काठमाडौं। नेपाल प्रहरीमा भदौ महिनामा मात्र ९० प्रहरी अधिकृत अवकाशमा जाने भएका छन् । तत्काल ३० वर्षे सेवा अवधि नहट्ने भएपछि एकैपटक ९० जना अधिकृत अवकाशमा जाने भएका हुन् ।
तीमध्ये अधिकांश अधिकृत १६ भदौबाट लागू हुने गरी अवकाशमा गएका छन् ।
प्रहरी सेवामा अवकाशका लागि उमेरहद, सेवाअवधि र पदावधि गरी तीन किसिमको व्यवस्था छ ।
आइतबारबाट अवकाशमा गएकाहरुमा डीआईजी विष्णुकुमार केसीसहित ११ एसएसपीहरु जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, किसनसिंह थापा, डिल्लीराज विष्ट, बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, नविनराज राई, रविकुमार पौडेल, वीरबहादुर ओली, चन्द्रदेव राई र रवीन्द्र रेग्मी छन् ।
त्यस्तै ११ एसपी पनि अवकाशमा गएका छन् । अवकाश पाउनेहरुमा कृष्ण प्रसाईं, प्रेमबहादुर बस्नेत, राजेन्द्रबाबु रेग्मी, लक्ष्मीराज अधिकारी, देवेन्द्रबहादुर पाल, विष्णुहरि कोइराला, अवधेश विष्ट, नरेन्द्रकुमार कार्की, टेकुनन्द ईवा लिम्बु, चित्रबहादुर गुरुङ, हिरा पाण्डे र नविनकिशोर प्रधान छन् ।
त्यस्तै, श्रीराम भण्डारी, रामकृष्ण सापकोटा, गोविन्द पन्थी, किरणप्रसाद न्यौपाने, मनोजकुमार श्रेष्ठ, खगेन्द्रप्रसाद रिजाल, विजय थापासहितका ३१ डीएसपी पनि अवकाशमा गएका छन् ।
योगराज न्यौपाने, शान्तराम कार्की, मेघनाथ चापागाईं, किसन चन्द ठकुरी, हरिविष्णु ढकाल, काशीराज रेग्मी, अर्जुनप्रसाद पोखरेलसहित ३४ इन्स्पेक्टर पनि अवकाशमा गएका छन् । नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवाली २६ भदौमा अवकाशमा जाँदैछन् । असोजमा एआईजी रामदत्त जोशी र डीआईजी यज्ञविनोद पोखरेल लगायत पनि अवकाशमा जाँदैछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८१ - १७:०६
रायपुर । भारतीय सुरक्षा बलले मङ्गलबार एकजना शीर्ष कमान्डरसहित कम्तीमा १४ जना माओवादी विद्रोहीलाई गोली हानेर मारेका छन् । गृहमन्त्रीले यसलाई हालैका लडा...
माघ ८ गते, २०८१ - १६:४७
काठमाडौं । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि अदालत हाजिर हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुगेका ...
माघ ८ गते, २०८१ - १६:३९
काठमाडौँ । बागमती प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ । समूह ‘बी’ अन्तर्गत धनगढीस्थित फाप...
माघ ८ गते, २०८१ - १६:३४
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानवासीको खानेपानीको समस्या समाधानका निम्ति हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छन । धरान उपमह...
माघ ८ गते, २०८१ - १६:२७
काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले पछिल्लो समय सिमेन्ट, छडलगायत निर्माण सामग्रीको मूल्य बढ्नुको कारणबारे उद्योग, वाणिज्य तथा आपूर...
माघ ८ गते, २०८१ - १६:१६
काठमाडौं। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी दर्ता भएको छ । निर्वाचन आयोगले सो पार्टीलाइ औपचारिक रूपमा दर्ता गराएको नेता केशव झाले जा...
माघ ८ गते, २०८१ - १६:१२
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विका...
माघ ८ गते, २०८१ - १५:५९
काठमाडौं । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने आज बुटवल जाने भएका...
माघ ८ गते, २०८१ - १५:३०
प्युठान। जिल्लामा नदिजन्य पदार्थको उत्खनन् भइरहेको क्षेत्रमा जिल्ला समन्वय समितिको टोलिले छड्के अनुगमन गरेको छ । जिल्लाको झिमरुक गाउँपालिकाअन्तर्गत रह...
माघ ८ गते, २०८१ - १४:४२
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले कारबाही गरेको छ । क्यानको आचारस...
प्रतिकृया लेख्नुहोस्: