Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

लुम्बिनी विकास कोषका सदस्य–सचिव र कोषाध्यक्षमाथि आक्रमण

खबरडबली संवाददाता

बुटवल । आन्दोलनरत निर्माण व्यवसायीले लुम्बिनी विकास कोषका पदाधिकारीमाथि आक्रमण गरेका छन् । आक्रमणका क्रममा कोषका सदस्य–सचिव सानुराजा शाक्य र कोषाध्यक्ष ढुण्डीराज भट्टराई सामान्य घाइते भएका छन् ।

मंगलबार निर्माण व्यवसायीहरुले फाइभ इलेमेन्ट होटलबाट बाहिरी रहेका कोषका पदाधिकारीमाथि आक्रमण गरेका हुन् ।
लुम्बिनी विकास कोषका पदाधिकारीलाई होटलको ढोकामा हुल हुज्जल गरिएको र कोषका सदस्य–सचिव शाक्य र कोषाध्यक्ष भट्टराईमाथि आक्रमण गरिएको लुम्बिनी विकास कोषले जनाएको छ । 

२० जनाको समूहमा रहेका आन्दोलनकारीले आक्रमण गर्दा त्यहाँ उपस्थित सांसद र कोषका कर्मचारीले उनीहरूलाई जोगाएका थिए । सदस्य–सचिव शाक्य र कोषाध्यक्ष भट्टराईलाई सामान्य चोटपटक लागेको छ । आन्दोलनरत निर्माण व्यवसायीको माग सम्बोधन गरी समस्या समाधान गर्न लागिपरेका बेला हुलहुज्जतसहित अपमानजनक रूपमा आक्रमण गर्नु दुःखद भएको कोषाध्यक्ष भट्टराईले बताएका छन् ।

लुम्बिनीमा निर्माणसम्बन्धी काम गरिरहेका चार वटा जेभी आफूहरूले काम गरेबापत रनिङ बिलको करिब ४९ करोड भुक्तानी पाउनुपर्ने माग गर्दै गत शुक्रबारदेखि आन्दोलित छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनमतले चार केन्द्रीय सदस्यसहित आठ जनालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । जनमत पार्टीले आठ जनालाई स्पष्टीकरण सोधेको छ । जनमत पार्टीले चार जना केन्द्रीय सदस्यसहित आठ जनालाई स्पष्टीकरण सोधेको हो ।  स्पष्टीकरण सोध...

उदयपुरमा मलामी बोकेको बस दुर्घटना हुँदा २६ जना घाईते

गाईघाट । उदयपुरको वेलका नगरपालिकामा मंगलबार दिउँसो मलामी बोकेको बस दुर्घटना हुँदा २ दर्जन वढि घाईते भएका छन् । सप्तकोशी नदीमा मृतकको शव जलाएर फर्कि...

१८ लाख मानिस यसपटकको चाडपर्वमा उपत्यकाबाट बाहिरिने अनुमान

काठमाडाैं । यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । यो संख्या गत वर्षको तुलनामा पाँच लाखले बढी हो ।  काठमाडौ...

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई लागू गर्न निर्देशन

काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरी प्रधा...

सहकारी ठगीको मुद्दामा मिलापत्रको बाटो खुल्यो

काठमाडौं । बैङ्किङ कसुर र सहकारी ठगीको मुद्दामा मिलापत्रको लागि बाटो खुला भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत महान्यायाधिवक्ता रमेश बडाल...

मुस्ताङका १०३ च्याङ्ग्रा लिएर फरार व्यक्ति पोखराबाट पक्राउ

पाेखरा । चाडपर्वलाई लक्षित गरी पालिएका च्याङ्ग्रा मुस्ताङबाट पोखरा ल्याएर रकम नदिई भाग्ने मोहम्मद फकिरलाई कास्की प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । च्...

असाेज १७ गतेदेखि देशभर रुट परमिट खुला हुने

काठमाडौं । असोज १७ गते घटस्थापनादेखि पूर्णिमाको दिनसम्म रुट परमिट खुला गर्ने निर्णय भएको छ । यातायात व्यवस्था विभागका निर्देशक एवम् प्रवक्ता ईश्वरी दत...

झापामा भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ

झापा। झापामा दुई वटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  बीएण्डसी अस्पतालका सञ्चालक समेत रहेका दुर...

पर्सामा अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक

पर्सा । जिल्ला प्रशासन कार्यालयले अनुमति बिना तेजाब तथा अन्य घातक रासायनिक पदार्थको प्रयोग तथा बिक्री वितरणमा रोक लगाएको छ । कार्यालयले सार्वजनिक स...

साग सब्जीखेतीबाटै दैनिक १० हजार कमाई

डोटी । रोजगारीको खोजीमा युवा विदेसिने क्रम बढ्दो छ । भारतसँगै तेस्रो मुलुकमा रोजगारीको खोजीमा दैनिक हजारौँको सङ्ख्यामा युवा विदेसिने गरेका छन् ।  ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy