भोजपुर । युट्युब कार्यक्रम ‘हेर्ने कथा’ मार्फत् चर्चामा आएका प्रकाश मोक्तानलाई अन्ततः घरमै नागरिकता दिइएको छ । भोजपुरको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले आइतबार प्रकाशलाई औपचारिक रूपमा नागरिकता हस्तान्तरण गरेका हुन् ।
सो क्रममा वडा अध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालयका प्रमुख विनोद ज्ञवाली, र नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईँ पनि उपस्थित थिए । आफ्नो परिवारसँगको पुनर्मिलनसँगै प्रकाशले नागरिकता पाएपछि नयाँ जीवनको सुरुवात गर्दैछन् ।
प्रकाश मोक्तान, जो ‘हराएका वर्षहरू’को पात्र बनेर ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन गरेका थिए । उनी गोरखाबाट भोजपुर फर्किएपछि नागरिकता दिइएको हो । ‘हेर्ने कथा’ मार्फत् वर्षअघि परिवार भेटेका प्रकाशको कथाले धेरैलाई भावुक बनाएको छ । त्यसपछि दशैँ तिहारको अवसरमा भोजपुर गएका प्रकाश फेरि गोरखाको चुमभ्याली फर्किएका थिए । जहाँबाट अहिले फेरि उनी घर फर्किएका हुन् ।
प्रकाशलाई गोरखाका साहू टासी लामाले १० लाख रुपैयाँ पारिश्रमिक दिने घोषणा गरेका छन् । उनी बसेको चुमनुव्री गाउँपालिकाले थप १ लाख रुपैयाँ प्रदान गर्ने बताएका छन् ।
प्रकाशले नागरिकता प्राप्त गरेपछि अब बैङ्क खाता खोल्ने तयारीमा छन् । त्यसपछि उनलाई यी रकम हस्तान्तरण गरिने जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: