकता पूरा गर्न सकिन्छ ।
चीनको मिशनले चन्द्रमाको टाढाको भागबाट माटो र अन्य खनिजहरूको नमूना पृथ्वीमा ल्याइएको यो पहिलो पटक हो । चीनले आशा गरेको छ कि हाल र भविष्यका चन्द्र अभियानहरूले अन्तर्राष्ट्रिय चन्द्र अनुसन्धान स्टेशनको लागि जग बसाल्नेछ, जुन यो रसियासँग सह-नेतृत्व गरिरहेको छ ।
चीनको अन्तरिक्ष एजेन्सीले २०३५ सम्ममा चन्द्रमाको दक्षिणी ध्रुवमा ‘बेस स्टेशन’ निर्माण गर्ने मिति तय गरेको छ र सन् २०४५ सम्ममा चन्द्रमाको परिक्रमा गर्ने अन्तरिक्ष स्टेशन थप्ने लक्ष्य राखेको छ। साथै दुवै देशले चन्द्रमामा आणविक उर्जा केन्द्र बनाउने योजनामा पनि काम गरिरहेका छन् ।
चन्द्रमामा पानीको उपस्थिति मानिसलाई त्यहाँ स्थापित गर्न मात्र आवश्यक छैन। नासाले समेत चन्द्रमामा भेटिएको पानी हाइड्रोजन रकेट ईन्धन बनाउन प्रयोग गर्न सकिने बताएको छ, जसले मंगल ग्रह र अन्य गन्तव्यहरूमा थप अन्तरिक्ष अन्वेषणको लागि ईन्धन प्रदान गर्न सक्छ ।
अमेरिका र चीनबीच चन्द्रमाको स्रोत खोज्ने र निकाल्ने दौडको बीचमा, यो खोज चन्द्रमामा स्थायी उपस्थितिको चीनको दशकौं पुरानो परियोजनाको लागि महत्त्वपूर्ण हुन सक्ने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - १७:५९
तनहुँ। व्यास मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो ३:१५ बजे बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। कलेस्तीबाट ...
श्रावण ५ गते, २०८३ - १७:३७
काठमाडौं । भक्तपुरमा फिफा विश्वकपको फाइनल खेल हेर्ने क्रममा भएको झडपमा घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्...
श्रावण ५ गते, २०८३ - १७:१२
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारा’ र ‘काला’ वर्षका रूपमा ब...
श्रावण ५ गते, २०८३ - १६:५४
मुस्ताङ। विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत थोराङ्ला पास भएर एक वर्षमा ११ हजारभन्दा बढी विदेशी पर्यटकले पदयात्रा गरेका छन्। गण्डकी प्रदेशक...
श्रावण ५ गते, २०८३ - १६:३७
नयाँदिल्ली। भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उत्रिएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) आन्दोलनले सरक...
श्रावण ५ गते, २०८३ - १६:०१
इलाम। केही दिनयता निरन्तर भइरहेको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसम्मको सोझो सडक सम्बन्ध टुटेको छ। मेची राजमार्गको माइखोलास्थित राजदुवाल...
श्रावण ५ गते, २०८३ - १५:४१
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक लगातार छैटौं कारोबार दिन पनि बढेको छ। मंगलबार नेप्से ७.२५ अंकले उकालो लागेर २,७२६.०५ अंकमा पुगेको हो। ...
श्रावण ५ गते, २०८३ - १५:२७
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिक समन्वय,...
श्रावण ५ गते, २०८३ - १५:१६
काठमाडौं । सरकारले प्रस्तावित ३ प्रतिशत ‘समता कर’ हालका लागि स्थगन गरे पनि विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि निजी अस्पताल र शैक्षिक संस्थामा...
श्रावण ५ गते, २०८३ - १५:०१
काठमाडौं । विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग नियमित भेटघाट नगरेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले नेपालस्थित विभिन्न दे...



प्रतिकृया लेख्नुहोस्: