Ntc summer Offer
Khabar Dabali ३१ भाद्र २०८१ सोमबार | 16th September, 2024 Mon
NIMB

डेंगुबाट ४ र इन्सेफलाइटिसबाट ३ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडाैं । डेंगुका कारण यस वर्ष नेपालमा ४ जनाको ज्यान गएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सो जानकारी गराएका हुन् । 

मन्त्री पौडेलका अनुसार ६ हजार ८३१ जनामा डेंगु संक्रमण भएको र ७५ जिल्लामा फैलिएको छ । डेंगु  नियन्त्रणका लागि सबै तहका सरकारसँग मिलेर समन्वयात्मक ढंगका गतिविधिहरू अघि बढाइरहेको मन्त्री पौडेलले बताए । त्यस्तै झाडा पखालाका कारण बाँके जिल्लाको नरैनापुर गाउँपालिकाको वडा नम्बर ३ मा ४ जनाको मृत्यु भएको र जसमा एउटै परिवारका ३ जना रहेका छन् । सोको कारण पत्ता लगाउने काम भइरहेको स्वास्थ्यमन्त्री पौडेलले बताए । 

जापनिज इन्सेफलाइटिस नयाँ प्रकोपका रूपमा नेपालमा भित्रिएको र जसबाट चितवन र कैलालीमा ३ जनाको मृत्यु भइसकेको उनले बताए । 

उनले जापनिज इन्सेफलाइटिसको शंकास्पद केसको सङ्ख्या ६२७ रहेको छ । त्यस्तै २८ जनामा पुष्टि भइसकेको पनि मन्त्री पौडेलले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलालीकाे धनगढीमा सञ्चालनमा आयाे नगर बस सेवा

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले नगर बस सेवा सञ्चालनमा ल्याएको छ । उपमहानगरपालिका आइतबार जिल्लाको कैलारी गाउँपालिकाको हसुलियादेखि गोदावरी नगरप...

जनाधिकार र स्वाधीनताका लागि माओवादी बलियो बन्न आवश्यक:प्रचण्ड

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीका अस्तित्वका लागि मात्र होइन मुलुककै स्वाधीनताका लागि माओवाद केन्द्र बलिय...

निगमले घटायाे इन्धनको मुल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५...

दाेलखामा बोलेरो दुर्घटनामा परी दुईकाे मृत्यु, चार घाइते

दाेलखा । आइतबार दाेलखामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ । प्रहरीका अनुसार दुर्घटनामा अन्य चार ४ जना घाइते भएका छन् ।  जिल्लाकाे ...

मुस्लिम धर्मावलम्बीका लागि भोली सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोली (सोमबार) मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै सोमबार मुस्लिम ...

माछापुच्छ्रे सहकारीको रकम हिनामिना गरेकाे आराेपमा अध्यक्ष पक्राउ

विराटनगर । विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना आरोपमा प्रहरीले संस्थाका अध्यक्ष अमलेश कर्णलाई पक्राउ गरेको छ । विराटनगर मह...

जडीबुटीको लजबाट लागु औषध ट्रामाडोलसहित दुईजना पक्राउ

काठमाडौं । कोटेश्वरस्थित जडीबुटीको लजबाट प्रहरीले लागु औषध ट्रामाडोलसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी घर भएर बौद्ध बस्ने २९ वर्षीय...

जनताको अवस्था परिवर्तन गर्नुपर्छ: अध्यक्ष राउत

बाँके । जनमत पार्टीका अध्यक्ष सिके रावतले  देशको व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको बताएका छन् । बर्दियाको गुलरियामा आइतबार आयोजित ...

उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन घर जग्गा व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन घर जग्गा व्यवसायीलाई आग्रह गरेका छन् ।  प्रधानमन्त्री तथा ...

नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता छ:मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता औँल्याएका छन् ।  नेपाल पारवहन तथा ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy