काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीज पर्वले नेपाली दिदीबहिनी आगामी दिनमा आर्थिक, सामाजिक र राजनीतिक रूपले नेतृत्वदायी भूमिकामा आउने प्रेरणा प्राप्त होस् भन्ने कामना व्यक्त गरेका छन्।
अध्यक्ष दाहालले आज जारी गरेको शुभकामना सन्देशमा हिन्दु धर्मावलम्बी नेपाली महिलाको विशेष चाड तीज पर्वका अवसरमा दिदीबहिनीहरूमा सुखशान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका हुन्।
सन्देशमा भनिएको छ, ‘तीज पर्वले पारिवारिक मिलन, सामाजिक सम्बन्ध विस्तारका साथै महिला सशक्तीकरण, समानता र अधिकारका लागि एकताबद्ध हुन प्रेरणा दिने मैले विश्वास लिएको छु।’
सन्देशमा महिलाको त्याग, समर्पण र इमान्दारिताको पहिचान झल्काउने तीज पर्व अहिले स्वतन्त्रता, सहअस्तित्व र सशक्तीकरणको प्रतीकका रुपमा मनाउन थालिएको र दिदीबहिनी, साथीसङ्गी जमघट भई नाचगान गर्ने, पारिवारिक मिलनमा सुखदुःख साट्ने र सामाजिक सम्बन्ध विस्तार एवं पुनर्ताजगी गर्ने तीज महिलाको विशेष सांस्कृतिक पर्व भएको उल्लेख छ।
धार्मिक सांस्कृतिक परम्पराका नाममा महिलामाथि थोपरिएका कतिपय अन्धविश्वास र कुसंस्कार छोडेर यसको मौलिक पहिचानसहित तीज पर्व मनाउनु पर्दछ । तीज पर्वका नाममा भित्रिनसक्ने आर्थिक, सामाजिक र सांस्कृतिक विकृतिप्रति सचेत रहँदै यसलाई लैङ्गिक विभेदमुक्त समतामूलक समाज निर्माणका लागि छलफल, बहस र पैरवी गर्ने पर्वका रुपमा मनाउन म सबैलाई अनुरोध गर्दछु।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३१ गते, २०८३ - २१:३२
काठमाडौं । नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गरी बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक सन्देश पठाउने गतिविधि बढिरहेको भन्दै ग्राहकहरू...
जेष्ठ ३१ गते, २०८३ - २१:२९
काठमाडौं । तीन दशकभन्दा बढी समयदेखि सिंहदरबारको दराजमा थन्किएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउने निर्णयसँगै काठमाडौं महानगर क्षेत्रभित्र अत...
जेष्ठ ३१ गते, २०८३ - २१:२१
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर...
जेष्ठ ३१ गते, २०८३ - २१:१७
म्याग्दी । जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् । अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका ...
जेष्ठ ३१ गते, २०८३ - २१:१७
म्याग्दी । जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् । अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका ...
जेष्ठ ३१ गते, २०८३ - २१:०४
काठमाडौँ । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकता राष्ट्रिय सम्मेलन राजधानीको तीनकुनेस्थित मन्डला ब्याङ्कवेटमा सम्पन्न भएको छ। सम्मेलनले सांस्कृति...
जेष्ठ ३१ गते, २०८३ - २१:०१
काठमाडौँ । विभिन्न राजनीतिक दलसँग आबद्ध पाँच दलित सङ्गठनबीच एकता भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अन्तर्गत ५३३ सदस्यीय ‘नेपाल दलित मोर्चा’ गठन गर...
जेष्ठ ३१ गते, २०८३ - २०:५१
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले आफू र दुई मन्त्रीलाई ‘देश बनाउने टोली’ भन्दै सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक ग...
जेष्ठ ३१ गते, २०८३ - २०:३५
नवलपुर । पूर्वपश्चिम राजमार्ग अनतर्गत नवलपुरको गैँडाकोटमा भारतीय नम्बर प्लेटको गाडीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। अर्का एक जना घाइ...
जेष्ठ ३१ गते, २०८३ - २०:३३
कैलाली । कैलालीको गोदावरी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा एक महिलाको जीविकोपार्जनको मुख्य आधार रहेको टेम्पो भीरमा खसालिएको घटनाले व्यापक विरोध र आ...



प्रतिकृया लेख्नुहोस्: