काठमाडौं । विस्फोटक पदार्थ पड्किँदा पाँचथरमा भएको दुई जना दाजु बहिनीको मृत्युबारे गृहमन्त्री रमेश लेखकले छोटो प्रतिक्रिया दिएका छन् । उनले बम सशस्त्र द्वन्द्वकालको भएको पुष्टि गरे ।
गृहमन्त्री रमेश लेखकले शुक्रबार गृह मन्त्रालयमा पत्रकारहरूसँगको अन्तर्क्रियामा यस्तो बताएका हुन् । ‘पाँचथरमा विस्फोट भएको बम द्वन्द्वकालीन नै भएको प्रहरीको ब्रिफिङ छ । ग्रिनेड पड्कियो । अत्यन्त दुःखद घटना भयो । आज मात्रै प्रहरीसँग लामो कुराकानी गरेको थिए । उनले भने, ‘यो पुरानो ग्रिनेड नै हो, सशस्त्र द्वन्द्वका बेलाकै ग्रिनेड पड्केर दुःखद घटना भएको देखियो ।’
उनले सशस्त्र द्वन्द्वको पीडा जीवित भएको भन्दै यो घटनाले दुखद भएको बताए । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा बिहीबार विस्फोटक पदार्थ पड्किँदा स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई बर्सिया छोरी प्रिन्साको ज्यान गएको थियो ।
दिप्सन र प्रिन्सा छिमेकी ज्ञानबहादुर राईका ११ वर्षीय छोरा पवनसँग खेल्न गएका थिए । त्यही क्रममा बम विस्फोट हुँदा घाइते पवनको उपचार जारी छ । ज्ञानबहादुरको परिवार माओवादी कार्यकर्तासमेत रहेका आइतराज केरुङको घरमा १० वर्षदेखि बस्दै आएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८१ - १६:४८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्वाराहीमा मंगलबार बसेको राप...
पौष ९ गते, २०८१ - १६:३४
काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा समेत मुद्दा दायर भएसँगै उनी निलम्ब...
पौष ९ गते, २०८१ - १४:२०
बनेपा । भीषण बाढीपहिरो गएको करिब तीन महिनापछि जिल्लास्थित सहरी विकास तथा भवन कार्यालयले जिल्लामा भएका निजी आवासको क्षति विवरण सार्वजनिक गरेको छ । उक्...
पौष ९ गते, २०८१ - १३:४०
काठमाडौं। प्रतिनिधि सभा सदस्यबाट निलम्बनमा परेका रास्वपाका सभापति रवि लामिछाने संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट समेत निलम्बनमा परेका छन्। ...
पौष ९ गते, २०८१ - १३:१६
काठमाडौं । सार्वजनिक ऋणको दायित्व बर्सेनी वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च पनि बढ्दै गएको छ । विकास बजेटभन्दा बढी रकम सार्वजनिक ऋणको...
पौष ९ गते, २०८१ - १३:०५
बाजुराका ५० पीडित परिवारको त्रिपालमा बास
पौष ९ गते, २०८१ - १२:५५
पोखरा । पर्यटकिय राजधानी पोखरामा आजबाट बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव भएको छ । नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्न बेलुन नेपालल...
पौष ९ गते, २०८१ - १२:५५
भक्तपुर । भक्तपुरको बालकोटमा रहस्यमय रूपमा मृत्यु भएको अवस्थामा फेला परेका बाबुछोराको मृत्यु प्रकरणमा मृतक बाबुका जेठा छोरालाई प्रहरीले नियन्त्रणमा लि...
पौष ९ गते, २०८१ - १२:५१
काठमाडौं । जो जन्मन्छ, उसको एक दिन मर्ने निश्चित छ। यो अनन्त नियम हो, जसलाई कसैले नकार्न सक्दैन । तर, मानिस मरेपछि के हुन्छ ? के मर्ने व्यक्तिले पहिले...
प्रतिकृया लेख्नुहोस्: