काठमाडौं । संवैधानिक परिषद्को बैठकमा उपसभामुख इन्दिरा रानामगरले प्रधानमन्त्री केपी शर्मा ओलीसामू आफूलाई पदबाट हटाउने तयारीबारे जिज्ञासा राखेकी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकमा उनले उक्त जिज्ञासा र(ाखेक्री हुन् ।
यो विषयमा प्रधानमन्त्रीले भने स्पष्ट जवाफ दिएनन् । प्रधानन्यायाधीश सिफारिसबारे छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ बसेको हो । बैठककै क्रममा उपसभामुख रानामगरले आफ्नो व्यक्तिगत प्रसंग निकालेकी थिइन् ।
रानाले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भनिन्, ‘मैले लेख्दै नलेखेको पत्रलाई लिएर मलाई हटाउने तयारी भइरहेको छ भन्ने जताततै हल्ला छ । यो मैले गर्दै नगरेको कामको आरोप लगाउँदा अन्तराष्ट्रिय स्तरमा पनि यसले नराम्रो सन्देश जान्छ सम्माननीयज्यू ।’
प्रधानमन्त्री ओलीले भने यो संवैधानिक परिषद्को बैठक भएकाले विषयगत छलफल गर्न भनेका थिए । उनले भने, ‘तपाई संवैधानिक परिषद्को सदस्य हो । अहिले प्रधानन्यायाधीश सिफारिस गर्ने विषयमा छलफल भइरहेको छ । त्यो राजनीतिक विषयतिर अहिले नजाउँ । त्यो अहिले यहाँ छलफल गर्ने विषय होइन ।’
बैठकमा सहभागी प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका नेकपा माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्डले उपसभामुख रानाको पक्षमा बोलेका थिए । जताततै हल्ला भइरहेकाले उपसभामुखले प्रश्न राख्नु स्वभाविक भएको उनले बताए ।
प्रचण्डले भने, ‘उपसभाुमखज्यूलाई हटाउनका लागि सांसदको हस्ताक्षर अभियान नै सुरु भएको भन्ने सुनिएको छ । त्यसैले उहाँले चासो देखाउनुभएको हो र त्यो स्वभाविक पनि हो ।’
बैठकपछि पत्रकारसँग कुरा गर्दा भने रानाले आफूलाई हटाउने कुरा प्रधानमन्त्रीले बजार हल्ला भनेको बताएकी थिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र १० गते, २०८२ - १५:१४
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेसपा (नयाँ शक्ति) अध्यक्ष डा. बाबुराम भट्टराईले उखु किसानको आन्दोलनमा समर्थन जनाएको छ। माइती...
भाद्र १० गते, २०८२ - १५:११
बालेन साह रूपान्तरणको प्रतिक वा निरंकुश 'फेस लिफ्ट' ?
भाद्र १० गते, २०८२ - १४:५९
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालै दिएको अभिव्यक्तिमा उनले २०८४ सालसम्म नेपालमा वैकल्पिक शक्तिको उदय हुने ठोकुवा गरे। उनी आफैंले सुरु गरेको...
भाद्र १० गते, २०८२ - १४:४१
काठमाडौं । नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापाले हरितालिका तीजलाई नारीहरूको सौभाग्य र समृद्धिका लागि मात्र नभई नारी शक्तिको उत्सवका रूपमा लिनुपर्...
भाद्र १० गते, २०८२ - १४:३७
माेरङ । मोरङ्गको पथरी शनिश्चरे वडा नम्वर ८ ले सुरु गरेको 'शिक्षा सँगै सिप कार्यक्रम' प्रभावकारी बन्दै गएको छ । वडाका तिन विद्यालयमा अघिल्लो...
भाद्र १० गते, २०८२ - १४:३४
काठमाडौं। सरकारले अनुदान कटौती गरेपछि काठमाडौंमा आन्दोलनरत उखु किसानलाई नेकपा माओवादी केन्द्रले ऐक्यबद्धता जनाएको छ। माइतीघर मण्डलामा धर्नामा रहेका...
भाद्र १० गते, २०८२ - ११:५१
कुवेत । कुवेतमा काम गर्न पुगेका एक नेपाली युवकले फ्लाइओभरबाट हाम फालेर आत्महत्या गरेका छन्। सुर्खेत, वीरेन्द्रनगर–४ शिवनगरका २३ वर्षीय हरिबहादुर गौतमल...
भाद्र १० गते, २०८२ - ११:२४
एक वर्षमै साढे ३२ करोड घाटा
भाद्र १० गते, २०८२ - ११:०७
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उखुको भुक्तानी नपाएर किसानहरू उखुको बोटसहित सडकमा आउनु दुःखद भएको बताएका छन्। उनले सरकारलाई कि...
भाद्र १० गते, २०८२ - ११:०१
काठमाडौं । तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ । दर्शनार्थीहरु बिहानैदेखि लामबद्ध भएर पूजा गरिसकेपछि नाचगान...
प्रतिकृया लेख्नुहोस्: