Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

कहीँ नभएको जात्रा गण्डकीमा, हुनुहुन्नः मन्त्री गुरुङ

खबरडबली संवाददाता

लेखनाथ। नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशमा नेपाली काँग्रेसले अराजनीतिक अडान लिइरहेको टिप्पणी गर्नुभएको छ । प्रेस चौतारी कास्कीले शनिवार पोखरामा आयोजना गरेको कार्यक्रममा उनले सङ्घीय गठबन्धनकै मर्मबमोजिम गण्डकीमा सरकार पुनर्गठन हुनुपर्नेमा जोड दिए। 

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका गुरुङले भने, “मुख्यमन्त्रीले गठबन्धनको संस्कार र राजनीतिक इमानदारी देखाउनुपर्छ । उनले अराजनीतिक कुरा गरिरहेको छन्, यो उहाँको निजी शासन त होइन ।” गण्डकीमा एमालेबाहेक नै बहुमतमा रहनुभएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र र नेपाल समाजवादी पार्टीबाट मन्त्री बनेकाहरूलाई यथावत् राख्न चाहेकोतर्फ सङ्केत गर्दै उनले यस्तो उल्लेख गरेको हो । 

मुख्यमन्त्रीले स्वतन्त्र र नेपाल समाजवादी पार्टीबाट मन्त्री बनेकाहरूलाई हटाउन नचाहेमा आफ्नै कोटाबाट राख्नुपर्नेमा उनको जोड छ । सरकारका प्रवक्ता गुरुङले यही वर्षभित्र सङ्घीय प्रहरी ऐन र सङ्घीय निजामती ऐन ल्याउन सरकारले पहल गरिरहेको जनाए। “यी ऐन आएमा सङ्घीयता धेरै हदसम्म कार्यान्वयन हुन्छ,” उनले भने। 

अहिलेको सत्ता गठबन्धन आगामी आम चुनावसम्म चल्ने दाबी गर्दै उनले नेपाली समाज र पत्रकारिता जगत् नकारात्मक पक्षमा बढी रमाएको औँल्याए। “टिआरसी पास भो, ऐतिहासिकबारे कसैले लेखेन,” उनले भने, “हामी भारत वर्षमा छौँ, महाभारत हामीलाई मन पर्छ । लडाइँ, झगडा मन पराउने संस्कार बस्यो नि ।” 

सञ्चार क्षेत्रलाई आधुनिक बनाउन आवश्यक सबैजसो ऐन यही वर्ष ल्याई सक्ने योजना उनले सुनाए। पञ्चायत र त्यसअघिका ऐनमार्फत सरकारी सञ्चार माध्यमहरू चलिरहेको औँल्याउँदै उहाँले अब ती ऐनमा परिमार्जन अपरिहार्य भएको जनाए। डिजिटल नेपालको अवधारणमा सरकार अघि बढ्ने योजना सुनाउँदै उनले त्यसले सुशासन, समृद्धि, सरकारको प्रभावकारीलाई सघाउने उल्लेख गरे। 

सेक्युरिटी प्रेस सञ्चालन गरी एक वर्षभित्रै पासपोर्ट, सवारी चालक अनुमति पत्र, अन्तःशुल्क स्टिकर आदि छपाइ गर्ने प्रयत्नमा सरकार रहेको उनको भनाइ छ । “यी काम यही एक वर्षभित्र गर्न सक्छु भनेको छु । बैङ्क नोट पनि देशमै छपाइ गर्नुपर्छ,” मन्त्री गुरुङले भने । यही आर्थिक वर्षभित्र देशैभर फोर जी र मुख्य सहरहरूमा फाइभ जी पुर्याउने सञ्चार मन्त्रालयको योजना छ । 

मन्त्री गुरुङले नेपालको प्रवर्धन र पर्यटनको विकासका लागि अङ्ग्रेजी च्यानल चलाउनुपर्नेमा जोड दिए। उनले भने, “संसारभरका सबै देशले यसरी च्यानल चलाएका छन् । हामीले पनि एन टिभी वल्ड चलाउनैपर्छ । देशको पर्यटन प्रवर्धन र गौरवका लागि यो जरुरी छ ।”

कार्यक्रम प्रेस चौतारी गण्डकी अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको थियो ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीर्ने तहको सरकारसँग सहकार्य गर्दै स्वदेशमै रोजगारी सिर्जनामा सरकार केन्द्रित छ: श्रममन्त्री यादव

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने काममा सरकार केन्द्र...

भारतको नयाँ मापदण्डका कारण इलामका चिया उद्योग ठप्प, सरकार मौन रहेको सांसद राईको आरोप

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...

जुम्लाको तातोपानीमा ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...

अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण , एक जनाको मृत्यु

वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...

अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण जारी, एक जनाको मृत्यु

वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...

आफ्नो भुमिकामाथि प्रश्न उठेपछि सभामुख अर्यालले गराए नियमावलीको स्मरण

काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, रास्वपाद्वारा अभिव्यक्ति हटाउन माग

काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...

अन्तरजातीय विवाह गर्ने ११ दम्पती नगदसहित सम्मानित

फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त...

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ ।  दुई वर्षअघिको बाढी...

कालीमाटी–बल्खु क्षेत्रमा यात्रु हैरानी गर्ने ३५ जना पक्राउ

काठमाडौँ । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending