Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

अमेरिकी राष्ट्रपति निर्वाचनस् ट्रम्प र ह्यारिस आमनेसामने

खबरडबली संवाददाता

काठमाडौं ।   अमेरिकामा नोभेम्बर ५ मा हुन लागेको भावी राष्ट्रपति पदका दुई उम्मेदवारबीच स्थानीय समयअनुसार मंगलबार बेलुकी ८ बजे टेलिभिजन बहस भएको छ।

डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपतिको टेलिभिजन बहसमा पहिलोपटक आमनेसामने भएका हुन्। यसअघि पहिलो बहस ट्रम्प र जो बाइडेनबीच भएको थियो।

ट्रम्प र ह्यारिसको भने यो पहिलो बहस हो। बहसका क्रममा ट्रम्पले आफूले जितेमा रुस र युक्रेनबीचको युद्ध तत्कालै अन्त्य गर्ने दाबी गरे। ह्यारिसले भने प्रतिवाद गर्दै ट्रम्प राष्ट्रपति भइरहेको भए रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अहिले युक्रेनमा हुने बताइन्।

अमेरिकाको आर्थिक र हतियार सहयोगकै कारण युक्रेन स्वतन्त्र मुलुकका रुपमा खडा भएको दाबी ह्यारिसले गरेकी थिइन्।

बहसका क्रममा आप्रवासन, रुस युक्रेन युद्ध, इजरायल गाजा तनाव लगायतका विषयमा चर्काचर्की भएको थियो। ट्रम्पले आप्रवासीहरूले कुकुर पनि खाने दाबी गरेका थिए। ह्यारिसले भने ट्रम्पको आर्थिक नीतिलाई निशाना बनाएकी थिइन्।

एबीसी न्यूज च्यानलले आयोजना गरेको यो बहस ९० मिनेटसम्म भएको थियो। नेपाली समयअनुसार बुधबार बिहान सवा ८ बजे बहस सकिएको हो।

बहस अघि टसबाट दुई उम्मेदवार कुन पक्षमा बस्ने र कसले अन्तिममा बोल्ने भन्ने टुंगो लगाइएको थियो। ट्रम्पले अन्तिममा बोलेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पतञ्जलि जग्गा प्रकरण : माधव नेपाल क्याबिनेटका मन्त्री अदालतमा तानिए

काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...

शनिबारसम्म तराईमा तातो हावाको सम्भावना

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा शनिबारसम्म तातो लहरको सम्भावना रहेको बताएको छ । महाशाखाले ...

३२ वर्षदेखि अतिक्रमणमा कारागारको डेढ विघा जग्गा, अदालतको आदेश पनि कार्यान्वयन भएन

राजविराज । सप्तरीको राजविराजस्थित कारागार कार्यालयको डेढ विघाभन्दा बढी सरकारी जग्गा तीन दशकभन्दा लामो समयदेखि अतिक्रमणमा पर्दा पनि राज्य संयन्त्रले फि...

द्वन्द्वकालीन यौन हिंसामा कानुनी न्याय मात्र पर्याप्त छैनः देवी खड्का

काठमाडौं । द्वन्द्वकालीन यौन हिंसाका पीडितहरूले कानुनी निर्णय मात्र पर्याप्त नहुने भन्दै सामाजिक दृष्टिकोण, संस्कृति र राज्यको व्यवहारमा परिवर्तन आवश्...

‘शरणार्थीको रेकर्ड व्यवस्थित गर्न खोज्दा राजद्रोह कसरी हुन्छ ?’ — खाण पक्षको जिकिर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइका क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाण का तर्फबाट बहस गर्दै कानुन व्यवसायीहरूले उनीमाथि लगाइए...

स्वर्णिम वाग्लेलाई प्रवासका प्रतिनिधिको शतप्रतिशत मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा उपसभापति स्वर्णिम वाग्लेले प्रवासबाट...

प्रदेश सभा खारेजीको रास्वपा एजेण्डामा कांग्रेस, एमाले र नेकपाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनबाट अघि सारेको प्रदेश सभा खारेजीसहित संघीय संरचना पुनर्संरचनाको प्रस्ताव प्रति प्रमु...

ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त

काठमाडौं । ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त भएका छन् । उनी चेक अनादर मुद्दामा २ वर्ष कैद तोकिएपछि डिल्लीबजार कारागार चलान भएका थिए । ...

जुन महिना सुक्खा रह्यो, औसतको ७० प्रतिशत मात्र वर्षाजुन महिना सुक्खा रह्यो, औसतको ७० प्रतिशत मात्र वर्षा

काठमाडौं । नेपालमा यस वर्षको जुन महिनामा अपेक्षाकृत कम वर्षा भएको देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १ देखि जुन २५ (जेठ १८ देखि असार ११...

फेवातालमा सुरक्षा कडाइ : कास्की प्रशासनको १९ बुँदे निर्देशन

पोखरा । फेवातालसहित कास्कीका तालहरूमा जल पर्यटन गतिविधि अव्यवस्थित बन्दै गएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले डुङ्गा, कायाकिङ र सर्फिङ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending