Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

योगेश भट्टराईको भाषणको ‘हिंसा’ रेकर्डबाट नहटाएपछि संसदमा माओवादीको अवरोध, आइतबारसम्मका लागि स्थगित

खबरडबली संवाददाता

काठमाडौँ।  प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी) केन्द्रका सांसदले अवरोध गरेपछि बुधबारको प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ।  

सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलको सांसदको दोहोरोमा बैठक सञ्चालन हुन नसक्ने जानकारी गराउेदै बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको घोषणा गरेको हो।  

भाद्र १२ गते प्रतिनिधि सभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले बोलेको हिंसा भन्ने शब्द असंसदीय नदेखिएको भन्दै संसद्को अभिलेखबाट नहट्ने निर्णय सभामुखले सुनाएपछि माओवादी सांसदले बैठकमा विरोध गरेका हुन्।  

बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले  प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१ मा भएको व्यवस्था र मिति २०८१ भाद्र १८ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल र सचिवालयको राय समेतका आधारमा सो शब्द असंसदीय शब्द नदेखिएको बताए।  उनले सो शब्द संसद्को अभिलेखबाट हटाउनु नपर्ने बताए।  

उनले पछिल्लो समय प्रतिकात्मक शब्द प्रयोग गर्दा पनि नियमापत्ति गर्ने र शब्दमा बहस हुने गरेको भन्दै सांसदहरूलाई संसदमा प्रस्तुत हुँदा शब्द चयनमा सचेत रहन रुलिङ गरे।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन र जेन–जी अगुवाहरुबीच भेटवार्ता जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...

रवि, बालेन र कुलमानबीच आज साँझ फेरि भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

काम गर्दा गर्दैपनि दिनदिनै गालीगलौज र राजीनामाको दबाब झेल्नुपरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...

बालेन शाह र बाबुराम भट्टराई बीच पनि भेटवार्ता

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...

रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...

बालेनलाई भेटेर केहि बेरमै निस्किए शिशिर खनाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...

चितवन–३ बाट एकल रेनु दाहाल सर्वसम्मत उम्मेदवारमा सिफारिस

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...

रवि लामिछाने र बालेन शाहबीच फेरि छलफल हुने

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...

रवि लामिछानेलाई प्रश्न: लौरो टेक्ने कि घण्टी बजाउने ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...

उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending