एजेन्सी । हमासले बिहीबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई गाजा युद्धविराम सम्झौतालाई “विफल“ पार्ने प्रयास गरिरहेको आरोप लगाएको छ ।
नेतान्याहुले प्यालेस्टिनी लडाकू समूहले वार्ताका सबै शर्तहरु अस्वीकार गरेको बताएपछि हमासले उक्त आरोप लगाएको हो । इजरायली अधिकारीहरूले आइतबार गाजाको एक सुरुङबाट छ जनाको शव निकालेको घोषणा गरेपछि बाँकी बन्धकलाई मुक्त गर्ने सम्झौतामा पुग्न प्रधानमन्त्री नेतान्याहुले विश्वव्यापी दबाबको सामना गरिरहेका बेला दुई पक्षबीच आरोप–प्रत्यारोप चलिरहेको छ ।
“हामी वार्ता सुरु गर्ने प्रयास गरिरहेका छौँ”, नेतान्याहुले बुधबार भने, “हमासले भने वार्ता गर्न अस्वीकार गरिरहेको छ ।” हमासलाई हतियार तस्करी रोक्न इजरायलले इजिप्ट–गाजा सीमामा रहेको फिलाडेल्फी कोरिडोरमा नियन्त्रण गर्न आवश्यक रहेको नेतान्याहुले बताएका छन् । आफ्नो भूभागबाट पूर्ण इजरायली फिर्तीको माग गरिरहेको हमासले बिहीबार सीमा क्षेत्रमा नेतान्याहुको जिद्दीले ‘युद्धविराम सम्झौतामा पुग्न असफल पार्ने लक्ष्य राखेको’ आरोप लगाएको हो ।
केही महिनाअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले उल्लेख गरेको युद्धविराम सम्झौतामा सहमति जनाएका प्यालेस्टिनी लडाकू समूहले नयाँ सम्झौता आवश्यक नभएको बताएका छन् । “हामीलाई नयाँ प्रस्तावको आवश्यकता छैन”, समूहले टेलिग्राममार्फत विज्ञप्तिमा भनेको छ, “हाम्रा जनता विरुद्धको आक्रमणलाई लम्ब्याउन वार्ताको प्रयोग गर्ने प्रधानमन्त्री नेतान्याहुको चालमा नफस्न आग्रह गर्दछौँ ।”
यस हप्ता इजरायलको विभिन्न सहरमा भएको विरोध प्रदर्शनमा युद्धविराम सम्झौता गर्न आवश्यक पहल नगरेको भन्दै नेतान्याहुका आलोचकहरूले उनलाई बन्धकहरूको मृत्युको लागि दोषी ठहराएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ९ गते, २०८१ - १९:००
काठमाडौं । वैदेशिक रोजगारीका लागि कोरिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको पासाङल्...
मंसिर ९ गते, २०८१ - १८:४८
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा पुरुषको शव भेटिएको छ । त्रिवि क्रिकेट मैदान नजिकै फेला परेको पुरुषको शव सनाखत हुन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौ...
मंसिर ९ गते, २०८१ - १८:३२
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्य...
मंसिर ९ गते, २०८१ - १८:२७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कामको गतिलाई तीब्रता दिने विषयमा आज सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखलगाय...
मंसिर ९ गते, २०८१ - १८:१९
काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अझै पाँच दिन प्रहरी हिरासतमै रहने भएका छन् । जिल्ला अदालत काठमाडौंले आइतबा...
मंसिर ९ गते, २०८१ - १८:०७
धनुषा । बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै निजी विद्यालयका सञ्चालकहरूले आज पनि पठनपाठन नगरी बन्दलाई निरन्तरता दिएका छन् । जनकपुरधाम उपमहानगरपालिको न...
मंसिर ९ गते, २०८१ - १८:०३
काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनको मतदानका दिन सार्वजनिक बिदा दिने सम्बन्धमा पत्र लेखी पठाउने निर्णय गरेको छ । आयोगका सहसचि...
मंसिर ९ गते, २०८१ - १७:५९
काठमाडौं । कुवेत पुर्याएर करिब ४ लाख रुपैयाँ एक युवतीलाई बेचेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा नुवाकोटको तादी गाउँपालिका–५ का...
मंसिर ९ गते, २०८१ - १७:५२
मधेश । मधेश प्रदेशमा चालू आर्थिक ०८१/८२ मा नेपाल प्रहरीमा कार्यरत विभिन्न दर्जाका ७२ जना प्रहरी विभागीय कारबाहीमा परेका छन । आठ जिल्ला रहेको मधेश ...
मंसिर ९ गते, २०८१ - १७:४७
मनाङ । जाडो मौसम सुरु भएसँगै यहाँका नदी, खोला र ताल जम्न थालेका छन् । यहाँका नदी, खोला र तालतलैया जमेर चट्टान बनेका छन् । तीन हजार मिटरमाथिका अधिकांश ...
प्रतिकृया लेख्नुहोस्: