Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

इन्द्रजात्राका लागि लिङ्गो लिन मानन्धर समुदायका अगुवा बन प्रस्थान

खबरडबली संवाददाता

काठमाडौं । इन्द्रजात्राका अवसरमा बसन्तपुर क्षेत्रमा गाडिने यसिं (इन्द्रध्वज) लिन मानन्धर समुदायका अगुवा आज बन प्रस्थान गरेका छन् । बिहान १० बजेर ४७ मिनेटको साइतमा उनीहरु हनुमानढोकाबाट गुर्जुको पल्टनसहित बन प्रस्थान गरेका हुन् । 

यसरी यसिं ल्याउने बन (भक्तपुरको चित्तपोल) बाट रुख ल्याउनका लागि होली पूर्णिमापछि गुंला सुरु हुनु अघि क्षमा पूजा गरेर रुख कटान गर्न स्वीकृत माग्ने चलन रहेको, केन्द्रीय मानन्धर संघका सचिव गजेन्द्र मानन्धर बताउछन् । येँया जात्राका अवसरमा हुने सांस्कृतिक तथा सामाजिक गतिविधिमा मानन्धरहरुको विभिन्न दायित्व छन् । यी दायित्वमध्ये यसिं ल्याउने, उठाउने, दागिंका दिन बौमता निकाल्ने, यसिं पतन गराउने जस्ता क्रियाकलाप मुख्य हुन् । 

यसिं लिन उनीहरु भक्तपुरको चित्तपोल पुग्नेछन् । केन्द्रीय मानन्धर संघबाट इन्द्रजात्राका लागि संयोजकका रुपमा प्रतिनिधित्व गर्ने सन्देश मानन्धर भन्छन्, विधिवत पूजा गरिसकेपछि आजै बेलुकी ०८ बजेर २७ मिनेटको साइतमा बृक्ष कटान हुनेछ । आज कटान गरिएको यसिं (लिङ्गो) गुठीयारहरुले भोलिदेखि तानेर ल्याउने छन् । यसलाई भोटाहिटीमा ल्याएर राखिनेछ । 

संघका सचिव मानन्धरका अनुसार भोटाहिटी पुग्नु अगाडि यंसिलाई स्वागत पूजा गर्ने चलन छ । यो तंलाछि मानन्धर गुथिका गुथियारहरुले गर्नेछन् । यसिं सहर प्रवेश गराउन साइत चाहिन्छ । यस बर्ष भदौ २६ गते बिहान १० बजेर ३२ मिनेटको साइतमा यसिंलाई नगर प्रवेश गराउने साइत छ । नगर प्रवेश गराइएको यसिं बसन्तपुर कालभैरव अगाडि लगेर राखिनेछ । 

भदौ ३० गते आइतबार विहान ८ बजेर २६ मिनेटको शुभ साइतमा इन्द्रध्वज उत्थान हुन्छ । यसअघि चस्वाँद्व मानन्धर सनागःगू खलः बा गुथियारले डोरीले यसिं कस्छन् । यसका लागि यसिं उठाउँदा कसिलो हुने उठाइ सकेपछि डोरी खुल्ने गरी बाँध्ने सिप चाहिन्छ । इन्द्रध्वज उत्थान भएपछि जात्रा औपचारिक रुपमा सुरु भएको मानिनेछ । 

असोज १ गते मंगलबार कुमारी रथ यात्रा सुरु हुन्छ । यस दिन राष्ट्रप्रमुखसहित विशिष्ट पदाधिकारीहरुले गद्दी बैठकबाट कुमारीको दर्शन गर्ने चलन छ । यस दिन तल्लो टोलमा रथ यात्रा हुन्छ । यसै वर्ष स्वर्गवास भएका व्यक्तिहरुको चीर शान्ति र मोक्षका लागि दागिं जाने चलन छ । यस दिन मानन्धर समुदायका ६ वटा गुथि मिलेर बौमत निकाल्छन् । यो धेरै बाँस जोडिएको करिब १ सय फिट लामो हुन्छ ।  

असोज २ गते बुधबार माथिल्लो टोलमा रथ यात्रा हुन्छ । असोज ५ गते शनिबार नानिचा यात्रा हुन्छ । यसै दिन राती १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि जात्राका कार्यक्रम सकिन्छन् । यसिं ढाल्ने जिम्मेवारी पनि मानन्धरहरुकै हो ।   

इन्द्रजात्राका अवसरमा लाखे, आकाश भैरव, पुलुकिसी, देवीलगायत तान्त्रिक बिद्यामा आधारित नाचहरु हुनेछन् भने दश अवतारलगायत पौराणिक कथामा आधारित प्रदर्शन हुनेछन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुण्डीको रकमसहित २ जना पक्राउ

वीरगन्ज । वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले श्रोत खुल्न नसकेको रकमसहित एक महिला र एक पुरुषलाई पक्राउ गरेको छ । श्रोत खुल्न नसकेको ८ लाख रुपैय...

क्यानडाविरुद्ध नेपालले टस जित्यो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा आज क्यानडाविरुद्ध खेल्दै छ । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा ...

आइसीसी लिग-२: नामिबियामाथि अमेरिका ६ विकेटले विजयी

काठमाडौं । अमेरिकाले आइसीसी विश्वकप डिभिजन लिग-२ अन्तर्गत नामिबियालाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा अमेरिकाले नामिबियालाई ६ विकेटले पराजित गरे...

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश च्याप्टर गठन

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले मधेश प्रदेश गठन गरेको छ ।  प्रदेश च्याप्टरको आज विरगन्जमा आयोजित विशेष समारोहमा मधेश प्रदेशका मुख...

खाेटाङमा अहेवकाे निधनमा साकेला गाउँपालिकामा शोक बिदा

खोटाङ । साकेला गाउँपालिकाले मंगलबार शोक बिदा दिएको छ । आइतबार बिहान मृत फेला परेका उक्त गाउँपालिका–३ खिदीस्थित स्वास्थ्य चौकीका अहेव ३० वर्षीय मणिराज ...

राजनीति सही दिशामा जान आवश्यक: डा. राउत

बाँके । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले जनताको अधिकार र हक प्राप्तिसँगै विकास निर्माणका लागि देशको राजनीति सही दिशामा जान आवश्यक रहेको...

लुम्बिनीमा कांग्रेस सचेतक गिरीले दिइन् राजीनामा

दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक निमा गिरीले पदबाट राजीनामा दिएकी छिन् । संसदीय दलका नेता डिल्लीबहादुर चौधरी समक्ष गिरीले आज सोमबार राजीन...

कानुनअनुसार लामिछानेमाथि कारबाही हुनु पर्ने एमाले र माओवादीकाे भनाइ

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सहकारी छानबिन समितिको प्रतिवेदन पूर्ण रुपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् ।  सोमबा...

भक्तपुरमा बसमा शव झुन्डिएको अवस्थामा फेला

भक्तपुर । भक्तपुरमा बसमा शव झुन्डिएको अवस्थामा फेला परेको हो । आइतबार भक्तपुरको च्यामासिंह बसपार्कमा पार्क गरी राखिएको बा ३ ख ६६३८ नम्बरको बसमा २० वर्...

गृहमन्त्री लेखकसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा सोमब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy