Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

अर्थतन्त्रलाई गतिशील बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री लेखक

खबरडबली संवाददाता

कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । आज शुक्लाफाँटा नगरपालिका –१० झलारीमा नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं २ क्षेत्रीय कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै उनले मुलुकको अर्थतन्त्र बलियो बनाउनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) बिच समीकरण बनाइ स्थिर सरकार गठन भएको बताएका हुन् ।

“सरकार अस्थिर हुँदा नयाँ समीकरण बन्ने भत्किने अवस्था थियो”, उनले भने, “सेवाप्रवाह ठिक ढङ्गले हुन सकेन, विकास निर्माणसँगै सुशासन अगाडि बढ्न पाएका थिएनन् ।” सात बुँदे सहमतिको जगमा बनेको सरकारले देशमा भ्रष्ट्राचार नियमन गरी सुशासनको प्रत्याभूति दिने र दिगो शान्ति सुरक्षा प्रदान गर्न कटिबद्ध भएर अगाडि बढ्ने उनको भनाइ छ ।

संविधानको कार्यान्वयन ठिक ढङ्गले गर्न आगामी निर्वाचनसम्म सत्ता समीकरण रहिरहने उनले बताए । १८ वर्षदेखि थाती रहेको सङ्क्रमणकालीन न्यायको काम नयाँ गठबन्धनको स्थिर सरकार बनेपछि टुङ्गोमा पुगेको उनले उल्लेख गरे । जसले गर्दा सरकारप्रति जनतामा विश्वास बढेको उनको भनाइ छ । 

कञ्चनपुरलाई भारत, नेपाल, चीनबिचको त्रिदेशीय नाकाको रूपमा विकसित गरिने गृहमन्त्री लेखकले बताए । दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणसँगै महाकाली करिडोर निर्माणलाई तीव्ररुपमा अगाडि बढाइने उनले उल्लेख गरे । 

त्रिदेशीय नाका बनाएर यहाँ उत्पादित वस्तुलाई निर्यात गर्न दैजी छेला औद्योगिक क्षेत्रमा उद्योग स्थापना गरिने उनले जानकारी दिए । भूमिसम्बन्धी आयोग गठनको कार्य अन्तिम चरणमा रहेको उनले बताए । सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न योजनाबद्ध रूपमा अगाडि बढेको उनको भनाइ छ । लागुऔषधको समस्या चुनौतीका रूपमा रहेकाले उनले भारतीय विदेश सचिवसँगको भेटमा सीमापार क्षेत्रबाट हुने लागुऔषध ओसारपसार रोक्न जोडदार रूपमा मुद्दा उठाएको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुण्डीको रकमसहित २ जना पक्राउ

वीरगन्ज । वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले श्रोत खुल्न नसकेको रकमसहित एक महिला र एक पुरुषलाई पक्राउ गरेको छ । श्रोत खुल्न नसकेको ८ लाख रुपैय...

क्यानडाविरुद्ध नेपालले टस जित्यो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा आज क्यानडाविरुद्ध खेल्दै छ । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा ...

आइसीसी लिग-२: नामिबियामाथि अमेरिका ६ विकेटले विजयी

काठमाडौं । अमेरिकाले आइसीसी विश्वकप डिभिजन लिग-२ अन्तर्गत नामिबियालाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा अमेरिकाले नामिबियालाई ६ विकेटले पराजित गरे...

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश च्याप्टर गठन

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले मधेश प्रदेश गठन गरेको छ ।  प्रदेश च्याप्टरको आज विरगन्जमा आयोजित विशेष समारोहमा मधेश प्रदेशका मुख...

खाेटाङमा अहेवकाे निधनमा साकेला गाउँपालिकामा शोक बिदा

खोटाङ । साकेला गाउँपालिकाले मंगलबार शोक बिदा दिएको छ । आइतबार बिहान मृत फेला परेका उक्त गाउँपालिका–३ खिदीस्थित स्वास्थ्य चौकीका अहेव ३० वर्षीय मणिराज ...

राजनीति सही दिशामा जान आवश्यक: डा. राउत

बाँके । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले जनताको अधिकार र हक प्राप्तिसँगै विकास निर्माणका लागि देशको राजनीति सही दिशामा जान आवश्यक रहेको...

लुम्बिनीमा कांग्रेस सचेतक गिरीले दिइन् राजीनामा

दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक निमा गिरीले पदबाट राजीनामा दिएकी छिन् । संसदीय दलका नेता डिल्लीबहादुर चौधरी समक्ष गिरीले आज सोमबार राजीन...

कानुनअनुसार लामिछानेमाथि कारबाही हुनु पर्ने एमाले र माओवादीकाे भनाइ

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सहकारी छानबिन समितिको प्रतिवेदन पूर्ण रुपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् ।  सोमबा...

भक्तपुरमा बसमा शव झुन्डिएको अवस्थामा फेला

भक्तपुर । भक्तपुरमा बसमा शव झुन्डिएको अवस्थामा फेला परेको हो । आइतबार भक्तपुरको च्यामासिंह बसपार्कमा पार्क गरी राखिएको बा ३ ख ६६३८ नम्बरको बसमा २० वर्...

गृहमन्त्री लेखकसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा सोमब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy