नेपालगन्ज । नेपालगञ्जमा केही दिनयता बढेको गर्मीेले गर्दा नेपालगन्ज लगायत बाँके जिल्लाको जनजीवन प्रभावित बनेको छ । चिसो मौसम सुरु हुने समयमा गर्मी बढेसँगै सर्वसाधरणको दैनिकीमा नराम्रो असर परेको स्थानीय कृष्णप्रसाद श्रेष्ठले बताए ।
यो गर्मी बेग्लै प्रकारको रहेको जनाउँदै यसले उकुसमुकुस हुँदा बालबालिका, वृद्धवृद्धा र बिरामीलाई धेरै असर गरेको पाइएको छ । स्थानीयका अनुसार गर्मीले छटपटी र उकुसमुकुस बनाउँदा पंखा र कुलर चलाएर बस्दा समेत शितलता प्राप्त हुन सकेको छैन । नेपालगन्ज ११ का स्थानीय गयास सिद्दिकीका अनुसार असोजको पहिलो हप्ता सकिनै लाग्दा पनि गर्मी झन् बढ्दै गएपछि सबै हैरान र बेहाल भएका छन् । घरमा र घर बाहिर दुबै ठाउमा जहाँ गए पनि अवस्था उस्तै छ ।
केही दिनयता गर्मी बढेका कारण स्थानीय अस्पतालमा बिरामीको पनि चाप अत्यधिक बढेको अस्पतालले जनाएका छन् । सबैभन्दा बढी बिरामीको उपचार गर्ने यहाँस्थित भेरी अस्पतालमा अहिले दैनिक तीन सय बढी बिरामी गर्मीपछिको समस्या लिएर पुग्ने गरेको अस्पतालका सूचना अधिकारी डा. संकेतकुमार रिसालले बताए ।
यस्तै केही दिन यता बिरामीको संख्या एक्कासी फेरि बढेको नेपालगन्ज मेडिकल कलेजले पनि जनाएको छ । नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगन्जका सह निर्देशक डा. रोमन किदवाईले गर्मीले गर्दा फेरी एक पटक बिरामीको चाप बढेको बताए । उनले अहिले अस्पतालमा दैनिक २०० बढीको संख्यामा गर्मीकै कारण बिरामी भएर आउने रहेको बताए ।
यसैबिच जिल्ला आपातकालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले असोज १० देखि १२ गतेसम्म बाँके र सो वरिपरिका जिल्लामा ठुलो वर्षा हुने सम्भावना मौसम विभागले जानकारी गराएको हुँदा दुई दिनपछि राहात मिल्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८१ - २०:४५
मुम्बई । मुम्बईको समुद्री तट नजिक बुधबार एउटा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु भएको छ । बीबीसी मराठीका अनुसार स्थानीय समयअनुसार साँझ ५ः१५ बजे नीलकमल न...
पौष ३ गते, २०८१ - २०:३९
बाँके । प्रहरीले बाँकेमा गत मङ्सिरमा मात्रै लागुऔषध ओसारपसारविरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेल...
पौष ३ गते, २०८१ - २०:३५
जनकपुरधाम । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा चिकित्सा शास्त्र अध्ययनअन्तर्गत स्नातक तह (एमबिबीएस) को अध्यापन सुरु भएको छ । सङ्घीय सरकारबा...
पौष ३ गते, २०८१ - २०:२८
काठमाडौं । आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटनको राजधानी पोखरामा यही पुस १३ देखि १७ गतेसम्म २६ औँ पोखरा सडक महोत्सव हुने भएको छ ...
पौष ३ गते, २०८१ - १९:४६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूलाई आफुलाई भेट्न भोलि बिहान १० बजे आफ्नो सरकारी निवास बालुव...
पौष ३ गते, २०८१ - १९:३०
काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई त्यहाँ सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरे...
पौष ३ गते, २०८१ - १९:१७
काठमाडौं । नेपाली यु–१९ टोलीले एक खेल अगाबै हङकङविरुद्ध एकदिवसीय अभ्यास सिरिज जितेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार भएको दोस्रो खेलमा नेपालले हङकङ...
पौष ३ गते, २०८१ - १९:१३
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिमा जोड दिएकी छन् ।...
पौष ३ गते, २०८१ - १९:०७
काठमाडौं । प्रतिनिधिसभाका सदस्यले निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने गरी ऐन बनाउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्...
पौष ३ गते, २०८१ - १९:०१
मापुटो । मोजाम्बिकमा चक्रवात चिडोबाट मृत्यु हुनेको सङ्ख्या ११ ले बढेर ४५ पुगेको राष्ट्रिय जोखिम तथा विपद व्यवस्थापन संस्थानले बुधबार घोषणा गरेको छ । म...
प्रतिकृया लेख्नुहोस्: