बाँके । वर्षाको मौसममा अत्यधिक गर्मी समेत भएकोले बाँकेका विभिन्न अस्पतालमा भाइरल ज्वरो, रुघाखोकी, टाइफाइड र पखालाका बिरामीको संख्या बढ्दै गएको छ ।
नेपालगन्जस्थित भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेजको नेपालगन्जस्थित शिक्षण अस्पताल, सिद्धार्थ अस्पताल, कान्ति आरोग्य अस्पताल, कोहलपुरस्थित मेडिकल कलेजको शिक्षण अस्पताल र विभिन्न क्लिनिकमा अहिले दैनिक पाँचदेखि एक हजारको हाराहारीमा मौसमी भाइरलका बिरामी उपचारका लागि पुग्ने गरेको ती अस्पतालले जनाएका छन् ।
भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. संकेतकुमार रिसालले बर्षाको मौसमसँगै गर्मी पनि अत्यधिक भएकोले पछिल्लो केही दिनदेखि मौसमी रोगका बिरामी ठुलो संख्यामा उपचारका लागि अस्पतालमा आउन थालेको बताए । उनले भेरी अस्पतालमा मात्रै भाइरल ज्वरो, रुघाखोकी, टाइफाइड, झाडापखाला र निमोनिया जस्ता समस्या लिएर दैनिक तीन सय भन्दा बढी बिरामीहरु आउने गरेको बताए ।
पेट दुख्ने, टाउको दुख्ने, ज्वरो आउने र बान्ता एवं पखाला लाग्ने समस्या लिएर अस्पतालमा आउनेहरु बढ्दै गएको पाइएको सूचना अधिकारी डा. रिसालले बताए । पछिल्लो समयमा जिल्लाका केही स्थानमा झाडा पाखालाका बिरामी पनि बढेकोले भेरी अस्पतालमा झाडा पखालाको छुट्टै वार्ड स्थापना गरेर अस्पतालमा आउने बिरामीको उपचार थालिएको उनले बताए ।
सोही प्रकारले नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा पनि दैनिक दुई सय बढी मौसमी भाइरलका बिरामी बढ्दै गएको सो अस्पतालले जनाएको छ । अस्पतालका सह निर्देशक डा. रोमन किदवाईले अहिले मौसमी भाइरलका बिरामी धेरै बढेको जनाउँदै अस्पतालले उनीहरुको उपचारमा विशेष ध्यान दिएको बताए । नेपालगन्ज उपमहानगर र कोहलपुरका अन्य विभिन्न अस्पतालले पनि मौसमी फ्लुका बिरामी बढेको जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: