काठमाडौं । प्रतिनिधिसभाबाट गठित सुझाव तथा सिफारिस समितिले प्राथमिकताका आधारमा समस्यााग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न सुझाव दिएको छ।
समस्याग्रस्त घोषणा भइसकेका सहकारी सामान्यतया पुनः सञ्चालनमा आउन सक्ने सम्भावना एकदमै क्षीण रहेको समितिको निष्कर्ष छ। प्रत्येक सहकारीको हरहिसाब फरफारक गर्न सहकारीको पछिल्लो वित्तीय कारोबारको आकारलाई दृष्टिगत गरी बैंकिङविज्ञ, सहकारीविज्ञ र चार्टर्ड अकाउन्टेन्टसहितको ३ देखि ५ जनासम्मको संस्थापिच्छे अलग कार्यसमूह बनाई निश्चित कार्यदिश र कार्यविधि प्रदान गर्ने र सोही कार्यसमूहबाट सम्पत्ति र दायित्वको फरफारक गर्नेदेखि पुनर्सञ्चालन वा खारेजीसम्मको अधिकार प्रदान गर्ने सुझाव समितिले दिएको छ।
समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको बचत रकम फिर्ता गर्ने सम्बन्धमा प्राथमिकताका आधारमा फिर्ता योजना अगाडि बढाउनुपर्ने समितिको सुझाव छ।
यस्ता छन् समितिबाट बचत फिर्ता गर्ने दुई चरणको सुझाव
प्रथम चरणमा संस्थागत सम्पत्तिबाट बचत फिर्ता गर्ने
सहकारी संस्थाहरुको संस्थागत सम्पत्ति तथा त्यसका सञ्चालक एवं संलग्न व्यक्तिको तत्काल सम्पत्ति रोक्का गर्ने,
केन्द्र, प्रदेश तथा स्थानीय तहहरुमा आ–आफ्नो जिम्मेवारीभित्र पर्ने गैरकानूनी कारोबार गर्ने सहकारी संस्थाहरु र त्यससँग सम्बन्धित
व्यक्तिहरुको सम्पत्ति जिम्मा लिने, बेचबिखन गर्ने, ऋण असुली गर्ने, निक्षेपकर्ताको निक्षेप फिर्ता गर्नेलगायतका कार्य गर्न कानुनी र संस्थागत प्रबन्ध गर्ने,
गैरकानुनी कारोबार गर्ने सहकारी संस्थाहरु र तिनका सञ्चालक एवं अन्य संलग्न व्यक्तिहरुको सम्पत्तिको लगत तयार गर्ने,
लगतअनुसार संस्थागत सम्पत्ति संयन्त्रले जिम्मा लिने,
संस्थाबाट लगानी भएको ऋणलाई सरकारी बाँकीसरह असुल गर्ने,
त्यस्ता संस्थाहरुको अचल सम्पत्तिलाई चलमा परिणत गर्ने,
बचतकर्ताको प्राथमिकता र उपलब्ध सम्पत्तिको आधारमा फिर्ता गर्ने रकमको अनुपात निर्धारण गर्ने,
निर्धारण भएबमोजिमको प्राथमिकताक्रममा बचत फिर्ता गर्ने।
दोस्रो चरणमा संस्थागत सम्पत्ति अपुग भएमा व्यक्तिगत सम्पत्तिबाट फिर्ता गर्ने
सञ्चालक÷संलग्न व्यक्ति र परिवारको सदस्य र संलग्न देखिएका अन्यको चलरअचल सम्पत्ति नियन्त्रणमा लिने,
अचल सम्पत्तिलाई चलमा परिणत गर्ने,
निक्षेपकर्ताको प्राथमिकता र उपलब्ध सम्पत्तिको आधारमा फिर्ता गर्ने रकमको अनुपात निर्धारण गर्ने,
निर्धारण भएको प्राथमिकताअनुसार बचत फिर्ता गर्ने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - १८:३४
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...
माघ १८ गते, २०८२ - १८:३०
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...
माघ १८ गते, २०८२ - १८:२२
काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...
माघ १८ गते, २०८२ - १८:१४
काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...
माघ १८ गते, २०८२ - १८:०९
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...
माघ १८ गते, २०८२ - १०:५०
काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...
माघ १८ गते, २०८२ - ०९:०१
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...
माघ १८ गते, २०८२ - ०८:५५
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...
माघ १८ गते, २०८२ - ०८:५३
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...
माघ १८ गते, २०८२ - ०८:५१
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...



प्रतिकृया लेख्नुहोस्: