Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

राष्ट्रपतिले गरे विवादित सिग्देललाई प्रधानसेनापतिमा नियुक्त

खबरडबली संवाददाता

काठमाडौं  । नेपाली सेनाका विवादित बलाधिकृत रथी अशोकराज सिग्देल प्रधानसेनापति पदमा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम विवादित सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेका हुन्।

उनी २०८१ भदौ २४ गतेबाट लागू हुने गरी सेनाको प्रधान सेनापति पदमा नियुक्त भएको राष्ट्रपतिको कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सिग्देल दोहोरो नागरिकता र उमेर विवादमा तानिएका सेनाका अधिकारी हुन्। यसअघिका प्रधानसेनापति प्रभुराम शर्माको जोडबलमा उनी प्रधानसेनापति बनेका हुन्।

गतवर्ष उपरथीबाट रथीमा बढुवाका लागि सिफारिस भएपछि उमेरमा कीर्ते भएको भन्दै २०८० मंसिर ५ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सिग्देलविरुद्ध उजुरी परेको थियो। आयोगले नेपाली सेना आफ्नो क्षेत्राधिकार नभएको भन्दै उजुरी रक्षा मन्त्रालयमा पठाएको थियो।

शैक्षिक योग्यता प्रमाणपत्र र क्याम्पसको ढड्डामा फरक(फरक जन्ममिति रहेको भन्दै उनीविरूद्ध उजुरी हालिएको थियो। त्रिभुवन विश्वविद्यालयको अभिलेखमा रहेको २०२१ चैत १९ जन्ममितिलाई सच्याएर २०२३ माघ १९ गते बनाएको आरोप पनि सिग्देलमाथि छ।

उक्त जन्ममिति भने २०७६ साउन ३० गते सच्याएको भन्दै अख्तियारमा बेनामे उजुरी दिइएको थियो। उजुरीमा क्याम्पसको ढड्डामा २०२१ चैत १९ गते भएको उल्लेख गरिएको थियो।

तर, सोही कलेजले २०४३ साल भदौ १२ गते जारी गरेको एक पत्रमा उनको जन्ममिति २०२३ माघ १९ गते रहेको उल्लेख छ।

यसबारे रक्षा मन्त्रालयका तत्कालीन प्रवक्ता प्रकाश पौडेलले शैक्षिक प्रमाणपत्र र नागरिकतामा एउटै जन्ममिति रहेको कागजातहरू उपलब्ध भएको बताएका थिए। उनका अनुसार शैक्षिक प्रमाणपत्र र नागरिकतामा पनि २०२३ माघ १९ गते नै छ।

सिग्देलविरुद्ध २०७६ सालमा मन्त्रालय र जंगी अड्डामा उजुरी परेको थियो। उक्त उजुरीमाथि मन्त्रालयले छानबिन समिति बनाएर अनुसन्धान गरेको थियो।

तर उक्त समितिले ढड्डामा लेख्दा गल्ती भएकाले ढड्डामा भएको मिति सच्याउन भनिएको थियो। त्यसअनुसार उनलाई सफाइ दिएर ढड्डाको मिति सच्याइएको थियो।

यसअघि उपरथीबाट रथीमा बढुवा हुन लागेका ताराध्वज पाण्डेको जन्ममिति विवाद बाहिरिएको थियो। उनको नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्ममिति फरकफरक पाइएको भन्दै मन्त्रालय र जंगी अड्डामा उजुरी परेको थियो। पाण्डेमाथि छानबिन हुनेभएपछि उनले २०८० कात्तिक २४ गते राजीनामा दिएका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोजरपछि डाँडापारि जीवन: ‘हामीलाई हटाइयो, अब कहाँ बस्ने ?’

बनेपा। वैशाख २४ गते साँझ तीन वटा गाडी बनेपास्थित रेडक्रस तालिम केन्द्र अगाडि रोकिए । गाडीभित्र थिए काठमाडौं उपत्यकाका विभिन्न सुकुमबासी बस्तीबाट हटाइए...

संसद्मा विपक्षी खाली हुँदै गए, एमाले पनि बाहिरियो, कांग्रेस उभिएरै विरोधमा

काठमाडौं । प्रतिनिधिसभामा सरकार र विपक्षीबीचको टकराव झन् तीव्र बनेको छ । प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णीम वाग्लेले नीति तथा...

सभामुखको निर्णयपछि संसद् तातियो, तीन दलले गरे बैठक बहिस्कार

काठमाडौं । प्रतिनिधिसभामा तनाव चुलिएको छ । सभामुख डिपी आर्यालले विपक्षीको विरोधबीच पनि बैठकको कारबाही अघि बढाएपछि तीन विपक्षी दलले संसद् बैठक बहिस्कार...

श्रम संस्कृति पार्टीद्वारा संसद बैठक बहिष्कार

काठमाडौं । श्रम संस्कृति पार्टीले संसद बैठक बहिष्कार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममा उठेका प्रश्नमाथि जवाफ दिन नआउने भएपछि ...

इबिडिङ ‘ह्याक’ प्रकरणमा विक्रम पाण्डे धरौटीमा रिहा, कम्युटर अपरेटर भने थुनामै

काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे ४ लाख धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।  इबिडिङको सफ्टवेयरमा अनधिकृत प्रवेश गरेर ठेक्का हत्या...

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री बालेन शाह नै उपस्थ...

खेतको डिलदेखि भीरपाखासम्म छरिएका ४ सय वर्ष पुराना अभिलेख

संरक्षण नहुँदा जोखिममा नेपालको दुर्लभ इतिहास

कीर्तिपुरमा गोली चल्याे, एकजना पक्राउ

काठमाडौं । काठमाडौंको ककिर्तिपुुरमा प्रहरीले गोली चलाएर हत्या अभियोगका मुख्य आरोपीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार विपिन घिमिरे हत्या प्रकरणमा संल...

ललितपुरमा नक्कली सुन देखाई ५ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ  गरेको छ  ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...

अध्यादेशमा सरकारलाई झट्का दिने तयारी, विपक्षीद्वारा अस्वीकृतिको सूचना दर्ता

काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending