Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

नेपालगन्ज भन्सारले उठायो ‍७३ प्रतिशत राजश्व ‍

खबरडबली संवाददाता

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामै ७३ प्रतिशत मात्र राजश्व असुली गर्न सफल भएको छ । विगत तीन आर्थिक वर्षदेखि लगातार वार्षिक लक्ष्य हासिल गर्न नसकेको सो कार्यालयले चालु आर्थिक वर्षको २०८१औ०८२ को पहिलो महिना साउनमा पनि निर्धारित लक्ष्य प्राप्त गर्न सकेन । 

साउन महिनामा लक्ष्यभन्दा २३ प्रतिशत कम राजश्व सङ्कलन भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताउनुभयो । उहाँले चालु आर्थिक वर्ष २०८१-०८२ को साउन महिनाका लागि कुल दुई अर्ब चार करोड १४ लाख ६६ हजार रुपियाँ राजश्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा एक अर्ब ५० करोड ३८ लाख ३४ हजार रुपियाँ असुली भएको बताए । सो असुली लक्ष्यको ७३.६७ प्रतिशत मात्रै हो । 

राजश्व सङ्कलनको लक्ष्य नै बढी निर्धारण गरिँदा गत केही वर्षदेखि लक्ष्य अनुसार असुली हुन नसकेको प्रमुख भन्सार अधिकृत विश्वकर्माको भनाइ छ । गत आर्थिक वर्षमा लक्ष्य हासिल नभएपछि नेपालगन्ज भन्सार कार्यालयको लक्ष्य चालु आर्थिक वर्ष २०८१-८२ का लागि एक अर्ब घटाइएको छ । तर अहिलेको लक्ष्य पनि धेरै बढी राखिएको भन्सारका कर्मचारीहरू बताउँछन् । 

गत आर्थिक वर्ष २०८०-८१ मा १८ अर्ब १५ करोड ७२ लाख ३९ हजार भन्सार राजश्व असुली भएको अवस्थामा चालु आर्थिक वर्षका लागि २७ अर्ब बढी लक्ष्य तोकिनु नै तर्कसङ्गत नभएको उनीहरूको भनाइ छ ।

विगतको असुली मूल्याङ्कन नगरी आगामी वर्षका लागि लक्ष्य निर्धारण गर्दा गत केही वर्षदेखि राजश्व असुलीले लक्ष्य भेटाउन नसकेको देखिएको छ । आर्थिक वर्ष २०७९-८० मा २९ अर्ब ३२ करोड बढी लक्ष्य निर्धारण गरिएको सो भन्सार कार्यालयले लक्ष्यको ६२।०५ प्रतिशत अर्थात् १८ अर्ब १९ करोड बढी मात्रै राजश्व सङ्कलन गर्न सफल भएको थियो । 

यस्तै आर्थिक वर्ष २०७८-०७९ मा २५ अर्ब २१ करोड बढी लक्ष्य निर्धारण भएकोमा ८८.५३ प्रतिशत अर्थात् २२ अर्ब ३१ करोड बढी राजश्व असुली भएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नागार्जुनबाट १ करोड १६ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ

.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...

कांग्रेसका निवर्तमान सांसद चालिसे रिहा, तीन करोड ६८ लाखको मुद्दामा ५ लाख धरौटी माग

काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...

स्वास्थ्य बिमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी, अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बिमा

काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...

मतान्तर मात्र पाँच खर्चमा भने ठुलो अन्तर : पोखरेलले १० लाख खर्च गर्दा लुईंटेल गरे झन्डै ३१ लाख

ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...

छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार श्रेष्ठ पक्राउ

काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...

प्रधानसेनापतिसँग अमेरिकी लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...

समानुपातिक सांसदको सूचीमा कुनै पनि दलको त्रुटि छैन: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि: भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: