Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा पुनः उडान सुरु

खबरडबली संवाददाता

इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान सुरु भएको छ । केही महिना बन्द रहेको विमानस्थलमा आजदेखि पुन उडान थालिएको हो । गत बिहीबार नै उडान भर्ने भनिए पनि यात्रु नपाएर उडान भएको थिएन । 

यात्रु पाएसँगै आज बिहानबाट उडान सुरु भएको नेपाल एयरलाइन्स सुकिलुम्बा विमानस्थल इलामका इन्चार्ज दिनेश सुन्दासले बताए । उनका अनुसार काठमाडौँबाट इलामका लागि ६ जना यात्रु आएको र काठमाडौँका लागि आठ जना यात्रु लिएर गएको छ ।

इलाम नगरपालिका–९ मा रहेको सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सको २७ सिट क्षमताको जहाजले उडान गरेको छ । अब हप्ताको प्रत्येक बिहीबार नियमित उडान हुने जनाइएको छ । बर्खा लाखेसँगै खराब मौसमका कारण साँढे तीन महिनादेखि नभएको उडान सुरुभएसँगै यात्रुलाई सहज भएको छ । दसैँ तिहार जस्ता चाडपर्व नजिकिएसँगै इलामदेखि काठमाडौँ उडान गर्नुपर्ने माग भएपछि उडान सुरु भएको छ । 
 
यहाँबाट बिचमा उडान नहुँदा यात्रुले झापाको भद्रपुर तथा अन्य विमानबाट यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ । गत जेठ १३ गतेदेखि हुन नसकेको उडान सुरु भएको हो । इलामबाट हप्ताको दुई दिन अर्थात् आइतबार र बिहीबार उडान हुँदै आएको थियो । नेपाल एयरलाइन्सका दुईवटा साना विमानमध्ये एउटा मर्मतमा रहेकाले अब केही समय बिहीबार मात्र उडान हुने र अर्को विमान मर्मतबाट आएपछि साताका अन्य दिनसमेत उडान हुने जनाइएको छ ।  विमानस्थल सञ्चालनमा आएपछि पूर्वी पहाडी जिल्लासहित छिमेकी राष्ट्र भारतको सिक्किम, मिरिकलगायतका बासिन्दालाई काठमाडौँलगायतको यात्रामा सहज हुने छ । 

शनिबार पनि बजार खुल्ने

यसैबिच अब शनिबार पनि बजार खुल्ने भएको छ । हप्ताको एक दिन अर्थात् शनिबार बन्द गरिँदै आएको इलाम बजारका पसल अब सातामा सातै दिन खुल्ने भएका हुन् । इलाम बजारसँगै देउमाई नगरपालिकाको मङ्गलबारे बजारका पसलसमेत अब शनिबार खुल्ने भएका हुन् ।

महान् चाडपर्व नजिकिएसँगै शनिबार बन्द गरिँदै आएका पसल खुल्ने भएका हुन् । इलाम उद्योग वाणिज्य सङ्घले दसैँ, तिहार, नेपाल संवत् र छठको अवसरमा भदौ २९ गतेदेखि सबै पसल खोल्न व्यवसायीमा सूचना जारी गरेको छ । दैनिक उपभोग्य वस्तु खरिदमा गाउँबाट आएका उपभोक्तालाई सहज होस् भनेर शनिबार पसल खोल्न व्यापारीलाई आग्रह गरिएको इलाम उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष कृष्ण पौडेलले बताए ।

उनका अनुसार कात्तिक २३ सम्मका लागि शनिबार पनि सबै पसल खोल्न आग्रह गरिएको छ । पसलमा काम गर्ने कामदारलाई बिदा दिन र सातामा एक दिन भए पनि व्यापारीले पसल बाहेक बिदा मनाउन साथै अन्य काम गर्नका लागि हरेक शनिबार पसल बन्द गरिँदै आइएको छ । इलाम बजारसहित बिब्ल्याँटे, मङ्गलबारे, फिक्कल प्रमुख व्यापारिक केन्द्र मानिन्छन् । जिल्लामा सातै दिन विभिन्न स्थानमा हटियासमेत लाग्ने गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending