काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारले बिनाकाम दिन मात्रै काटिरहेको टिप्पणी गरेको छ । बुधबार बसेको संसद् बैठकको विशेष समयमा बोल्दै जसपा नेपालका सांसद राजकिशोर यादवले सरकारले गफ मात्रै ठूलो गर्ने तर, काम नगरी दिन मात्रै कटाउने गरिरहेको टिप्पणी गरे ।
“यो सरकार बन्दै गर्दा जनतामा एउटा भरोसा देखिन्थ्यो तर, आजसम्म आउँदा त्यो देखिँदैन । गफचाहिँ ठूला(ठूला गर्ने तर, कामचाहिँ नगर्ने, दिनमात्रै काट्ने भयो,” सांसद यादवले भने, “सरकार टिकटक खोल्नमा मात्रै व्यस्त भयो ।” उनले सरकाले नै संविधानको पालना नगरेको बताए । खासगरी राजदूत सिफारिसमा सरकारले संविधानको पालना नगरेको उनले बताए । उनले सोधे, “सरकारले संविधानको पालना गर्नुपर्छ कि पर्दैन ?”
अगाडि उनलेभने, “हामीले संविधान लेख्दा त्यसको मूल मर्म समानुपातिक(समावेशी भनेका थियौँ । तर, राजदूतहरू सिफारिसमा त्यो देखिएन । बरु एकल जातीय, सांस्कृतिक र पहिचान झल्किनेगरी सिफारिस गरिएको छ । सरकारले संविधान मान्दैन भने जनताले पनि मान्दैनौँ भन्यो भने के गर्ने ?” उनले सरकारको नेतृत्व गर्ने नेताहरूलाई बेलैमा सचेत हुन सुझाए । “म गम्भीर ध्यानाकर्षण गर्दछु, टुँडिखेलमा सङ्केत मिलिसकेको छ । त्यो सङ्केतलाई समयमा बुझ्न सकिएन भने त्यसपछि आउने दुर्घटनाको आँधीबेहरीलाई कसैले रोक्न सक्दैन,” उनले भने ।
यसअघि गत शनिबार गौरापर्वको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति गएका थिए । उनीहरूविरुद्ध नाराबाजी भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८१ - १६:२५
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको तयारी थालेकोे छ । आगामी फागुन १५ गते हुने स्ववियु निर्वाचनका लागि त्रिविल...
पौष ११ गते, २०८१ - १५:५७
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेकपाका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ सँगको सम्बन्धमा फाटो ल्याउन भ्रम छरिएको बताएका ...
पौष ११ गते, २०८१ - १५:५३
काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। ...
पौष ११ गते, २०८१ - १५:५०
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमाखाता रहेका ग्राहकहरुलाई काठमाडौंको माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेको...
पौष ११ गते, २०८१ - १५:३५
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको “चेम्बर एक्स्पो २०२५”को आयोजनागर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा माघ १७देखि २१ गते सम्म ५ ...
पौष ११ गते, २०८१ - १५:२७
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से ४.१९ अंकले बढेर २६३०.७१ विन्दुमा पुगेको हो। आज नेप्से ०.१५ प्रति...
पौष ११ गते, २०८१ - १५:०१
धनकुटा । पछिल्लो सममय धनकुटाका किसानले व्यावसायिक सुन्तला खेती गरेर मनग्य आम्दानी लिन थालेका छन् । केही वर्ष अघिसम्म बाँझो रहेको जमिनमा सुन्तला खेती ...
पौष ११ गते, २०८१ - १४:३४
रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक जना युवतीसहित दुई जनालाई पक्राउ गरेको छ । घटनाको जानका...
पौष ११ गते, २०८१ - १४:३०
म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका ३ पिप्लेमा टिप्पर दुर्घटना हुँदा चालक र सहचालको मृत्यु भएको छ । राहुघाट हाइड्रोपावरमा अडिट ३ बाट अडिट २ तर्फ ...
पौष ११ गते, २०८१ - १४:३०
रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक जना युवतीसहित दुई जनालाई पक्राउ गरेको छ । घटनाको जानका...
प्रतिकृया लेख्नुहोस्: