काठमाडौं । अमेरिकाको भर्जिनियाबाट बेपत्ता भएकी नेपाली मूलकी महिला ममता काफ्ले भट्टका श्रीमानविरुद्ध आपराधिक मुद्दामा ट्रायलको लागि मिति तोकिएको छ । उनीविरुद्ध ट्रायल आगामी डिसेम्बरमा हुनेगरी न्यायाधीशले मिति तोकेका हुन् ।
श्रीमान नरेश भट्टविरुद्ध आफ्नी बेपत्ता पत्नीको शव लुकाएको आरोप लगाइएको छ । सोमबारको द्रुत सुनुवाइमा न्यायाधीशले डिसेम्बर ९ लाई ट्रायल मितिका रूपमा तय गरेका हुन् ।
पहिलो ट्रायल डिसेम्बर ९ देखि ११ सम्म र त्यसपछि अर्को ट्रायल डिसेम्बर १६ देखि १८ सम्म हुनेछ । अभियोजकहरूले प्रमाणहरूलाई सङ्गठित गर्न र तयारी गर्न समय चाहिएको भन्दै अर्को वर्षको सुरुमा मुद्दा सुरु होस् भन्ने चाहन्थे। नरेशका वकिलले भने पहिल्यै सुरु गर्नका लागि तर्क गरे।
ममता काफ्ले भट्ट जुलाईको अन्त्यदेखि देखिएकी छैनन्। २८ वर्षीया ममता २०२१ मा विवाहपछि अमरिका गएकी थिइन् । उनले भर्खरै आफ्नो छोरीको पहिलो जन्मदिन मनाउन पाइनन् । जन्मदिनभन्दा केही दिनअघि नै उनी बेपत्ता भएकी थिइन्।
उनका पतिलाई गत महिना श्रीमतीको शव लुकाएको आरोपमा पक्राउ गरिएको थियो। तर आपराधिक उजुरीमा पुलिसले उनलाई ममता काफ्ले भट्टको हत्या समेत गरेको आरोप लगाएको छ। अभियोजकहरूले उनीहरूको घरको मुख्य बेडरूम र बाथरुममा रगत जम्मा भएको आरोप लगाएका छन्।
सोमवारको सुनुवाइमा अमेरिकामा बस्ने नेपाली समुदायका दर्जनौँ समर्थकहरूसँगै ममताका परिवारका केही सदस्य र पूर्व सहकर्मीहरू उपस्थित भएपछि अदालत कक्षको प्रत्येक सिट भरिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८३ - ०८:४५
तेह्रथुम । अब छथर गाउँपालिका भित्र कक्षा ८ उत्तीर्ण नगरेसम्म नागरिकको भविष्य नै रोकिने भएको छ। शिक्षा सुधारका नाममा गाउँपालिकाले यस्तो कडा नीति अघि सा...
बैशाख १७ गते, २०८३ - ०८:३७
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिक...
बैशाख १५ गते, २०८३ - २२:१६
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...
बैशाख १५ गते, २०८३ - २२:१०
काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...
बैशाख १५ गते, २०८३ - २२:०७
काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...
बैशाख १५ गते, २०८३ - २२:००
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...
बैशाख १५ गते, २०८३ - २१:५५
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...
बैशाख १५ गते, २०८३ - २१:४६
झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...
बैशाख १५ गते, २०८३ - २१:०६
काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...
बैशाख १५ गते, २०८३ - २१:०१
काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...


प्रतिकृया लेख्नुहोस्: