काठमाडौं । मानव बेचबिखन गर्ने गिरोहले एक जना नेपालीलाई भारत पुर्याएर मिर्गौला झिकेको तथ्य खुलेको छ।
३२ वर्षीय एक युवालाई गिरोहले भारतको कलकत्ता पुर्याएर उनको मिर्गौला झिकेको हो। मानव बेचबिखन तथा ओसारपसार ब्युरोको टोलीले यस कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेपछि यस सम्बन्धी प्रारम्भिक जानकारी प्राप्त भएका छन्।
ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) ओमबहादुर रानाका अनुसार पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुर भीमफेदी गाउँपालिका-२ की ४३ वर्षीय शान्तिमाया घलान रहेका छन्।
खत्रीलाई भदौ ९ गते र घलानलाई ११ गते पक्राउ गरिएको रानाले जानकारी दिए।
रानाका अनुसार उनीहरूले आर्थिक अवस्था कमजोर भएका ती युवालाई मिर्गौला झिक्दा १० लाख रुपैयाँ कमाउन सकिन्छ भन्दै भारत पुर्याएका थिए।
‘शरीरमा दुई वटा मिर्गौला हुने भएकाले एउटा झिक्दा अर्कोले राम्रोसँग काम गर्छ, केही समस्या हुँदैन, मिर्गौला दिएमा धर्म हुन्छ भनेर फकाएका थिए,’ रानाले भने, ‘उता पुगेपछि जबरजस्ती झिकेको खुल्न आएको छ।’
ती व्यक्तिलाई स्वास्थ्य परीक्षण गराएर यकिन गरेपछि काठमाडौंबाट वीरगन्ज जाने सुमोमा चढाएर कलकत्ता पुर्याएको एसएसपी रानाले बताए।
कलकत्तामा पुर्याएर मिर्गौला झिकेर अर्को व्यक्तिमा प्रत्यारोपण गरेको खुल्न आएको प्रारम्भिक अनुसन्धानमा देखिएको राना बताउँछन्।
‘त्यसो गर्दा मिर्गौला झिकिएका र प्रत्यारोपण गरिएका व्यक्ति एकाघर परिवारभित्रको व्यक्ति भन्ने विश्वास दिलाउन पीडितको नागरिकताको प्रमाण पत्रसमेत झुटो बनाएको खुलेको छ,’ रानाले भने।
पीडितलाई प्रलोभनमा पार्ने, आन्तरिक ट्रान्सपोर्ट गर्ने, नेपालबाट कलकत्ता पुर्याउने र रकम डिल गर्ने कामहरू फरक-फरक व्यक्तिले गरेको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।
मिश्रका अनुसार पीडित नुवाकोट जिल्लाका हुन्। उनी काठमाडौंको मनमैजुमा सामान्य काम गरेर बस्दै आएका थिए। उनलाई पसलमा खाजा खाएको बखत सुरूमा घलानले फेला पारेर मिर्गौला बेचबिखनको प्रस्ताव गरेकी थिइन्।
‘खाजा खाएको बेला एउटा मिर्गौला झिक्दा केही हुँदैन भनी घलानले प्रलोभनमा पारेकी थिइन्,’ मिश्रले भने, ‘पीडितलाई फकाएपछि खत्रीको सम्पर्कमा पुर्याएको देखिन्छ।’
पीडितबाट झिकिएको मिर्गौला प्रत्यारोपण खत्रीका आफन्तलाई गराइएको अनुसन्धानमा खुलेको छ।
गत फेब्रुअरी महिनामा ती पुरुषबाट मिर्गौला झिकिएको अहिलेसम्मको अनुसन्धानबाट खुलेको मिश्र बताउँछन्। मिर्गौला झिक्नुअघि डराएर ती पुरुष नेपाल आएर एक-डेढ महिना बसेका थिए।
फेरि खत्री र घलानले फकाएर भारत पुर्याएको मिश्र बताउँछन्। ‘१० लाख दिन्छु भने पनि अहिलेसम्म उनलाई करिब तीन लाख रुपैयाँ मात्रै दिएको पत्ता लागेको छ,’ उनले भने।
मिर्गौला झिकेको लामो समयसम्म पूरै रकम नपाएपछि ती पुरुष प्रहरीको सम्पर्कमा पुगेका थिए। यो कार्यमा खत्री र घलानबाहेक संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
मंगलबार खत्री र घलानलाई जिल्ला अदालत काठमाडौंबाट ९ दिन हिरासतमा राख्न अनुमति लिएर घटनाको थप अनुसन्धान भइरहेको ब्युरोका प्रहरी अधिकृत बताउँछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - १७:४३
.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...
चैत्र २ गते, २०८२ - १७:०२
काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...
चैत्र २ गते, २०८२ - १६:४९
काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...
चैत्र २ गते, २०८२ - १६:४३
ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...
चैत्र २ गते, २०८२ - १६:२७
काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...
चैत्र २ गते, २०८२ - १६:२०
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...
चैत्र २ गते, २०८२ - १६:१४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...
चैत्र २ गते, २०८२ - १५:३०
काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...
चैत्र २ गते, २०८२ - १५:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...
चैत्र २ गते, २०८२ - १५:१०
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...


प्रतिकृया लेख्नुहोस्: