Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

हरेक दिन मृत्युको मूख्य समाचार बन्न विवश सडकयात्री

‘१ लाख लाइसेन्स नक्कली वितरण भएको समाचार आइरहेपनि सरकार मौन’

खबरडबली संवाददाता

काठमाडौं । शुक्रबारदेखि आइतबार बिहानसम्म सवारी दुर्घटनाबाट ३१ जनाले ज्यान गुमाएका छन् भने ६५ जना घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने चारजना अझै बेपत्ता छन् ।

गएको शुक्रबार देशभर सानाठूला गरेर ६ वटा दुर्घटना भए। सबैभन्दा ठूला दुर्घटना तनहुँको आबुखैरनीमा भएको थियो । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भए ।

एक जना बेपत्ता भए । बेपत्ता भएका २२ वर्षीय गोकर्णी सन्दीप सरोदेको खोजी जारी रहेको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए।

दुर्घटनामा मृत्यु भएका २७ जना भारतीय नागरिकलाई शनिबार नै भारत पठाइएको छ भने १६ जना घाइते काठमाडौं स्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रनाउ रायले बताए।

त्यस्तै, त्यसैदिन पोखरामा विद्यालयको बस दुर्घटना पर्‍यो। शुक्रबार दिउँसो पोखरा महानगरपालिका–१७ को घारीपाटन चोकमा स्कुल बस अनियन्त्रित भई दुर्घटना हुँदा एक जना घाइते भए।

पोखरा ८ मा रहेको न्यू मोडल सेकेन्डरी स्कुलको ग १ क ४६६१ नम्बरको बस रोडबाट तल रोकिराखेका ट्याक्सीमाथि खसेको थियो। दुर्घटनामा बस चालक पोखरा ९ बस्ने ५४ वर्षीय दलबहादुर गुरुङ घाइते भएका प्रहरी निरीक्षक किरण थापाले जानकारी दिए।

उनका अनुसार दिउँसो ३ बजेतिर अनियन्त्रित बनेको बसले मोडमा तीन ट्याक्सीलाई ठक्कर दिएको थियो। बसले ठक्कर दिँदा ग १ ज २९३४, ग १ ज २२४१ र ग १ ज ४१८० नम्बरको ट्याक्सीमा क्षति भएको छ।

यस्तै, तनहुँको  मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनाको उद्धार नसकिँदै चितवनमा शुक्रबार दिउँसो अर्को बस दुर्घटना भयो।

रौतहटको गौरबाट पोखराका लागि जाँदै गरेको ग २ ख ४७ नम्बरको बस अनियन्त्रित भएर सडकमै पल्टिएको हो।

चितवनको भरतपुर महानगरपालिका २९ सत्र किलो भन्ने स्थानमा माथिबाट ढुंगा खसेर चालक अत्तालिएको र बस अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए। उनका अनुसार हालसम्म १९ जना घाइतेलाई उद्धार गरी अस्पताल लगिएको थियो।

शुक्रबार नै  काठमाडौंबाट पोखरा जाँदै गरेको गरेको इभी माइक्रो बस धादिङको गल्छी गाउँपालिकास्थित पृथ्वी राजमार्गमा पर्ने सिम बजारमा दुर्घटना हुँदा १५ जना घाइते भए।

वर्षाका कारण सडक चिप्लो हुँदा सो माइक्रो बस दुर्घटनामा परेको धादिङ प्रहरीले जनाएको छ। 

त्यसैदिन बिहान पोखरा सिर्जनाचोकमा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गयो। मृत्यु हुनेमा पर्वतको पैयु गाउँपालिका वडा नं ७ हिले घर भई हाल पोखराको औद्योगिक क्षेत्र बस्दै आएका ३३ वर्षीय सुशान्त गुरुङ छन्। दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको मेट्रोसिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै शुक्रबार राती मोटरसाइकल दुर्घटनामा कविलासी नगरपालिका– ४, हेमपुरका पूर्ववडाध्यक्ष ४३ वर्षीय अरविन्दकुमार यादवको मृत्यु भयो।

बरहथवा नगरपालिका–१०, सीतापुरस्थित किसनपुर चोकमा भएको दुर्घटनामा पूर्ववडाध्यक्ष यादवको ज्यान गएको प्रहरीले जनाएको छ।

कविलासी नगरपालिकाको पिपरीयाबाट बरहथवातर्फ गइरहेको प्रदेश २–०३–०२० प ३२४५ नम्बरको मोटरसाइकल गएराति ९ः३० बजे एक साइकलमा ठोक्किएको र घटनास्थलमै उनको मृत्यु भएको सर्लाही प्रहरीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रबहादुर सिंहले जानकारी दिए।

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मुक्टेनस्थित सडकमा मुक्टेनबाट धरानतर्फ जाँदै गरेको को.२ च ११०५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा जिपमा सवार सोही ठाउँ बस्ने ३७ वर्षीय निर बहादुर सारूको घटनास्थलमै मृत्यु भयो। साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ३ जनाको वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भइरहेको छ।

यसैगरी शनिबार मध्यपहाडी लोकमार्गमा गुडिरहेको गाडी सुनकोशी नदीमा खस्दा ३ जना बेपत्ता भए। शनिबार साँझ खोटाङबाट भक्तपुर आइरहेको हाइलेक्स सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुडुलेमा अनियन्त्रित भएर नदीमा खस्दा तीनजना बेपत्ता भएका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलिका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार चालक सूर्यविनायक नगरपालिकाका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन्।

अर्का सोही ठाउँ बस्ने घाइते २७ वर्षीय सुशान्त कक्षपतिको स्थानीय शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–५ कोशी बाँधस्थित सडकमा स.२ प ७२९६ नम्बरको मोटरसाइकल र को.३४ प ५४४९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा स.२ प ७२९६ नम्बरको मोटरसाइकल चालक राजबिराज नगरपालिका–१५ बस्ने ५२ वर्षीय बिनोद कुमार साहको घटनास्थलमै मृत्यु भयो। साथै दुर्घटनामा घाइते भएका  को.३४ प ५४४९ नम्बरको मोटरसाइकल चालक र मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि अस्पतालतर्फ लगिएको छ।

झापाको दमक नगरपालिका–९ चियाबगानस्थित सडकमा उर्लाबारीबाट दमकतर्फ जाँदै गरेको प्रदेश १–०२०४१ प ५०८२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूषको शनिबार बिहान मृत्यु भयो। ठक्करबाट गम्भीर घाइते भएका उनको विराटनगर नोबेल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो।

यस्तै आइतबार बिहान मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए। 

बसमा आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाइएको छ । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको थियो । दुर्घटनामा १० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि भरतपुर लगिएको छ। 

हरेक दिन भयानक सवारी दुर्घटनाका कारण आम नागरिक त्रसित भएका छन्। हरेक दिन नेपालीहरू समाचारमा मृत्युको हेडलाइन बन्न बाध्य भइरहेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बढिरहेको सवारी दुर्घटना न्यूनीकरणमा लाग्न सबैपक्षसँग अनुरोध गरेका छन्। 

तनहुँको आँबुखैरेनीमा भएको दुर्घटनापछि सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘तनहुँ दुर्घटनाका मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। पछिल्लो समय बढिरहेका सवारी दुर्घटना न्यूनीकरणका लागि लाग्न सबै पक्षलाई आग्रह गर्दछु।’ 

जोखिम लिएर सवारी चलाउन बाध्य

नेपाल यातायात महासंघका अध्यक्ष विजय स्वारले दुर्घटनाको मुख्य कारण सडकको पूर्वाधारको अवस्था जोखिमपूर्ण रहेको बताए। सरकारले पूर्वाधार निमार्णमा  गम्भीर हुनुपर्ने उनको जोड छ।  

 पूर्वाधारको अवस्था हेर्दा सवारी चालकहरू जोखिम लिएर सवारी चलाइरहेको पनि उनले बताए। ‘कति स्थानमा चालकहरूले आफ्नो ज्यान फालेर पनि चालकहरूले यात्रुलाई बचाइरहेका छन्’, उनले भने, ‘उनले भने, ‘यहाँ चालकलाई मात्र दोष लगाएर अन्य सम्बन्धित क्षेत्र पन्छिन मिल्दैन।’  सरकार र जनताको अपेक्षा निजी क्षेत्रले मात्र सुधार गरिदियोस भनेर अपेक्षा राखेर नहुने बताए।

हामीले व्यावसायिक सवारी चालकहरू निर्माण गर्न नसकेको स्वीकार गरे। ‘करिब १ लाख लाइसेन्स नक्कली वितरण भएको समाचार आइरहेको छ। चालकहरूलाई प्रशिक्षण पनि छैन’, उनले भने, ‘हामी व्यवसायीलाई यो नक्कली हो या सक्कली भनेर कसरी थाहा पाउनेरु सवारी चालकको भेरिफिकेशन राज्यले गर्नुपर्छ।’ सरकारी रिपोर्टअनुसार करिब ७० प्रतिशत दुईपाङ्रगे सवारी दुर्घटना भइरहेको उनले बताए।

दुर्घटना न्यूनीकरण गर्न राज्यले सवारी नीति ल्याउनुपर्ने बताए। ‘नीतिले ऐन बन्ने होला, ऐन पछि नियमावली बन्ने होला र नियमावलीपछि कार्यविधि बन्ने हो’, उनले भने, ‘हामीसँग भएका कमजोरी सुधार्न हामी तयार छौँ। सरकारले जिम्मेवारी पूरा गर्न तयार छ या छैन त?’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

सर्वोच्चको आदेश: किशोरी साहको नाम कालोसूचीमा नराख्ने

काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...

एनआरएनए स्टेयरिङ कमिटीको बैठक: मध्यपूर्व संकटप्रति गम्भीर चिन्ता

काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...

पहिलेदेखि नै अस्तित्वमा रहेको साङलो

एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...

मध्यपूर्वमा नेपालीको सुरक्षाबारे सरकारको ध्यानाकर्षण, र्‍यापिड एक्सन टिम गठन

काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...

भेटी रकमबाट बालगृहमा अक्षयकोष स्थापना

पोखरा  । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...

लागुऔषध झगडामा प्रहरीमाथि खुकुरी प्रहार, आत्मरक्षामा गोली चल्दा एक घाइते

हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...

समानुपातिक सिट बाँडफाँट टुंगियो : कुन दलले कति पाए?

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...

‘लाल किल्ला’बाट ‘माटो’सम्म : धरानमा कम्युनिस्टको पतन र हर्कवादको उदय

सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: