Ntc summer Offer
Khabar Dabali १३ भाद्र २०८२ शुक्रबार | 29th August, 2025 Fri
Investment bank

प्रहरी कर्मचारीलाई पूर्व अनुमतिबिना बाहिरी भेटघाट गर्न रोक

खबरडबली संवाददाता

काठमाडौं । नेपाल प्रहरीले मातहतका कर्मचारीहरूलाई आफूभन्दा माथिल्लो कार्यालय तथा अधिकारीको पूर्व स्वीकृतिविना राजनीतिकलगायत विभिन्न शक्ति केन्द्रसँग भेटघाट गर्न रोक लगाएको छ ।

प्रहरी प्रधान कार्यालयले आइतबार आन्तरिक परिपत्र गरी तालुक कार्यालयको स्वीकृतिविना कसैले अमुक व्यक्ति तथा शक्ति केन्द्रसँग भेट गर्न नपाउने व्यवस्था गरेको हो । 

प्रहरी प्रधान कार्यालयबाट जारी परिपत्र उल्लङ्घन गरी अनुमतिबिना भेटघाट गर्ने कर्मचारीलाई अभिलेखमा जनिने गरी हदैसम्मको विभागीय कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

‘कर्तव्य पालनाको सिलसिलामा बाहेक अन्य कुनै अमुक शक्ति केन्द्र वा व्यक्तिसँग भेट गर्नुपर्नाको प्रयोजन खुलाइ तालुक कार्यालयमा जाहेरी गरी पूर्व स्वीकृति लिएर गरिने सम्पर्कबाहेक सङ्गठनको मूल्यमा व्यक्तिगत स्वार्थ पूर्तिको लागि गरिने अशोभनीय भेटघाट, साङ्गठनिक कामकारबाहीमा बाह्य प्रभाव पार्नेलगायतका कुनैपनि गैरव्यावसायिक अनुशासनहीन एवं आत्मकेन्द्रित क्रियाकलापमा कुनैपनि प्रहरी कर्मचारी संलग्न रहेरभएको पाइएमा त्यसलाई नै प्रमाणको रुपमा लिई अभिलेखमा जनिने गरी प्रहरी नियमावली बमोजिम हदैसम्मको सजाय हुने हुँदा सो व्यहोरा गम्भीरतापूर्वक हृदयङ्गम गरी कार्यालय प्रमुख तथा मातहतमा काम गर्ने सबै प्रहरी कर्मचारीलाई सुनी सुनाई सोको व्यहोरा यस सचिवालयमा प्रेषित गर्नु हुन निर्देशानुसार अनुरोध छ,’ प्रहरी प्रधान कार्यालयले देशभरका मातहत युनिटमा गरेको आन्तरिक परिपत्रमा भनिएको छ ।

सरुवा, बढुवा, पुरस्कारलगायत विभिन्न वृत्ति विकाससम्बन्धी निर्णयमा अधिकृत तथा जवानहरूले मन्त्री, प्रशासक, सांसद, राजनीतिक दलका नेताकार्यकर्ता, व्यापारीलगायत विभिन्न शक्ति केन्द्रबाट प्रहरी प्रधान कार्यालयमा दवाव दिएपछि यो परिपत्र जारी गर्नु परेको स्रोतको दाबी छ ।

परिपत्रमा पेशागत अनुशासनयुक्त स्वच्छ एवं व्यवसायिक प्रहरीको रुपमा मुलुक र नागरिकको सेवामा खटिनु पर्ने प्रहरीमा आवद्ध केही सदस्यहरू साङ्गठनिक मूल्य र मान्यताको बर्खिलाप सङ्गठनको गरिमा तथा मर्यादामा आँच आउने गरी व्यक्तिगत स्वार्थ तथा अभिलाषा पूर्तिको लागि साङ्गठनिक मूल्य मान्यता एवं आदेशको शृङखलालाई वेवास्ता गरी विभिन्न शक्तिकेन्द्र तथा व्यक्तिलाई भेट गर्दै हिँड्ने तथा विभिन्न माध्यमबाट सम्पर्क स्थापित गर्ने कार्यमा संलग्न हुँदा साङ्गठनिक अनुशासनको क्रम भङ्गता भएको पनि उल्लेख छ ।   

‘विभागीय नीतिनियमको धज्जी उडाउने, साङ्गठनिक गोपनीयता भङ्ग गर्ने, नागरिक–प्रहरीबीचको अनुशासनात्मक एवं व्यवसायिक विश्वासको प्रतिकूल एवं पदीय दायित्व अनुसारको जिम्मेवारी निर्वाह गर्दा खरो रुपमा उत्रनु पर्नेमा सो नगरी शक्तिका अगाडि समर्पित हुने गरी कुनै विशेष व्यक्ति र शक्तिको अगाडि नतमस्तक भई सङ्गठनमाथि अनावश्यक दबाब र प्रभावको सिर्जना गरी जिम्मेवारी प्रति उदासिन रहने गरेको भन्ने घटनाप्रति प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ परिपत्रमा उल्लेख छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्रिविको शुल्क घटाउने निर्णयप्रति स्ववियुको प्रश्न: सम्झौता गर्ने व्यक्तिको आधिकारिकता के हो?

विद्यार्थीमाथि दोहोरो अन्याय, शुल्क पुनर्मूल्याङ्कन नगरे आन्दोलनमा जान्छौंः— स्ववियु अध्यक्ष जोशी

६ वर्षका स्वर्णिममा देखिएको क्रिकेट र देशप्रेम

काठमाडौं । ६ वर्षका स्वर्णिम भुषाल अहिले अष्ट्रेलियाको डार्बिनमा परिवारसँग बस्छन्। नेपालको पर्वतका स्थायी बासिन्दा स्वर्णिम अहिले चर्चामा छन्।  उनी...

दिवंगत चक्रबन्धु अर्यालविरुद्धको फैसला उल्ट्याउन माग, सर्वोच्चमा पुनरावलोकन निवेदन

मृत्युपछि पनि कानुनी उपचारको खोजी, सर्वोच्चको पूर्ण इजलासमा बिहीबार सुनुवाइ

युवाको उमेर अब १८ देखि ३५ वर्ष

काठमाडौं । युवाको उमेर अब १८ देखि ३५ सम्म कायम हुने भएको छ। सरकारले हालै ‘राष्ट्रिय युवा नीति– २०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८–३५ कायम हुने राष्ट...

रास्वपा नेता पाँडेलाई म्याद थपका लागि अदालत लगियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा। अरनिको पाँडेलाई म्याद थपका लागि अदालत लगिएको छ । बुधबार साँझ पक्राउ परेका पाँडेलाई अदाल...

आम सञ्चार विधेयकको विरोधमा पत्रकारद्वारा धर्ना

विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’ को विरोधमा पत्रकारहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नजिक धर्ना दिएक...

युक्रेनमा रुसी आक्रमणमा आठ जनाको मृत्यु

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले   रुसी आक्रमणबाट किभमा एक बच्चासहित आठ जनाको मृत्यु भएको बताएका छन्। यसैबीच गृहमन्त्री इहोर क...

र्पर्वविद्यार्थीद्वारा विद्यालय पसेर अन्धाधुन्ध गोली प्रहार, दुईको मृत्यु, १७ घाइते

डिप्रेसनको सिकार भएका उनले गरे आत्महत्या

माओवादीको जागरण अभियान भदौ २२ गते लमजुङबाट सुरु हुने

प्रचण्डसहितको टोली मध्यपहाडी लोकमार्गमा फेरि झर्ने, उपमहासचिव जनार्दन शर्मा नसमेटिने संकेत

पशुपति आर्यघाटमा महिला मृत फेला

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा चार जनाको शव फेला परेको छ। काठमाडौं महानगरपालिका–८ पशुपति आर्यघाट नजिकै सतलमा पहिचान नखुलेकी अन्दाजी ४५ वर्षी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending