काठमाडौं । तपाइँले मोबाइल फोनका बारेमा धेरै कुरा सुन्नु भएको होला। धेरै मानिस दाबी गर्छन् कि यसको प्रयोगले ब्रेन क्यान्सर हुन सक्छ। यस विषयमा अहिलेसम्म धेरै रिपोर्ट आएका छन् ।
अहिले विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले एक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा मोबाइल फोनले ब्रेन क्यान्सर नहुने उल्लेख छ। डब्ल्यूएचओले दुई दशकभन्दा पुराना प्रतिवेदनलाई छानबिन गरी त्यसैलाई आधार मानेर समीक्षा तयार गरेको हो। पछिल्ला केही वर्षयता विश्वभर स्मार्टफोनको चलन बढेको छ। तर, प्रचलन बढेपछि पनि स्मार्टफोनले ब्रेन क्यान्सर गराउनेसँग कुनै सम्बन्ध भेटिएको छैन।
यस अनुसन्धानमा धेरै स्मार्टफोन प्रयोग गर्ने मानिसहरु सहभागी भएका छन्। त्यहाँ केही व्यक्तिहरु पनि छन्, जसले वर्षौंदेखि धेरै फोन प्रयोग गर्दै आएका छन् । शोधकर्ताहरुले सन् १९९४ देखि २०२२ सम्म गरिएका ६३ अनुसन्धानको समीक्षा गरेर यो जानकारी सार्वजनिक गरेका हुन्। यस अनुसन्धानमा अस्ट्रेलिया सरकारको विकिरण संरक्षण प्राधिकरणका विज्ञहरु सहित १० देशका ११ अन्वेषकहरुले भाग लिएका थिए।
स्मार्टफोनमा धेरै समय बिताउने बालबालिकासहित ती सबै मानिसहरुका लागि यो अध्ययन राहात हो। यद्यपि, यसको मतलब यो होइन कि अत्यधिक स्मार्टफोन प्रयोगको कुनै साइड इफेक्ट छैन। यो समीक्षाले रेडियो फ्रिक्वेन्सी विकिरणका प्रभावहरुमा केन्द्रित छ, जुन मोबाइल फोनका साथै टीभी, बेबी मोनिटर र अन्य उपकरणहरुमा प्रयोग गरिन्छ।
प्रोफेसर मार्क एलउड यस अनुसन्धानका सहलेखक हुन् र क्यान्सरका विशेषज्ञ पनि हुन्। उनले भने, ‘कुनै पनि अनुसन्धानले जोखिम बढेको खुलासा गरेको छैन।’
इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर ९आईएआरसी०ले मोबाइल फोनबाट निस्कने तरंगलाई ‘सम्भावित कार्सिनोजेनिक’ अर्थात् २ बी श्रेणीमा राखेको छ। यसको मतलब यो हो कि क्यान्सरसँग यसको प्रत्यक्ष सम्बन्ध प्रमाणित गर्न पर्याप्त प्रमाण छैनन् तर यसलाई पूर्ण रुपमा अस्वीकार गर्न सकिँदैन। यो तथ्यांक सन् २०११ मा गरिएको अनुसन्धानबाट आएको हो। पुरानो तथ्यांकलाई ध्यानमा राख्दै एजेन्सीको सल्लाहकार समूहले यो वर्गलाई सकेसम्म चाँडो पुनः परीक्षण गर्न सिफारिस गरेको छ। –एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - २२:१६
भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...
माघ १६ गते, २०८२ - २२:१५
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...
माघ १६ गते, २०८२ - २१:५२
खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...
माघ १६ गते, २०८२ - २१:४२
काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...
माघ १६ गते, २०८२ - २१:२९
काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...
माघ १६ गते, २०८२ - २१:२७
ललितपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...
माघ १६ गते, २०८२ - २१:१३
काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...
माघ १६ गते, २०८२ - २१:०१
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...
माघ १६ गते, २०८२ - २०:५९
ब्रसेल्स । डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...
माघ १६ गते, २०८२ - २०:५६
बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...




प्रतिकृया लेख्नुहोस्: