Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

हत्या भएको भनिए पनि भेटिएन ममताको शव, कार र घर बेचेर भाग्दै थिए नरेश

ममता काफ्ले र पति नरेश भट्ट र उनीहरु बस्दै आएका घर
खबरडबली संवाददाता

काठमाडौं । अमेरिकामा बेपत्ता नर्स ममता काफ्ले भट्ट अझै बेपत्ता छिन् । तर, प्रहरीले भने उनको हत्या भएको निष्कर्ष निकालेर पति नरेश भट्टविरुद्ध अभियोजन गरेको छ ।

ममताको ‘हत्या भएको’ निष्कर्ष प्रमाण प्राप्त भए पनि शव बरामद गर्न प्रहरी अझै सफल भइसकेको छैन । बिहीबार भर्जिनिया प्रहरीले पक्राउ गरेका नरेशलाई शुक्रबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको थियो । उनीमाथि ममताको हत्या गरी शव लुकाएको अभियोग लगाइएको छ ।

नरेशले ३० जुलाइ साउन १५ मा घरभित्रै आफ्नी श्रीमती ममताको हत्या गरेको र हत्यापश्चात् शव घिसार्दै बाहिर ल्याएको प्रमाण फेला परेको प्रहरीले अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख छ ।  अदालतमा पेस गरेको कागजातमा उनको घरकै बेडरुममा हत्या गरेर शव बाहिर कतै घिसारेको प्रमाण फेला परेको समाचार संस्था सीएनएनले उल्लेख गरेको छ ।

प्रहरीले फरेन्सिक प्रविधि ‘ब्लुस्टार प्रयोग’ गरेर हेर्दा उनको घरको बेडरुम र बाथरुममा रगतको टाटा भेटिएको थियो । केही दिनअघि नरेशले किनेका तीनवटा चक्कुमध्ये १ वटा मात्र भेटिएको छ । र अन्य प्रमाणमा आधारमा ममता जिउँदो नहुन सक्ने निर्क्योल गरेर मुद्दा चलाएको हो ।

वासिङ्टन पोस्टको एक रिपोर्टअनुसार नरेश भट्टले टेस्ला कार बेचिसकेको थिए । उनले एक वर्षे छोरीलाई नेपाल फर्काउनका लागि कागजात पनि तयार पारिसकेका थिए । घर बेच्न दुई जनासँग कुरा चलाइसकेका थिए । उनले त्यहाँबाट भाग्ने तयारी गरिरहेको प्रमाणहरू फेला परेका छन् । प्रिन्स विलियम काउन्टीका एक अभियोजकलाई उद्धृत गर्दै भनिएको छ, ‘ममताका पतिले आफ्नो टेस्ला कार बेचेका थिए । सुटकेसहरू प्याक गरेका थिए र आफ्नी श्रीमती बेपत्ता भएपछि आफ्नो घर बेच्ने विषयमा केही व्यक्तिसँग कुरा गरेका थिए ।’

यही कारण प्रहरी अधिकारीहरूले नरेश भट्ट भाग्ने प्रयासमा रहेको निष्कर्ष निकालेका छन् । प्रिन्स विलियम काउन्टीका अभियोजन साराह सामीले अनुसन्धानकर्ताहरूले परिवारको घरमा रगत फेला पारेको बताइन् ।

नरेशले जुलाइ ३० साउन १५ मा चक्कुहरू किनेका थिए, जुनदिन अन्तीम पटक ममताको परिवारसँग सम्पर्क भएको थियो । उनी सोही दिन घर सफा गर्ने समानहरू किन्न पनि गएका थिए । जसलाई अनुसन्धान गर्ने अधिकारीहरूले अपराध दृश्य सफा गर्न प्रयोग गरेको हुनसक्ने आशंका गरेका छन् ।

नरेश भट्टले आफ्नी श्रीमतीको अवस्थाबारे अमिल्दा कथाहरू सुनाएर अलमल्याएको अनुसन्धान अधिकृतहरूले बताएका छन् । ममता जुलाई ३१ साउन १६ देखि उनी परिवारको सम्पर्कमा छैनन् । नरेशले त्यो बीचमा कसैलाई खबर गरेका छैनन् । अगस्ट १ सम्म ममताको दुई सिफ्ट छुटेपछि मेडिकल सेन्टरका सहकर्मीले भोलीपल्ट प्रहरीलाई खबर गरेका हुन् ।

ममता पहिला ड्युटी जाँदा पतिबाट कुटपिट भएको दागहरू लिएर गएकी थिइन् । त्यसबाट समेत सहकर्मीहरूले शंका गरेका थिए । मानसस पार्कका एक प्रहरी खबर भएको भोलिपल्ट अगस्ट १ साउन १८ गते उनको घरमा पुगे पनि नरेश भट्टले प्रहरीमा रिपोर्ट गर्न अस्वीकार गरेका थिए ।

उनले एकैपल्ट अगस्ट ६ मा मात्रै प्रहरीलाई खबर गरेका थिए । उजुरीपछि अनुसन्धान थालेको प्रहरीले हत्या भएको आशंकामा पति नरेशलाई नै नियन्त्रणमा लिएको थियो ।

कञ्चनपुरको बेल्डाँडी गाउँपालिका वडा नम्बर २ घर भएका नरेश भट्ट ८ वर्ष अघि अमेरिका गएका हुन् । उनी ०७३ साल साउन १४ मा अमेरिकाका लागि उडे । अमेरिका पुगेपछि केही समय उनले एउटा कम्पनीमा काम गरे ।

अमेरिका पुगेको एक वर्षपछि ०७४ साल असारमा उनी यूएस आर्मीमा भर्ती भए । उनी बेलाबेला नेपाल आइराख्थे । अहिले उनी यूएस आर्मीको आइटी विभागमा कार्यरत छन् ।

५ वर्षअघि अमेरिका बसाइकै क्रममा काभ्रेको पनौती घर भएकी ममता काफ्लेसँग नरेशको सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो । सामाजिक सञ्जालबाटै दुईबीच प्रेम सम्बन्ध बढ्यो ।

त्यतिबेला ममता भारतको बैङ्लोरमा नर्सिङ पढिरहेकी थिइन् । उनी भारतमै हुँदा नरेशले काभ्रेमा भएका ममताकी बुबाआमासँग फोनमा कुराकानी गरेका थिए ।

पढाइ सकेर ममता नेपाल आइन् । ०७७ साल मङ्सिर २७ मा नरेश र ममताको विवाह भयो । विवाहको ८ महिनापछि ०७८ साल साउन १० मा ममता पनि अमेरिकाका उडिन् ।

एक वर्षअघि भदौमा ममताले छोरीलाई जन्म दिइन् । ममता भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा रजिस्टर्ड नर्सका रूपमा कार्यरत थिइन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

पश्चिमी वायुको आंशिक प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ। जसका कारण सोमबार गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेश...

सिलु : काठमाडौं उपत्यकाको प्रेम, श्रद्धा र सांस्कृतिक धरोहर

काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...

कालीमाटी बजारमा आजका तरकारी–फलफूल मूल्य अपडेट

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending