Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

महोत्तरीको शिक्षा कार्यालयमा तोडफोड र आगजनी

\"Mahottari गौशाला । आन्दोलनकारीले मङ्गलबार अबेर साँझ महोत्तरी जिल्ला शिक्षा कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । विगत २६ दिनदेखि अनिश्चितकालीन मधेस बन्द गरेर आन्दोलनमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले हिजो मङ्गलबार साँझ जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नम्बर ५ मा अवस्थित जिल्ला शिक्षा कार्यालयमा पुगी तोडफोड र आगजनी गरेका हुन् । पचासभन्दा बढीको सङ्ख्यामा गएका मोर्चाका कार्यकर्ताले तालाबन्दी रहेको सो कार्यालयको बाहिरबाट सम्पूर्ण झ्याल फुटाएर पर्दा र कागजात राखिएको बोरामा आगजनी गरेका थिए । आगजनीको खबर थाहा पाएर तत्काल घटनास्थल पुगेका नेपाल र सशस्त्र प्रहरीका संयुक्त टोलीले आगजनी नियन्त्रणमा लिएका थिए । प्रहरीले आगो नियन्त्रणमा लिए पनि तोडफोड र आगजनीबाट सो कार्यालय केही हदसम्म क्षतिग्रस्त भएको छ । महोत्तरीको अवस्था अस्तव्यस्त विगत २६ दिनदेखि महोत्तरीमा जारी अनिश्चितकालीन मधेस बन्दका कारण जिल्लाको अवस्था अस्तव्यस्त बनेको छ । लामो समयदेखिको बन्दका कारण जिल्लावासीमा दैनिक समस्या बढ्दै गएको छ भने दैनिक उपभोगका खाद्यवस्तु, पेट्रोलियम पदार्थ र औषधि अभावसमेत सिर्जना भएको छ । लगातार २६ दिनदेखि जिल्लामा छोटो तथा लामो दूरीका सवारीसाधन पूर्णरुपमा ठप्प रहेको छ भने जिल्लाका हाटबजार, कलकारखाना, उद्योगधन्दा, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी कार्यालय सबै प्रभावित भएका छन् । इतिहासकै सबभन्दा लामो बन्दका कारण जिल्लामा खाद्यसङ्कट उत्पन्न हुन थालेको छ भने जिल्लावासीको दिनचर्या कष्टपूर्ण भएको छ । यस बन्दबाट जिल्लाका सबै वर्ग प्रभावित भएका छन् तर बन्दको मारमा सबैभन्दा बढी दैनिक रोजगारी गरेर जीवनयापन गर्ने मजदुर परेका छन् । उनीहरुले कति दिनदेखि पेटभरि खान नपाएको गुनासोसमेत गरेका छन् । यता जिल्लाका सहर बजारमा बस्नेले बजार खुल्ला नभएका कारण पैसा भएर पनि आवश्यक वस्तु खरिद गर्न नसक्दा विभिन्न समस्या उत्पन्न भएको बताएका छन् । त्यस्तै, बिरामी पनि बन्दको प्रत्यक्ष मारमा परेका छन् । बिरामीहरु बन्दका कारण जिल्लाका अस्पताल तथा जिल्ला बाहिर विशेष उपचारका लागि समेत जान पाएका छैनन् । यसको अलावा जिल्लामा औषधि अभावसमेत सिर्जना भएको चिकित्सकले बताएका छन् । बन्दका कारण जिल्ला बाहिरबाट आवश्यक औषधि आउन सकेको छैन भने बन्दकर्ताले एम्बुलेन्स पनि तोडफोड गर्न थालेपछि आकस्मिक उपचारका लागि बिरामीलाई बाहिर पनि पठाउन नसकिएको चिकित्सक बताउँछन् ।  
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies