Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

तिस हजार मेट्रिक टन चिनी ल्याउने प्रक्रिया सुरु

खबरडबली संवाददाता

काठमाडौ‌ ।  सरकारले चाडपर्वलक्षित ५० प्रतिशत भन्सार छुटमा ३० हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय गरेको छ । सरकारले सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनबाट ५० प्रतिशत भन्सार छुटको १५र१५ हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय गरेको हो । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार यही सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ५० प्रतिशत भन्सार छुटमा ३० हजार टन चिनी आयात गर्ने निर्णय भएको हो । छुटको चिनी ल्याउने निर्णय बाहिर आउनेबित्तिकै साल्ट ट्रेडिङ कर्पोरेसनले खरिदका लागि टेन्डर आह्वान गर्ने तयारी थालेको जनाएको छ । 

कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले सरकारको निर्णय सार्वजानिक भएकाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीको मौखिक आदेश आइसकेकाले बुधबार टेन्डर गरेको जानकारी दिए । 

सरकार प्रक्रिया अनुसार पत्र बन्न समय लाग्ने हुँदा दसैँअगाडि नै चिनी ल्याउने निर्देशन आए अनुसार नै टेन्डर गरेको उहाँले बताए । कर्पोरेसनमा सहमहाप्रबन्धकको जिम्मेवारीमा रहनुभएका राजभण्डारीका अनुसार ग्लोबल टेन्डरमार्फत खरिद गर्दा समय धेरै लाग्ने हुँदा छोटो अवधिको ११ दिनको सूचनामार्फत खरिद गर्ने गरी टेन्डर गरेको जानकारी दिए ।

ग्लोबल टेन्डरमा कम्तीमा ३० दिन लाग्छ त्यसैले अबको १६र१७ दिनभित्र चिनी आयात गर्ने सोचका साथ प्रक्रिया अगाडि बढाएको उहाँले जानकारी दिए । निजी व्यापारीले आयात गर्न नसकेपछि छुटमा आयात गर्न साल्ट र खाद्यलाई जिम्मा दिएको मन्त्रालयले जनाएको छ । हाल चिनी आयातमा ३० प्रतिशत भन्सार महसुल लाग्छ ।

चाडपर्वमा चिनीको खपत बढ्ने हुँदा व्यवसायीले कृत्रिम अभाव बनाएर मूल्य बढाउँछन् । विगतको इतिहास हेर्दा खाद्य र साल्टले सहुलियत चिनी आयात गर्न सकेको देखिँदैन । २०७७ साउन १२ को मन्त्रीपरिषद्ले खाद्यलाई १० हजार र साल्टलाई २० हजार टन आयातको जिम्मा दिएको थियो । 

दुवै निकायलाई ५० प्रतिशत भन्सार महसुल छुटमा आयात गर्न स्वीकृति दिएको थियो । सहुलियतको चिनी साल्टले दसैँअगाडि केही मात्रामा ल्याए पनि खाद्यले ल्याउन सकेन ।  गत वर्ष चाडबाडमा अभाव रोक्न सरकारले फेरि छुटमा ल्याउने निर्णय गर्‍यो । 

खाद्य र साल्टलाई १०-१० हजार मेट्रिक टन आयातको जिम्मा दिएको थियो । चिनी आयात ५० प्रतिशत भन्सार दर छुट थियो तर आयात भएन । खाद्य र साल्टले आयात नगर्दा बजारभाउ प्रतिकेजी १५० देखि १६०रुपियाँ पुगेको थियो ।

बजारमा चिनीको मूल्यमा कालो बजारी हुन थालेपछि सरकारले जिटुजीबाट भए पनि ल्याउने निर्णय गर्‍यो । सरकारले ५० हजार टन चिनी जिटुजीबाट ल्याउने भने पनि ल्याउन सकेन । दसैँ आउन लागेकाले ग्लोबल टेन्डरमा जाँदा दसैँमा चिनी आयात हुन नसक्ने हुँदा छोटो अवधिको टेन्डर गरेर ल्याउने तयारी भएको मन्त्रालयले जनाएको छ । 

जिटुजीको ५० हजार मेट्रिक टनमध्ये पहिलो लटमा २५ हजार टन ल्याउने जनाएको थियो तर सरकारी दुई कम्पनीले ल्याउन सकेन । त्यसपछि मन्त्रालयले जेठ ३० मा उद्योग विभागलाई पत्र पठाएर निजी क्षेत्रका लागि प्रक्रिया बढाउन भनेको थियो । 

चिनी आयातमा आयातकर्ता र अन्तर्राष्ट्रिय मूल्यमा भर पर्ने जनाएको छ । गत वर्ष दसैँताका अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिटन ८७० डलर थियो । अहिले ५७० डलर छ । बजारभाउ धेरै बढ्दा आयातमा समस्या हुने साल्टको भनाइ छ । 

यद्यपि गत वर्षभन्दा मूल्य सस्तो नै रहेको सूचना अधिकारी राजभण्डारीले बताए । यता खाद्य कम्पनी भने आपूर्ति मन्त्रालयको आधिकारिक पत्रको पर्खाइमा रहेको छ । चिनी आयातको निर्णय सञ्चारमाध्यमबाट सार्वजनिक भएको तर आधिकारिक पत्र नआएसम्म खरिद प्रक्रिया अगाडि बढाउन समस्या हुने भण्डारीले बताए ।   

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बआवासको हक संरक्षण गर्न सरकारलाई हर्क साम्पाङको आग्रह

काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानले सुरक्षित गरेको आवासको हकलाई सम्मान गर्न सरकारसँग आग्रह गरेका छन् । शनिबार ह...

तमिलनाडुमा थालापति विजयलाई बहुमत जुट्यो

काठमाडाैं  ।  तमिलनाडुमा सरकार गठनका लागि शक्ति सङ्घर्ष शनिबारदेखि समाप्त भएको छ । विधान सभामा विदुथलाई चिरूथाइगल (भीसीके)ले तामिलगा भेट्री कझागम (टीव...

मञ्जुश्री ‘कोअपरेटिभ’का अध्यक्ष घिमिरे पक्राउ

काठमाडौँ । सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरेलाई पक्राउ गरिएको छ । सहकारीले बचतकर्ता...

धीर बूढाले जिते जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि

जुम्ला ।.जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करणको उपाधि धावक धीर बूढाले जितेका छन्। शनिबार सम्पन्न ५४ किलोमिटर दूरीको प्रतियोगितामा जुम्लाको कनक...

दार्चुलामा निर्माणाधीन तिंकर सडक हुँदै दुम्लिङसम्म पुग्यो गाडी

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन (जिप) पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी-तिङ्कर सडकअ...

आज राति तराई भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शनिबार राति सुदूरपश्चिम लगायत देशका तराई भूभागको एक, दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावन...

चितवनमा एम्बुलेन्स सेवामा कडाइ, अब जीपीएस जडान अनिवार्य

चितवन । चितवनमा सञ्चालित सबै एम्बुलेन्समा अब अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने भएको छ। एम्बुलेन्स सेवामा देखिएका अव्यवस्था, मनपरी भाडा र अनावश्यक ...

सामुदायिक वनको काठ विवादमा दाङमा एक जनाको हत्या

दाङ । दाङको राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वनबाट काठ लिने विषयमा भएको विवाद हिंसात्मक बन्दा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानी...

लागुऔषधसहित १७ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्...

दरबन्दीमा विभेद’ गरेको आरोप लगाउँदै जनकपुरमा स्वास्थ्यमन्त्रीविरुद्ध प्रदर्शन

जनकपुरधाम । स्वास्थ्य क्षेत्रमा हालै खुलाइएको दरबन्दीप्रति असन्तुष्टि जनाउँदै जनकपुरधाममा स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेका छन्। उनीहरूले स्वास्थ्यमन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending