Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने

खबरडबली संवाददाता

मोरङ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनैतिक तथा प्रशासनिक  समिति,  आन्तरिक मामिला तथा कानुनमन्त्री लिला बल्लभ अधिकारीको संयोजकत्वमा कानुन, न्याय तथा प्रदेश मामिला समिति र भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईको संयोजकत्वमा आर्थिक, सामाजिक तथा पूर्वाधार समिति मन्त्रिपरिषद्स्तरीय समिति गठन  गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले जानकारी दिए। 

प्रदेश सिँचाइ नियमावली, २०८१ लाई कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पेस गर्ने निर्णय गरिएको छ । कोशी प्रदेश नवीकरणीय ऊर्जा नीति, २०८१ स्वीकृत गर्ने, एसियाली विकास बैङ्कको ऋण सहयोगमा र ‘साउदी फन्ड फर डेभलेप्मेन्ट’को सहलगानीबाट कार्यान्वयन हुने अत्याधुनिक सिँचाइ परियोजनाका लागि वार्ता र सहमति गर्न स्वीकृति दिने, जलवायु अनुकुलित बृहत् खानेपानी आयोजनामा कार्यरत ३३ कर्मचारीको आर्थिक वर्ष २०८१/८२ को अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ ।

नेपाल स्वास्थ्य सेवा, एघारौँ तहका निर्देशक डा वीरेन्द्रकमार मण्डललाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट जिल्ला अस्पताल  उदयपुरमा कामकाज, प्रदेश स्वास्थ्य सेवा, दशौँ तहका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा ज्ञानबहादुर बस्नेतलाई प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा सरुवा, प्रदेश स्वास्थ्य सेवा दशौँ तहका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा सुरेश मेहतालाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट प्रदेश स्वास्थ्य  निर्देशनालय धनकुटा सरुवा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता मन्त्री अधिकारीले जानकारी दिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

गुल्मी। गुल्मीमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते हुनु भएको छ । यस जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर– ५ हँसरामा लु २ ख ५३७३ नम्बरको ट्रक दुर्घटना...

सवारी दुर्घटना बढेपछि सडकमै पूजा

सिद्धार्थनगर । रुपन्देहीको देवदह नगरपालिका क्षेत्रको राजमार्गमा सवारी दुर्घटना बढेको भन्दै स्थानीयले सडकमै पूजा गर्दै मृत आत्माको चिर शान्तिको कामना ग...

आयोगले बिहीबार निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...

ताप्लेजुङबाट तीन जनाले पाए समानुपातिक सांसदको अवसर

ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...

बसको ठक्करबाट नवलपुरमा स्कुटर चालकको मृत्यु

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...

कांग्रेस कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो ।  चुनाव...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: