Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा इजिप्टसँगको गाजा सीमामा सहज नियन्त्रणको माग

खबरडबली संवाददाता

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजिप्टसँगको गाजा सिमानामा इजरायलले सहज नियन्त्रण राख्न पाउनुपर्ने बताएका छन् । उनको यस्तो मागले युद्धविराम प्रयासलाई अवरोध पार्ने खतरा उत्पन्न गरेको छ । 

युद्धको अन्त्य गर्ने आशामा अमेरिकाले युद्धविराम र बन्धक मुक्तिका लागि नयाँ प्रस्ताव विकास गरिरहेको बेला नेतान्याहुको यस्तो टिप्पणी आएको हो । फिलाडेल्फी कोरिडोरमा इजरायली नियन्त्रणको प्रश्नले मे महिनामा सेनाले कब्जा गरेको गाजा सिमानामा रहेको जमिनको साँघुरो पट्टी वार्तामा बाधा बनेको छ । हमासले धेरै चरणको युद्धविराम सम्झौतामा गाजाबाट इजरायली सैनीकको पूर्ण फिर्ताको माग गरेको छ । 

इजिप्ट, अमेरिका र कतारसहितका वार्ताका मध्यस्थकर्ताले इजरायली सेनालाई उक्त कोरिडोर छोड्न ठोस समयसीमा माग गरेका छन् । सन् २०२० को अब्राहम सम्झौतामा इजरायलसँग औपचारिक सम्बन्ध स्थापित गरेको संयुक्त अरब इमिरेट्सले पनि इजरायली स्थितिको बुधवार आलोचना गर्यो ।

विदेशी पत्रकारहरूसँग कुरा गर्दै नेतान्याहुले गाजामा हतियार तस्करी गरेर हमासलाई पुनःशस्त्रीकरण गर्नबाट रोक्न इजरायलले सीमामा नियन्त्रण कायम राख्नुपर्ने धारणा दोहोर‍्याए । हामासले गत अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमण दोहोर्र‍उन नपरोस् भन्ने सुनिश्चित गर्न यो युद्ध लक्ष्यको महत्त्वपूर्ण हिस्सा भएको उनले बताए । “गाजालाई निशस्त्रीकरण गर्नुपर्छ र यो फिलाडेल्फी कोरिडोर नियन्त्रणमा रहे मात्र सम्भव हुनसक्छ”, इजरायली सेनाले सीमामा दर्जनौँ सुरङ फेला पारेको दाबी गर्दै भने । 

उनले इजरायलले कोरिडोरबाट हट्नुअघि प्रहरीलाई वैकल्पिक बलका साथ प्रस्तुत गरिने बताए । गत साता हमासले छ जना बन्धकको हत्या गरेपछि बाँकी बन्धकका परिवारले हमाससँग सम्झौतमा सहमत हुने मागलाई तीव्र बनाएका छन् । इजरायली सेना बाँकी बन्धकलाई बचाउन अगाडि बढिरहेको छ । सार्वजनिक बयानमा बन्धकका परिवारले नेतान्याहुलाई सम्झौता अवरुद्ध गरेको तथा सीमा पट्टी कब्जा गर्न बन्धकहरूको जीवन बलिदान गरेको आरोप लगाएका छन् । 

हालका दिनहरूमा हजारौँ इजरायली बन्धकलाई जीवित घर ल्याउन समय समाप्त भएको भन्दै सम्झौताको आह्वानका साथ सडकमा उत्रिएका छन् । पत्रकारहरूद्वारा युद्ध अन्त्य गर्ने समयसीमाबारे सोधिएको प्रश्नमा नेतान्याहुले जवाफ दिन अस्वीकार गरे । “विजय प्राप्त नगर्दासम्म यस्तो गर्न सक्छौँ, मलाई के लागेको छ भने हामी धेरै नजिक आएका छौँ”, उनले भने ।

नेतान्याहुले बारम्बार सीमा कब्जा गर्नाले हमासलाई बन्धकहरू मुक्त गर्न दबाब दिने कुरामा जोड दिए । उनले मे महिनाको रफाह आक्रमणले हमासलाई बन्धकको पहिलो रिहाइ गर्न बाध्य पारेको दाबी गर्दै आक्रमणको परिणाम तिनीहरूमा लगाएको सैन्य दबाब भएको बताए । प्यालेस्टिनी समाचार एजेन्सी डब्लुएएफएले बिहीबार इजरायली ड्रोन हमलामा पश्चिम किनारमा पाँच जनाको मृत्यु हुनुका साथै एकजना घाइते भएको बताएको छ । इजरायली सेनाले विज्ञप्तिमार्फत ‘सशस्त्र आतङ्कारीमाथि तीनवटा लक्षित आक्रमण गर्दा सैनिकलाई खतरा उत्पन्न गरेको’ जनाएको छ । 

पछिल्लो एक साताभन्दा बढी समयदेखि सयौँ इजरायली सेनाले इजरायल–हमास युद्ध सुरु भएदेखि कब्जा गरिएको पश्चिम किनारमा सबैभन्दा घातक अपरेसन गरिरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE