Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

नक्कली गर्भपातनको कागजात पेस गर्दै बीमा दाबी गर्ने महिला परिन फन्दामा

खबरडबली संवाददाता

काठमाडौं । चीनमा बीमाको रकम कुम्ल्याउन रचिएको एउटा अनौठो योजनाको फर्दाफास भएको छ। चीनको सांघाईमा बसोबास गर्ने झी थरकी एक ४२ वर्षीया महिलाले पटक–पटक नक्कली गर्भपातको कागजात पेस गरेर बीमा कम्पनीहरुबाट लाखौँ रकम दाबी भुक्तानी लिएको खुलासा भएको हो।

मातृत्व बीमा लाभ पोलिसीअन्तर्गत झीले पटक–पटक नक्कली गर्भपातको कागजात पेस गरेर ६६ हजार २०० युआन (करिब साढे १२ लाख रुपैयाँ) दाबी भुक्तानी लिएकी हुन्। झी उच्च आम्दानी भएकी महिला हुन् । एउटा विदेशी कम्पनीमा काम गरेर उनले मासिक ३० हजार युआन तलब पाउँछिन् ।

साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित समाचारअनुसार उनले टेलिकम्युनिकेस र कम्प्युटर साइन्सको पढाइ पूरा गरेकी छन् । झी कार्यरत कम्पनीले नै महिला कर्मचारीहरुको मातृत्व बीमा लाभ कार्यक्रमअन्तर्गत बीमा गरिदिने गरेको छ । त्यही कार्यक्रमअन्तर्गत झीले बीमा गराएकी थिइन् । यो बीमा योजनाअन्तर्गत महिलाहरुलाई औषधोउपचार खर्च बीमा कम्पनीले व्यहोर्छ।

दुई वर्षअघि झीको साँच्चिकै गर्भपात भएको थियो । त्यो बेला उनले बीमा दाबी भुक्तानी पाएकी थिइन् । गत डिसेम्बरमा त्यही पहिलाको घटना याद गर्दै बीमाको रकम पाउन उनले नक्कली गर्भपातको योजना बुनिन् । आफ्नो कम्प्युटरसम्बन्धी सीपको मद्दतले उनले नक्कली गर्भपातको कागजपत्र, अस्पतालमा भर्ना भएको र डिस्चार्ज भएको कागजपत्र तयार गरेर दुईवटा अनलाइन बीमा दाबी गरिन्। उनले यी दुई दाबीबाट ६६ हजार २०० युआन पाउन सफल भइन् । त्यसपछि अरुले थाहा पाउने डरले उनले कागजी र डिजिटल रेकर्डहरु सबै मेटिदिइन्।

यो वर्षको सुरुआतमा पनि झीले फेरि त्यस्तै नक्कली गर्भपातको कागजपत्र पेस गरेर ४० हजार युआन बीमा दाबी गरिन्। दुर्भाग्यवश यो दाबी रद्द भयो। गत फेब्रुअरीमा उनले साँच्चिकै पहिलो सन्तानलाई जन्म दिइन् र फेरि मातृत्व बीमा लाभअन्तर्गत दाबी पेस गरिन्। त्यतिबेला भने उनी फन्दामा परिन्। बीमा अधिकारीहरुले झीले अहिलेसम्म ५ पटक नक्कली गर्भपातको कागज पेस गरेर बीमा दाबी भुक्तानी लिएको पत्ता लगाए। अनि बीमा नियामकले झीविरुद्ध प्रहरीमा उजुरी दियो।

प्रहरीमा उजुरी परेपछि झी आफैँले आत्मसमर्पण गरेकी छन्उ । नले बीमा धोकाधडीबाट असुलको रकम पनि फिर्ता गरेकी छन् । सांघाईको अदालतले पनि झीलाई दोषी ठहर गर्दै गत अगस्ट १६ मा डेढ वर्ष कारावासको सजाय सुनाएको थियो। उनी हाल कारागारमा छिन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बआवासको हक संरक्षण गर्न सरकारलाई हर्क साम्पाङको आग्रह

काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानले सुरक्षित गरेको आवासको हकलाई सम्मान गर्न सरकारसँग आग्रह गरेका छन् । शनिबार ह...

तमिलनाडुमा थालापति विजयलाई बहुमत जुट्यो

काठमाडाैं  ।  तमिलनाडुमा सरकार गठनका लागि शक्ति सङ्घर्ष शनिबारदेखि समाप्त भएको छ । विधान सभामा विदुथलाई चिरूथाइगल (भीसीके)ले तामिलगा भेट्री कझागम (टीव...

मञ्जुश्री ‘कोअपरेटिभ’का अध्यक्ष घिमिरे पक्राउ

काठमाडौँ । सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरेलाई पक्राउ गरिएको छ । सहकारीले बचतकर्ता...

धीर बूढाले जिते जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि

जुम्ला ।.जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करणको उपाधि धावक धीर बूढाले जितेका छन्। शनिबार सम्पन्न ५४ किलोमिटर दूरीको प्रतियोगितामा जुम्लाको कनक...

दार्चुलामा निर्माणाधीन तिंकर सडक हुँदै दुम्लिङसम्म पुग्यो गाडी

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन (जिप) पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी-तिङ्कर सडकअ...

आज राति तराई भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शनिबार राति सुदूरपश्चिम लगायत देशका तराई भूभागको एक, दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावन...

चितवनमा एम्बुलेन्स सेवामा कडाइ, अब जीपीएस जडान अनिवार्य

चितवन । चितवनमा सञ्चालित सबै एम्बुलेन्समा अब अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने भएको छ। एम्बुलेन्स सेवामा देखिएका अव्यवस्था, मनपरी भाडा र अनावश्यक ...

सामुदायिक वनको काठ विवादमा दाङमा एक जनाको हत्या

दाङ । दाङको राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वनबाट काठ लिने विषयमा भएको विवाद हिंसात्मक बन्दा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानी...

लागुऔषधसहित १७ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्...

दरबन्दीमा विभेद’ गरेको आरोप लगाउँदै जनकपुरमा स्वास्थ्यमन्त्रीविरुद्ध प्रदर्शन

जनकपुरधाम । स्वास्थ्य क्षेत्रमा हालै खुलाइएको दरबन्दीप्रति असन्तुष्टि जनाउँदै जनकपुरधाममा स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेका छन्। उनीहरूले स्वास्थ्यमन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending