काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन ‘फेसियल हाउस’ले ‘सेलिब्रेसन अफ कल्चर’ थिममा यो वर्षको तीज उत्सव मनाएको छ । शनिबार त्रिपुरेश्वरस्थित बोगेनभिल्लामा ‘सेलिब्रेसन अफ कल्चर्स एण्ड तीज दर’ कार्यक्रम आयोजना गरी यो वर्षको तीज मनाएको हो ।
‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुसन’ नाराका साथ सुन्दरतासम्बन्धी सम्पूर्ण काम गर्दै आएको फेसियल हाउसले विगतका वर्षहरूमाझैं यो वर्ष पनि सांस्कृतिक महत्व झल्काउँदै तीज मनाएको फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले जानकारी दिइन् ।
फेसियल हाउसले नेपाली कला, संस्कृति र शैलीलाई संरक्षण, प्रवर्द्धन र प्रोत्साहन गर्न हरेक नेपाली पर्वहरूलाई विशेष रुपमा मनाउने गरेको र यस वर्षको तीज पर्वलाई विगतको भन्दा अझ फरक तरिकाले मनाइएको जानकारी उनले दिइन् । यसरी नेपालको मौलिक पर्वहरूलाई मौलिक रूपमै मनाउँदा विशेष हुने उनको भनाइ छ ।
तीज विशेष कार्यक्रममा ‘फेसियल हाउस एकेडेमी’का ब्युटीसियनहरूको कल्चरल थिम मेकअप प्रतिस्पर्धा तथा फेसियल हाउस प्रोफेसनल फेसन शो प्रस्तुति गराइएको थियो । कार्यक्रममा निर्णायकका रूपमा अधिवक्ता आकृति रायमाझी, आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनका अध्यक्ष फुपू तेन्जिङ शेर्पा, वरिष्ठ ब्युटीसियन सशी शाह, वरिष्ठ पत्रकार उषा लोहनी र पत्रकार गंगा लामा थिए । २२ जना सहभागी रहेको प्रतिस्पर्धाको कोरियोग्राफी आरुषा महर्जनले गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष एवम् नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ तथा अतिथिहरू नेकपा एमालेकी नेत्री एवम् पूर्व सांसद शान्ता चौधरी, डा. राज्यश्री श्रेष्ठ, नेपाल ब्युटीसियन संघकी पूर्व अध्यक्ष भगवती खड्का, अरुणा रायमाझी, लिला जीसीलगायत रहेका थिए ।
कार्यक्रमलाई कन्टीड्रमा, एमआईकेटीएम, आईआईएफटी, केराफिल, लिजाप, हुन्छ डटकम, मल्टी न्युट्रेशन, नेल आर्ट ग्यालरी, सिजन ड्रमा र ट्रू–ड्रमाले सपोर्ट गरेका थिए भने मिडिया पार्टनरका रूपमा कर्पोरेट खबर अनलाइन, ह्वाइट मिडिया, गुड टीभी नेटवर्क, लालीगुराँस अनलाइन, राज्यदैनिक अनलाइन, न्यूजलाइन्सनेपाल अनलाइन र जनसवाल दैनिकले सघाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र १ गते, २०८३ - ०९:४९
काठमाडौँ । जेन–जी आन्दोलनपछि सत्ताबाट बाहिरिएको, निर्वाचनमा धक्का व्यहोरेको र पार्टीभित्रै नेतृत्वमाथि प्रश्न उठिरहेका बेला नेकपा एमाले अध्यक्ष केपी ...
भाद्र १ गते, २०८३ - ०९:४६
झापा, भदौ १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केही नेता–कार्यकर्तालाई ‘किर्ना’को संज्ञा दिएका छन्। पार्टी अध्यक्षबाट आफूलाई हटाउन खोज्...
भाद्र १ गते, २०८३ - ०९:४४
मोरङ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमतिअनुसार कोशी प्रदेश सरकार सोमबार विस्तार हुने भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्...
भाद्र १ गते, २०८३ - ०९:२३
गोन्जाउ । गैरआवासीय नेपाली संघले नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको तत्काल उद्धार तथा सुरक्षित बसोबासका लागि ‘सेल्टर हा...
भाद्र १ गते, २०८३ - ०९:१४
काठमाडौँ । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक १ः१५ बजे सिंहदर...
भाद्र १ गते, २०८३ - ०९:०४
काठमाडौँ । नागपञ्चमी पर्व आज देशभर नागको पूजा–आराधना गरी मनाइँदै छ। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा घरको मूलढोकामा विधिपूर्वक नागको तस्बिर...
भाद्र १ गते, २०८३ - ०९:००
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मु...
भाद्र १ गते, २०८३ - ०८:५६
काठमाडौँ । श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी पर्वका अवसरमा काठमाडौँको नागपोखरीमा सोमबार नागदेवताको पूजा–आराधना गरिएको छ। नागपञ्चमीका अवसरमा नागपो...
भाद्र १ गते, २०८३ - ०८:५३
सुनसरी । सुनसरीको कोशीटप्पु क्षेत्रमा पाइने निगुरो स्थानीय बासिन्दाका लागि आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ। जङ्गल तथा खुला क्षेत्रमा पाइने निगुर...
भाद्र १ गते, २०८३ - ०८:४९
काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल ...



प्रतिकृया लेख्नुहोस्: