Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

हत्या भएको भनिए पनि भेटिएन ममताको शव, कार र घर बेचेर भाग्दै थिए नरेश

ममता काफ्ले र पति नरेश भट्ट र उनीहरु बस्दै आएका घर
खबरडबली संवाददाता

काठमाडौं । अमेरिकामा बेपत्ता नर्स ममता काफ्ले भट्ट अझै बेपत्ता छिन् । तर, प्रहरीले भने उनको हत्या भएको निष्कर्ष निकालेर पति नरेश भट्टविरुद्ध अभियोजन गरेको छ ।

ममताको ‘हत्या भएको’ निष्कर्ष प्रमाण प्राप्त भए पनि शव बरामद गर्न प्रहरी अझै सफल भइसकेको छैन । बिहीबार भर्जिनिया प्रहरीले पक्राउ गरेका नरेशलाई शुक्रबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको थियो । उनीमाथि ममताको हत्या गरी शव लुकाएको अभियोग लगाइएको छ ।

नरेशले ३० जुलाइ साउन १५ मा घरभित्रै आफ्नी श्रीमती ममताको हत्या गरेको र हत्यापश्चात् शव घिसार्दै बाहिर ल्याएको प्रमाण फेला परेको प्रहरीले अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख छ ।  अदालतमा पेस गरेको कागजातमा उनको घरकै बेडरुममा हत्या गरेर शव बाहिर कतै घिसारेको प्रमाण फेला परेको समाचार संस्था सीएनएनले उल्लेख गरेको छ ।

प्रहरीले फरेन्सिक प्रविधि ‘ब्लुस्टार प्रयोग’ गरेर हेर्दा उनको घरको बेडरुम र बाथरुममा रगतको टाटा भेटिएको थियो । केही दिनअघि नरेशले किनेका तीनवटा चक्कुमध्ये १ वटा मात्र भेटिएको छ । र अन्य प्रमाणमा आधारमा ममता जिउँदो नहुन सक्ने निर्क्योल गरेर मुद्दा चलाएको हो ।

वासिङ्टन पोस्टको एक रिपोर्टअनुसार नरेश भट्टले टेस्ला कार बेचिसकेको थिए । उनले एक वर्षे छोरीलाई नेपाल फर्काउनका लागि कागजात पनि तयार पारिसकेका थिए । घर बेच्न दुई जनासँग कुरा चलाइसकेका थिए । उनले त्यहाँबाट भाग्ने तयारी गरिरहेको प्रमाणहरू फेला परेका छन् । प्रिन्स विलियम काउन्टीका एक अभियोजकलाई उद्धृत गर्दै भनिएको छ, ‘ममताका पतिले आफ्नो टेस्ला कार बेचेका थिए । सुटकेसहरू प्याक गरेका थिए र आफ्नी श्रीमती बेपत्ता भएपछि आफ्नो घर बेच्ने विषयमा केही व्यक्तिसँग कुरा गरेका थिए ।’

यही कारण प्रहरी अधिकारीहरूले नरेश भट्ट भाग्ने प्रयासमा रहेको निष्कर्ष निकालेका छन् । प्रिन्स विलियम काउन्टीका अभियोजन साराह सामीले अनुसन्धानकर्ताहरूले परिवारको घरमा रगत फेला पारेको बताइन् ।

नरेशले जुलाइ ३० साउन १५ मा चक्कुहरू किनेका थिए, जुनदिन अन्तीम पटक ममताको परिवारसँग सम्पर्क भएको थियो । उनी सोही दिन घर सफा गर्ने समानहरू किन्न पनि गएका थिए । जसलाई अनुसन्धान गर्ने अधिकारीहरूले अपराध दृश्य सफा गर्न प्रयोग गरेको हुनसक्ने आशंका गरेका छन् ।

नरेश भट्टले आफ्नी श्रीमतीको अवस्थाबारे अमिल्दा कथाहरू सुनाएर अलमल्याएको अनुसन्धान अधिकृतहरूले बताएका छन् । ममता जुलाई ३१ साउन १६ देखि उनी परिवारको सम्पर्कमा छैनन् । नरेशले त्यो बीचमा कसैलाई खबर गरेका छैनन् । अगस्ट १ सम्म ममताको दुई सिफ्ट छुटेपछि मेडिकल सेन्टरका सहकर्मीले भोलीपल्ट प्रहरीलाई खबर गरेका हुन् ।

ममता पहिला ड्युटी जाँदा पतिबाट कुटपिट भएको दागहरू लिएर गएकी थिइन् । त्यसबाट समेत सहकर्मीहरूले शंका गरेका थिए । मानसस पार्कका एक प्रहरी खबर भएको भोलिपल्ट अगस्ट १ साउन १८ गते उनको घरमा पुगे पनि नरेश भट्टले प्रहरीमा रिपोर्ट गर्न अस्वीकार गरेका थिए ।

उनले एकैपल्ट अगस्ट ६ मा मात्रै प्रहरीलाई खबर गरेका थिए । उजुरीपछि अनुसन्धान थालेको प्रहरीले हत्या भएको आशंकामा पति नरेशलाई नै नियन्त्रणमा लिएको थियो ।

कञ्चनपुरको बेल्डाँडी गाउँपालिका वडा नम्बर २ घर भएका नरेश भट्ट ८ वर्ष अघि अमेरिका गएका हुन् । उनी ०७३ साल साउन १४ मा अमेरिकाका लागि उडे । अमेरिका पुगेपछि केही समय उनले एउटा कम्पनीमा काम गरे ।

अमेरिका पुगेको एक वर्षपछि ०७४ साल असारमा उनी यूएस आर्मीमा भर्ती भए । उनी बेलाबेला नेपाल आइराख्थे । अहिले उनी यूएस आर्मीको आइटी विभागमा कार्यरत छन् ।

५ वर्षअघि अमेरिका बसाइकै क्रममा काभ्रेको पनौती घर भएकी ममता काफ्लेसँग नरेशको सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो । सामाजिक सञ्जालबाटै दुईबीच प्रेम सम्बन्ध बढ्यो ।

त्यतिबेला ममता भारतको बैङ्लोरमा नर्सिङ पढिरहेकी थिइन् । उनी भारतमै हुँदा नरेशले काभ्रेमा भएका ममताकी बुबाआमासँग फोनमा कुराकानी गरेका थिए ।

पढाइ सकेर ममता नेपाल आइन् । ०७७ साल मङ्सिर २७ मा नरेश र ममताको विवाह भयो । विवाहको ८ महिनापछि ०७८ साल साउन १० मा ममता पनि अमेरिकाका उडिन् ।

एक वर्षअघि भदौमा ममताले छोरीलाई जन्म दिइन् । ममता भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा रजिस्टर्ड नर्सका रूपमा कार्यरत थिइन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मल अभावले दाङका किसान संकटमा : रातभर लाइन, आधा बोरा मलमै चित्त बुझाउन बाध्य

घोराही (दाङ)  । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस...

विश्वकपमा अमेरिकाको दबदबा : पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को फराकिलो ...

महिला प्रजनन क्षमता कति लामो समयसम्म लम्ब्याउन सकिन्छ ? विज्ञान र सीमाबीचको बहस

काठमाडौँ । आधुनिक औषधि विज्ञानले महिलाको प्रजनन क्षमतालाई पहिलेभन्दा धेरै लामो समयसम्म सुरक्षित राख्ने अवसर दिएको छ। तर प्रकृतिको जैविक घडीलाई पूर्ण र...

उमेरसँगै घट्ने प्रजनन क्षमता : ढिलो सन्तान योजना र अण्डा–भ्रूण भण्डारणको विकल्प

काठमाडौँ । बदलिँदो जीवनशैली, ढिलो विवाह र करिअर तथा व्यक्तिगत योजनालाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै दम्पतीमा सन्तान योजनासम्बन्धी चुनौती बढ्द...

कर्मचारी कुटपिट गरी फरार भएका संजीव मल्ल पक्राउ

काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित इजारामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएका कर्मचारीमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति...

नेपाल प्रहरीका चार डीआईजी सरुवा

काठमाडौँ । नेपाल प्रहरीका चार जना डीआईजीको सरुवा गरिएको छ।  गृह मन्त्रालयले विवादमा मुछिएका र कार्यसम्पादनमा कमजोर भएका दुई डीआईजीलाई काठमाडौँ तानेको ...

चिया पिउँदा यी खानेकुरासँग सावधान, बढ्न सक्छ पाचन समस्या

काठमाडौँ । चिया केवल पेय पदार्थ मात्र होइन, धेरैको दैनिक जीवनको अभिन्न हिस्सा हो। बिहानको सुरुवातदेखि साँझको थकान मेट्नसम्म चिया धेरैको रोजाइमा पर्छ। ...

सिरहाका विद्यालयको चुनौती : उत्कृष्ट विद्यार्थी किन रोज्छन् काठमाडौं र विराटनगर ?

सिरहा । जिल्लामा कक्षा ११ र १२ सञ्चालन गर्ने विद्यालयको संख्या एक सय पुगेको भए पनि एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई जिल्लामै अध्ययनका लागि ...

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालन गरिने

काठमाडौं ।  काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइने भएको छ। यसबाट नदी तथा खोलामा ...

महाधिवेशनअघि रास्वपामा गुटको महाभिडन्त

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी स्थापनाको चार वर्ष नपुग्दै गुट, उपगुट र नेतृत्व संघर्षको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending