भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ बासपानीमा सडक किनारमा राखिएको स्थानीय धनादेवी धामीको टेम्पो जेठ २९ गते वन कर्मचारीहरूले हटाउने क्रममा भीरमा खसेको थियो। घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसको चौतर्फी आलोचना भइरहेको छ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य सन्तोषकुमारी शर्मा थापाले घटनास्थल पुगेर निरीक्षण गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेकी छन्। उनले वन अतिक्रमण हटाउने कार्य कानुनी प्रक्रिया भए पनि एक विपन्न महिलाको रोजीरोटीको साधन नष्ट गर्नु अमानवीय र असंवेदनशील कार्य भएको बताइन्।
पीडित धनादेवी धामीले उक्त टेम्पोमा चिया, अण्डा, चाउचाउ, पानीलगायतका सामग्री बिक्री गरेर १० सदस्यीय परिवारको गुजारा चलाउँदै आएकी थिइन्। उनका तीन छोरा रोजगारीका लागि भारतमा रहेका छन्।
“मैले सामान निकालेर गाडी घर लैजान्छु, अब यहाँ व्यापार गर्दिनँ भनेकी थिएँ। तर वन कर्मचारीहरूले मेरो कुरा नसुनी टेम्पो भीरमा खसालिदिए,” धामीले भनिन्, “मेरो परिवारको पेटमा लात हान्ने दोषीमाथि कडा कारबाही हुनुपर्छ।”
यता डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले भने पटक–पटक आग्रह गर्दा पनि अतिक्रमण हटाउन अटेर गरेपछि हटाउने क्रममा टेम्पो अनियन्त्रित भई भीरमा खसेको दाबी गरेका छन्। वन कार्यालयले जारी गरेको विज्ञप्तिमा टेम्पो जीर्ण अवस्थामा रहेको, इन्जिन र चक्का बिग्रिएको तथा भौगोलिक असन्तुलनका कारण दुर्घटना भएको उल्लेख गरिएको छ।
तर स्थानीयवासी जीवराज धामीले वन कार्यालयको दाबी अस्वीकार गर्दै टेम्पो सञ्चालनकै अवस्थामा रहेको बताएका छन्।
घटनापछि जिल्ला प्रहरी कार्यालय कैलालीले वन कार्यालयका १२ जना कर्मचारीलाई नियन्त्रणमा लिएर बयान र सोधपुछ सुरु गरेको छ। कैलाली प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार भिडियो फुटेज, प्रत्यक्षदर्शीको बयान र सम्बन्धित पक्षसँगको सोधपुछका आधारमा अनुसन्धान अघि बढाइएको छ।
उनले दोषी देखिने जो–कोहीमाथि कानुनी कारबाही गरिने बताए। साथै, डिभिजन वन प्रमुख ठाकुरसँग पनि वन मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमार्फत थप सोधपुछ भइरहेको जनाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३१ गते, २०८३ - २१:३२
काठमाडौं । नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गरी बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक सन्देश पठाउने गतिविधि बढिरहेको भन्दै ग्राहकहरू...
जेष्ठ ३१ गते, २०८३ - २१:२९
काठमाडौं । तीन दशकभन्दा बढी समयदेखि सिंहदरबारको दराजमा थन्किएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउने निर्णयसँगै काठमाडौं महानगर क्षेत्रभित्र अत...
जेष्ठ ३१ गते, २०८३ - २१:२१
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर...
जेष्ठ ३१ गते, २०८३ - २१:१७
म्याग्दी । जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् । अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका ...
जेष्ठ ३१ गते, २०८३ - २१:१७
म्याग्दी । जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् । अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका ...
जेष्ठ ३१ गते, २०८३ - २१:०४
काठमाडौँ । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकता राष्ट्रिय सम्मेलन राजधानीको तीनकुनेस्थित मन्डला ब्याङ्कवेटमा सम्पन्न भएको छ। सम्मेलनले सांस्कृति...
जेष्ठ ३१ गते, २०८३ - २१:०१
काठमाडौँ । विभिन्न राजनीतिक दलसँग आबद्ध पाँच दलित सङ्गठनबीच एकता भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अन्तर्गत ५३३ सदस्यीय ‘नेपाल दलित मोर्चा’ गठन गर...
जेष्ठ ३१ गते, २०८३ - २०:५१
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले आफू र दुई मन्त्रीलाई ‘देश बनाउने टोली’ भन्दै सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक ग...
जेष्ठ ३१ गते, २०८३ - २०:३५
नवलपुर । पूर्वपश्चिम राजमार्ग अनतर्गत नवलपुरको गैँडाकोटमा भारतीय नम्बर प्लेटको गाडीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। अर्का एक जना घाइ...
जेष्ठ ३१ गते, २०८३ - २०:३३
कैलाली । कैलालीको गोदावरी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा एक महिलाको जीविकोपार्जनको मुख्य आधार रहेको टेम्पो भीरमा खसालिएको घटनाले व्यापक विरोध र आ...



प्रतिकृया लेख्नुहोस्: