Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

भैरहवा भन्सारले समात्यो ट्रकसहित २१० बोरा चिनी

खबरडबली संवाददाता

भैरहवा । बुधवार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवनको उद्घाटन गर्न आएका नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर गएसँगै तस्करीको सामान बरामद भएको छ । आइजीपि नै रुपन्देही आउने भएपछि केही दिन शान्तभएको तस्कर गतिविधी गएसँगै पुनः सुरु भएको छ । 

आइजीपि गएकै रातीबाट तस्करीको काम सुरु भएको बुधबार राती बरामद भएको अवैध सामानले पुष्टि गर्छ । हुनत भैरहवा भन्सार कार्यालय तस्करहरुको जंजिरलाई तोड्न प्रयासरत छ । नियमित रुपमा कार्यालयले संस्थागत तस्करी नियन्त्रणमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएको छ । भन्सार नेतृत्वले सशस्त्र प्रहरी र नेपाल प्रहरीकै सहयोगमा अवैध बस्तु नियनत्रण गर्दै आएको छ । भन्सारलाई राष्ट्रिय अनुसन्धान र प्रमुख जिल्ला अधिकारीले पनि सहकार्य गर्दै अभियानमा सहयोग गरेका छन । 

लुम्बिनी रोडमा खटिएको भन्सार गस्ती टोलीले वेथरीबाट भन्सार छली नेपाल भित्रिएको २ सय १० बोरा चिनी ट्रकमा लोड रहेको अवस्थामा चालक सहित नियन्त्रणमा लिएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए ।

बुधबार आइजिपीको सम्बोधनमा पनि सेटिङ भत्काउने, वर्षौ एउटै युनिटमा रहने प्रहरीलाई लखेट्ने, प्रहरीसँगै परिवारको बैंक खाता चेक गर्ने, ट्राफिक प्रहरीको कार्यमा शंका रहेको समेतको भाषण गर्दे रोक्न निर्देशन गरेका थिए । 

विशेष सुचनाको आधारमा लु २ ख २८३६ नम्बरको ट्रकमा उक्त परिमाणको अवैध चिनी नेपाल तर्फ ल्याउदै गर्दा नियन्त्रणमा लिईएको हो । ट्रक चालक मायादेवी गाउंपालिका २ तुलसीपुरका शिव कुमार यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाईएको प्रमुख गौतमले बताए । नेपाली उद्योगको नामको चिनीका बोरामा भरिएको अवस्थामा ६ लाख ३० हजार् मुल्य बराबरको चिनी र ट्रक को १९ लाख गरि १६ लाख ३० हजार मुल्य बराबरको सामान नियन्त्रणमा लिएको हो । 

चालकले सोधपुछको क्रममा चामल रहेको बयान दिएपनि सामान चेकजाँच गर्दा चिनी फेला परेको छ । उक्त सामान झुलनीपुरबाट लोड गरि पोखरा लैजादै गरेको सोधपुछबाट खुलेको छ उनले भने । सो क्षेत्रबाट पछिल्लो समय निरन्तर सामान भित्रिरहेको बरामद सामानबाट पुष्टि भइरहेको छ । 

सर्वसाधारणका लागि घरायसी सामानमा निकै कडा गरिएपनि नेपालमा संस्थागत रुपमा तस्करीको गिरोह छ भन्ने भैरहवा भन्सारको पछिल्लो सफल अभियानले पुष्टी गरेको छ । सामान जति नियन्त्रणमा आएपनि तस्करहरु भने तस्करी गर्न रोकेका छैनन, यसरी नरोकिनुमा ठूलो समूहको संलग्नता र सेटिङमै हुने गरेको देखिन्छ उनीहरुमा ठूलो आट छ । स्रोतका अनुसार आइजीपी रुपन्देही हुदा केही समय तस्करी रोकिएको हो, त्यसपछि काम सुरु हुने तस्करहरु बताउछन ।

एक साता अघि पनि सोही क्षेत्रबाट लु २ ख १२९० नम्बरको ट्रक सहित २ सय १० बोरा चिनी वरामद गरेको थियो । लुम्बिनी रोड प्रकटेश्वर मन्दिर जाने बाटोबाट सशस्त्र प्रहरी डण्डाको सहकार्यमा ती सामान बरामद भएका थिए । भैरहवा भन्सार कार्यालयले तस्करीलाई कुनै पनि हालतमा सफल हुन नदिने प्रण गरेको छ, । विशेष सूचनालाई आधार बनाई भन्सारले स्रोत साधन र जनशक्ति अनुसार सक्रिय रुपमा निगरानी बढाउदै रातदिनको गस्ती र सूचनाको सुक्ष्म निगरानीले अवैध पैठारीकर्ता धमाधम नियन्त्रणमा आइरहेको छ  । 

पछिल्लो चामल, चिनी, मटर, कपडा र प्याजको तस्करी बढेको छ । यसका अलावा दैनिक उपभोग्य सामान, हार्डवेयर, मेसिनरी तथा इलेक्ट्रीक सामानहरु विभिन्न नाकाबाट भित्रिरहेको सुरक्षा निकायले बरामद गरेको तथ्याङकले देखाउछ । सिमा क्षेत्र नजिक रहेका गल्लाभण्डारहरुले पनि धान, गहु र चामल अवैध रुपमा भित्र्याई बैध बनाउने गरेका छन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

बालुवाटारमा प्रधानमन्त्रीले तीन शीर्ष नेतालाई भनिन् : यो घर तपाईंहरूकै हो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् ।  छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending