Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

१० लाखको लोभमा भारत लगेर नेपाली युवाको मिर्गौला झिकेपछि...

खबरडबली संवाददाता

काठमाडौं । मानव बेचबिखन गर्ने गिरोहले एक जना नेपालीलाई भारत पुर्‍याएर मिर्गौला झिकेको तथ्य खुलेको छ।

३२ वर्षीय एक युवालाई गिरोहले भारतको कलकत्ता पुर्‍याएर उनको मिर्गौला झिकेको हो। मानव बेचबिखन तथा ओसारपसार ब्युरोको टोलीले यस कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेपछि यस सम्बन्धी प्रारम्भिक जानकारी प्राप्त भएका छन्।

ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) ओमबहादुर रानाका अनुसार पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुर भीमफेदी गाउँपालिका-२ की ४३ वर्षीय शान्तिमाया घलान रहेका छन्।

खत्रीलाई भदौ ९ गते र घलानलाई ११ गते पक्राउ गरिएको रानाले जानकारी दिए।

रानाका अनुसार उनीहरूले आर्थिक अवस्था कमजोर भएका ती युवालाई मिर्गौला झिक्दा १० लाख रुपैयाँ कमाउन सकिन्छ भन्दै भारत पुर्‍याएका थिए।

‘शरीरमा दुई वटा मिर्गौला हुने भएकाले एउटा झिक्दा अर्कोले राम्रोसँग काम गर्छ, केही समस्या हुँदैन, मिर्गौला दिएमा धर्म हुन्छ भनेर फकाएका थिए,’ रानाले भने, ‘उता पुगेपछि जबरजस्ती झिकेको खुल्न आएको छ।’

ती व्यक्तिलाई स्वास्थ्य परीक्षण गराएर यकिन गरेपछि काठमाडौंबाट वीरगन्ज जाने सुमोमा चढाएर कलकत्ता पुर्‍याएको एसएसपी रानाले बताए।

कलकत्तामा पुर्‍याएर मिर्गौला झिकेर अर्को व्यक्तिमा प्रत्यारोपण गरेको खुल्न आएको प्रारम्भिक अनुसन्धानमा देखिएको राना बताउँछन्।

‘त्यसो गर्दा मिर्गौला झिकिएका र प्रत्यारोपण गरिएका व्यक्ति एकाघर परिवारभित्रको व्यक्ति भन्ने विश्वास दिलाउन पीडितको नागरिकताको प्रमाण पत्रसमेत झुटो बनाएको खुलेको छ,’ रानाले भने।

पीडितलाई प्रलोभनमा पार्ने, आन्तरिक ट्रान्सपोर्ट गर्ने, नेपालबाट कलकत्ता पुर्‍याउने र रकम डिल गर्ने कामहरू फरक-फरक व्यक्तिले गरेको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।

मिश्रका अनुसार पीडित नुवाकोट जिल्लाका हुन्। उनी काठमाडौंको मनमैजुमा सामान्य काम गरेर बस्दै आएका थिए। उनलाई पसलमा खाजा खाएको बखत सुरूमा घलानले फेला पारेर मिर्गौला बेचबिखनको प्रस्ताव गरेकी थिइन्।

‘खाजा खाएको बेला एउटा मिर्गौला झिक्दा केही हुँदैन भनी घलानले प्रलोभनमा पारेकी थिइन्,’ मिश्रले भने, ‘पीडितलाई फकाएपछि खत्रीको सम्पर्कमा पुर्‍याएको देखिन्छ।’

पीडितबाट झिकिएको मिर्गौला प्रत्यारोपण खत्रीका आफन्तलाई गराइएको अनुसन्धानमा खुलेको छ।    

गत फेब्रुअरी महिनामा ती पुरुषबाट मिर्गौला झिकिएको अहिलेसम्मको अनुसन्धानबाट खुलेको मिश्र बताउँछन्। मिर्गौला झिक्नुअघि डराएर ती पुरुष नेपाल आएर एक-डेढ महिना बसेका थिए।

फेरि खत्री र घलानले फकाएर भारत पुर्‍याएको मिश्र बताउँछन्। ‘१० लाख दिन्छु भने पनि अहिलेसम्म उनलाई करिब तीन लाख रुपैयाँ मात्रै दिएको पत्ता लागेको छ,’ उनले भने।

मिर्गौला झिकेको लामो समयसम्म पूरै रकम नपाएपछि ती पुरुष प्रहरीको सम्पर्कमा पुगेका थिए। यो कार्यमा खत्री र घलानबाहेक संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

मंगलबार खत्री र घलानलाई जिल्ला अदालत काठमाडौंबाट ९ दिन हिरासतमा राख्न अनुमति लिएर घटनाको थप अनुसन्धान भइरहेको ब्युरोका प्रहरी अधिकृत बताउँछन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

बालुवाटारमा प्रधानमन्त्रीले तीन शीर्ष नेतालाई भनिन् : यो घर तपाईंहरूकै हो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् ।  छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending