लेखनाथ। नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशमा नेपाली काँग्रेसले अराजनीतिक अडान लिइरहेको टिप्पणी गर्नुभएको छ । प्रेस चौतारी कास्कीले शनिवार पोखरामा आयोजना गरेको कार्यक्रममा उनले सङ्घीय गठबन्धनकै मर्मबमोजिम गण्डकीमा सरकार पुनर्गठन हुनुपर्नेमा जोड दिए।
गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका गुरुङले भने, “मुख्यमन्त्रीले गठबन्धनको संस्कार र राजनीतिक इमानदारी देखाउनुपर्छ । उनले अराजनीतिक कुरा गरिरहेको छन्, यो उहाँको निजी शासन त होइन ।” गण्डकीमा एमालेबाहेक नै बहुमतमा रहनुभएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र र नेपाल समाजवादी पार्टीबाट मन्त्री बनेकाहरूलाई यथावत् राख्न चाहेकोतर्फ सङ्केत गर्दै उनले यस्तो उल्लेख गरेको हो ।
मुख्यमन्त्रीले स्वतन्त्र र नेपाल समाजवादी पार्टीबाट मन्त्री बनेकाहरूलाई हटाउन नचाहेमा आफ्नै कोटाबाट राख्नुपर्नेमा उनको जोड छ । सरकारका प्रवक्ता गुरुङले यही वर्षभित्र सङ्घीय प्रहरी ऐन र सङ्घीय निजामती ऐन ल्याउन सरकारले पहल गरिरहेको जनाए। “यी ऐन आएमा सङ्घीयता धेरै हदसम्म कार्यान्वयन हुन्छ,” उनले भने।
अहिलेको सत्ता गठबन्धन आगामी आम चुनावसम्म चल्ने दाबी गर्दै उनले नेपाली समाज र पत्रकारिता जगत् नकारात्मक पक्षमा बढी रमाएको औँल्याए। “टिआरसी पास भो, ऐतिहासिकबारे कसैले लेखेन,” उनले भने, “हामी भारत वर्षमा छौँ, महाभारत हामीलाई मन पर्छ । लडाइँ, झगडा मन पराउने संस्कार बस्यो नि ।”
सञ्चार क्षेत्रलाई आधुनिक बनाउन आवश्यक सबैजसो ऐन यही वर्ष ल्याई सक्ने योजना उनले सुनाए। पञ्चायत र त्यसअघिका ऐनमार्फत सरकारी सञ्चार माध्यमहरू चलिरहेको औँल्याउँदै उहाँले अब ती ऐनमा परिमार्जन अपरिहार्य भएको जनाए। डिजिटल नेपालको अवधारणमा सरकार अघि बढ्ने योजना सुनाउँदै उनले त्यसले सुशासन, समृद्धि, सरकारको प्रभावकारीलाई सघाउने उल्लेख गरे।
सेक्युरिटी प्रेस सञ्चालन गरी एक वर्षभित्रै पासपोर्ट, सवारी चालक अनुमति पत्र, अन्तःशुल्क स्टिकर आदि छपाइ गर्ने प्रयत्नमा सरकार रहेको उनको भनाइ छ । “यी काम यही एक वर्षभित्र गर्न सक्छु भनेको छु । बैङ्क नोट पनि देशमै छपाइ गर्नुपर्छ,” मन्त्री गुरुङले भने । यही आर्थिक वर्षभित्र देशैभर फोर जी र मुख्य सहरहरूमा फाइभ जी पुर्याउने सञ्चार मन्त्रालयको योजना छ ।
मन्त्री गुरुङले नेपालको प्रवर्धन र पर्यटनको विकासका लागि अङ्ग्रेजी च्यानल चलाउनुपर्नेमा जोड दिए। उनले भने, “संसारभरका सबै देशले यसरी च्यानल चलाएका छन् । हामीले पनि एन टिभी वल्ड चलाउनैपर्छ । देशको पर्यटन प्रवर्धन र गौरवका लागि यो जरुरी छ ।”
कार्यक्रम प्रेस चौतारी गण्डकी अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १२:२७
काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...
पौष १२ गते, २०८२ - १२:२१
सुर्खेत। गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द...
पौष १२ गते, २०८२ - १२:१७
बाजुरा । बाजुराका दुर्गम गाउँ बस्तीका किसानले उत्पादन गरेको अर्गानिक कोदोको सहरमा माग बढ्दै गएको छ । गाउँमा उत्पादन बढी हुने तर बिक्री भने सधैँ कम ...
पौष १२ गते, २०८२ - ११:१५
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदान सुरु गरेक...
पौष १२ गते, २०८२ - १०:५८
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गर...
पौष १२ गते, २०८२ - १०:४९
सर्लाही। सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा टोलमा पूर्वपश्चिम हुलाकी सडक कटान भएको तीन महिना भइसक्दा समेत अझै निर्माण हुन सकेको छैन् । भीषण वर्ष...
पौष १२ गते, २०८२ - १०:३६
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ। राष्ट्रिय ...
पौष १२ गते, २०८२ - १०:२६
रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कटहरीया नगरपालिका–९ मा र...
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...




प्रतिकृया लेख्नुहोस्: