काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति, पर्यटन र उड्डयनको चक्र निर्माण गरी अन्तरदेशीय पूर्वाधार निर्माण र आवागमनको सुदृढीकरणमा सहकार्य गर्न आह्वान गरेको छन् ।
भारतको गुजरतामा आयोजित आठौँ धर्म–धम्ब सम्मेलनलाई शुक्रबार साँझ सम्बोधन गर्नुहुँदै उनले धार्मिक पर्यटनको प्रवर्द्धनका साथै विश्वभरका आगन्तुकहरूलाई नेपालका धार्मिक स्थलहरूको पवित्रताको सहज अनुभूति गराउने वातावरणको निर्माणका लागि सहकार्य गर्न आह्वान गरेको हो ।
उनले नेपालका पशुपतिनाथ हलेसी र मुक्तिनाथ तथा भारतको काशीस्थित शान्तिस्तुपा दुई देशबिचका साझा सम्पदाहरू रहेको उल्लेख गर्दै नेपालमा यस सम्मेलनको भावना प्रतिबिम्बित हुने खालको आध्यात्मिक अनुभूति गर्न सकिने उल्लेख गर्नुहुँदै सम्मेलनका सहभागीहरूलाई नेपाल भ्रमणमा आउन निम्तो दिएको थिए।
भुटान श्रीलङ्का लगायतका देशका मन्त्रीहरू र अन्य देशका धार्मिक विचारकहरूको ठुलो सङ्ख्यामा सहभागिता रहेको सो सम्मेलनमा मन्त्री पाण्डेले एकता र विविधता नै हाम्रो परम्पराको आधारभूत मान्यता भएको बताउनुहुँदै शान्ति र करुणको प्रतीकको रूपमा नेपालमा धर्म र धम्बका सिद्धान्तहरू सदियौँदेखि व्यवहारमा रहेको कुरामा जोड दिए ।
सम्बोधनका क्रममा उनले भने, “हाम्रा मनमोहक हिमाल, पवित्र तीर्थस्थलहरू तथा सांस्कृतिक सम्पदाहरूले ब्रह्माण्डीय शक्ति र दैवीय उपस्थितिको झल्को दिई रहेका छन् तसर्थ नेपाल प्रकृति र दैवीय शक्तिको जीवित उदाहरण हो ।”
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको हैसियतमा हाम्रा आध्यात्मिक सम्पदाहरूको संरक्षण प्रवर्द्धन गर्ने निर्णय गरेको जानकारी दिनुहुँदै उहाँले भन्नुभयो “म हाम्रो संस्कृति, पर्यटन र उड्डयनको चक्र निर्माणका लागि अन्तर देशीय पूर्वाधार निर्माण र आवागमनको सुदृढीकरण, धार्मिक पर्यटनको प्रवर्द्धनका साथै विश्वभरका आगन्तुकहरूलाई हाम्रा धार्मिक स्थलहरूको पवित्रताको सहज अनुभूति गराउने वातावरणको निर्माणका लागि सहकार्य गर्न आह्वान गर्दछु । सायद यही नै धर्म–धम्ब परम्पराको वास्तविक अर्थ प्रतिको योगदान हुने छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८३ - १७:४१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसा...
बैशाख २० गते, २०८३ - १७:२८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन्। उनले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन्। य...
बैशाख २० गते, २०८३ - १७:१८
काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जन ले सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले उनलाई आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो। ...
बैशाख २० गते, २०८३ - १६:३४
नेपालगन्ज। स्तरोन्नतिको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले दवाव दिन हस्ताक्षर सङ्...
बैशाख २० गते, २०८३ - १६:२३
रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्।...
बैशाख २० गते, २०८३ - १६:१४
काठमाडौँ। बङ्गलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६’ बाट नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । ब...
बैशाख २० गते, २०८३ - १५:५५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने सदस्यहरूका लागि नयाँ योग्यता मापद...
बैशाख २० गते, २०८३ - १५:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रक...
बैशाख २० गते, २०८३ - १५:४२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को हाल राजनीतिक भेटघाट नियन्त्रित गरिएको छ। हालै पत्थरीको शल्यक्रिया गरेका उनी ...
बैशाख २० गते, २०८३ - १४:०५
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताएका छन् । ...


प्रतिकृया लेख्नुहोस्: