Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

बागमतीमा मत्रै हरेकदिन थपिन्छन् सयजना डेंगीका बिरामी

खबरडबली संवाददाता

मकवानपुर । लामखुट्टेको टोकाइबाट हुने डेंगी संक्रमितको संख्या बागमती प्रदेशमा निन्तर बढ्दो क्रममा छ। चालु आर्थिक वर्ष २०८१/०८२ को साउन १ गतेदेखि हालसम्मको अवधिमा झण्डै २ हजार मानिस डेंगी संक्रमित भएका छन् ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार यस प्रदेशमा दैनिक ९० देखि देखि १ सय बढीको संख्यामा डेंगी संक्रमित भैरहेका छन् । चालु आर्थिक वर्षको साउन १ गतेदेखि भदौ २६ गते अर्थात् बुधावारसम्मको अवधिमा २ हजार ४७७ जनामा डेंगी संक्रमण भएको छ।

मन्त्रालयका सूचना अधिकारी डा. रविन भुषाललका अनुसार बुधवार ९४ जना डेंगीका नयाँ बिरामी थपिएका छन्। यस्तै मंगलबार १ सय ११ जना नयाँ बिरामी थपिएका थिए भने सोमबार ९८ जना डेंगीका नयाँ बिरामी फेला परेको बताइएको छ। सूचना अधिकारी डा। भुषालका अनुसार बागमतीमा प्रत्येक दिन १ सय को हाराहारीमा डेंगीका नयाँ बिरामी बढेका हुन्।

प्रदेशका १३ जिल्लामध्ये १२ जिल्लामा डेंगीको प्रकोप फैलिएको मन्त्रालयले जनाएको छ। रसुवा बाहेक सबै जिल्लामा डेंगी संक्रमित भएको प्रदेशका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। खगेश्वर गेलालले जानकारी दिए। उनका अनुसार सबैभन्दा धेरै बिरामी चितवनमा रहेका छन्। जहाँ १ हजार १० जना बिरामी भेटिएको मन्त्रालयको तथ्यांक छ।

यस्तै, चितवनपछि काठमाडौंमा देखिएको छ। काठमाडौंमा चालु आवको हालसम्मको अवधिमा ७१६ जनामा डेंगी संक्रमण भएको मन्त्रालयको तथ्यांक छ। जसमा गत साउन महिनामा १५७ जना डेंगी संक्रमित भएका थिए भने भदौ महिनाको हालसम्मको अवधिमा ५५९ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ।

यस्तै, मकवानपुरमा हालसम्म ३२५ जनामा डेंगी संक्रमण भएको छ भने धादिङमा ६८, ललितपुरमा १७९, भक्तपुरमा ३४, काभ्रेमा ७०, नुवाकोटमा १९, दोलखामा १३, रामेछापमा ११, सिन्धुपाल्चोकमा १९ र सिन्धुलीमा १३ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले जनाएको छ।

यद्यपि, चालु आर्थिक वर्षको हालसम्मको अवधिमा डेंगीका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। गत आर्थिक वर्ष २०८०/०८१ मा ६ जनाको डेंगी संक्रमणकै कारण मृत्यु भएको थियो। सो अवधिमा ११ हजार ९०६ जना डेंगी संक्रमित भएको मन्त्रालयका सूचना अधिकारी भुषालले जानकारी दिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बआवासको हक संरक्षण गर्न सरकारलाई हर्क साम्पाङको आग्रह

काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानले सुरक्षित गरेको आवासको हकलाई सम्मान गर्न सरकारसँग आग्रह गरेका छन् । शनिबार ह...

तमिलनाडुमा थालापति विजयलाई बहुमत जुट्यो

काठमाडाैं  ।  तमिलनाडुमा सरकार गठनका लागि शक्ति सङ्घर्ष शनिबारदेखि समाप्त भएको छ । विधान सभामा विदुथलाई चिरूथाइगल (भीसीके)ले तामिलगा भेट्री कझागम (टीव...

मञ्जुश्री ‘कोअपरेटिभ’का अध्यक्ष घिमिरे पक्राउ

काठमाडौँ । सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरेलाई पक्राउ गरिएको छ । सहकारीले बचतकर्ता...

धीर बूढाले जिते जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि

जुम्ला ।.जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करणको उपाधि धावक धीर बूढाले जितेका छन्। शनिबार सम्पन्न ५४ किलोमिटर दूरीको प्रतियोगितामा जुम्लाको कनक...

दार्चुलामा निर्माणाधीन तिंकर सडक हुँदै दुम्लिङसम्म पुग्यो गाडी

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन (जिप) पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी-तिङ्कर सडकअ...

आज राति तराई भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शनिबार राति सुदूरपश्चिम लगायत देशका तराई भूभागको एक, दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावन...

चितवनमा एम्बुलेन्स सेवामा कडाइ, अब जीपीएस जडान अनिवार्य

चितवन । चितवनमा सञ्चालित सबै एम्बुलेन्समा अब अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने भएको छ। एम्बुलेन्स सेवामा देखिएका अव्यवस्था, मनपरी भाडा र अनावश्यक ...

सामुदायिक वनको काठ विवादमा दाङमा एक जनाको हत्या

दाङ । दाङको राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वनबाट काठ लिने विषयमा भएको विवाद हिंसात्मक बन्दा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानी...

लागुऔषधसहित १७ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्...

दरबन्दीमा विभेद’ गरेको आरोप लगाउँदै जनकपुरमा स्वास्थ्यमन्त्रीविरुद्ध प्रदर्शन

जनकपुरधाम । स्वास्थ्य क्षेत्रमा हालै खुलाइएको दरबन्दीप्रति असन्तुष्टि जनाउँदै जनकपुरधाममा स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेका छन्। उनीहरूले स्वास्थ्यमन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending