Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

एमाओवादी अध्यक्ष प्रचण्डले लिए पहल, असन्तुष्ट पक्षसँग वार्ता हुने

\"Prachanda_shirsha\"काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिएको राजनीतिक पहललाई मंगलबार पनि जारी राखेका छन् । उनले मंगलबार मधेसी मोर्चामा आबद्ध घटक तमलोपा अध्यक्ष महन्त ठाकुरलाई तथा भने हिन्दुराज्यको माग गर्दै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेटे भने संविधानसभामा तीन दलको बैठकबाट असन्तुष्ट मधेसी दल र थरुहट संघर्ष समितिसँग वार्ता गर्ने निर्णय गरे । मधेसमा चल्दै गरेको आन्दोलन र त्यसको निकासका बारेमा प्रचण्डले ठाकुरसँग कुरा गरेका थिए । प्रचण्डसँगको छलफलपछि ठाकुरले खबरडबलीलाई दिएको जानकारी अनुसार प्रचण्डले आफूले वार्ताको पहल गरी रहेको बताउँदै छिट्टै वार्ता हुनेमा विश्वस्त हुन आग्रह गरेका थिए । भेटका क्रममा ठाकुरले मधेसी दलहरुको अधिकारलाई संविधानमा समाविश्ट गर्ने विषयमा आफूले कुरा राखेको बताए । प्रचण्डका स्वकिय सचिव चुरामणी खड्काले दिएको जानकारी अनुसार दुवै नेताहरुको बीच वर्तमान राजनीतिक अवस्था बारे छलफल भएको थियो । त्यसै गरी अध्यक्ष प्रचण्डले दिउँसो संविधानसभा भवन बीआईसीसीमा डाकेको तीन दलको बैठकले सरकारका तर्फबाट मधेसी तथा थरुहटका प्रतिनिधिसँग छिट्टै वार्ता गर्न आग्रह गर्ने तीन दलका बीच सहमति भएको बैठकमा सहभागि एक नेताले जनाए । त्यसैगरी प्रचण्डले केही समय अघि राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेटी वर्तमान राजनीतिक अवस्थाका बारेमा छलफल गरेका छन् । आधा घण्टासम्म भएको छलफलमा दुबै नेताबीच संविधान निर्माण र त्यसका अप्ठेराका बीषयमा छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । थापासँगको भेटका क्रममा प्रचण्डले मुलुक संवेदनशिन मोडमा आई पुगेको भन्दै संविधानसभाबाट बन्ने संविधानमा अवरोध नगर्न आग्रह गरेका थिए । छलफलका क्रममा राप्रपा अध्यक्ष थापाले आफूहरुले संविधान निर्माणका क्रममा अवरोध नगर्ने तर आफूले उठाएका मुद्धाहरु उठाई रहने बताएको थापा निकट स्रोतले खबरडबलीलाई जनायो ।  
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies