घोराही । नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री डा। शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई अघि बढाउनुपर्नेमा बताएका छन् । कांग्रेस दाङले बिहीबार घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमहामन्त्री कोइरालाले कांग्रेसलाई सङ्गठित, सशक्त र चलाएमान बनाउनका लागि युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बताएका हुन् ।
४० वर्ष मुनिका एउटा पनि युवा पार्टीको केन्द्रीय सदस्य नभएको भन्दै नेता कोइरालाले पार्टीमा युवा आर्कषण बढाउन आवश्यक रहेको बताए। त्यसका लागि पार्टीको विधान संशोधन गरेर भए पनि युवालाई स्थान दिनुपर्ने बताउँदै कोइरालाले भने, ‘‘भाषणमा युवाका कुरा गरेर मात्र हुँदैन, व्यवहारमा युवाको प्रतिनिधित्व हुनुपर्छ । पार्टीले नेतृत्व तहमा मात्र होइन सरकारमा पनि युवा प्रतिनिधित्व बढाउनका लागि ध्यान ध्यानदिनुपर्छ ।’’
युवा उत्पादन हुने पार्टीका भातृ सङ्गठन नेपाल विद्यार्थी संघ, तरुण दललगायतलाई क्रियाशिल बनाउँदै समयमै निर्वाचन हुने वातावरण बनाउन आवश्यक रहेको बताए । पार्टीका प्रमुख भातृ सङ्गठनहरुमै वर्षौदेखि महाधिवेशन नहुँदा सङ्गठन क्रियाशिल नहुँने र युवाहरु नेतृत्वमा आउनका लागि ठाउँ समेत नभएकाले भएकाले भातृ संघ सङ्गठनहरुको समयमै निर्वाचन गराउन पार्टी नेतृत्वले ध्यानदिनुपर्ने बताएका थिए ।
पार्टी सभापति शेरबहादुर देउवा अब नेतृत्व हस्तान्तरण गर्ने सोचमा रहेकाले १५औँ महाधिवेशनबाट नेपाली कांग्रेसले सशक्त र सक्षम नेतृत्व ल्याउन नेता तथा कार्यकर्ताहरु लाग्नुपर्ने बताए । त्यसका लागि पार्टीका नेता तथा कार्यकर्ताहरु एक ढिक्का भएर व्यक्तिभन्दा पनि पार्टीलाई नेतृत्व गर्न सक्ने नेतृत्व चयनमा ध्यानदिनुपर्ने बताउँँदै देशको समृद्धिका लागि नेपाली कांग्रेसको विकल्प नरहेको बतताए ।
उनले आगामी दिनमा पनि कांग्रेसलाई सशक्त, लोकप्रिय र ठुलो पार्टी बनाउनका लागि नेता तथा कार्यकर्ताहरुमा एकता आवश्यक रहेको बताए । पार्टीको महाधिवेशनका क्रममा भएका गुटहरु महाधिवेशन सकिएसँगै सकिनुपर्ने भन्दै उनले पार्टीमा गुटगत गर्दा कमजोर बन्ने बतएका थिए । त्यसका लागि नेतृत्वकर्ताले व्यत्तिगत लोभबाट माथि उठेर देश, जनता र पार्टीका लागि सोच्नुपर्ने बतए ।
अहिलेको सत्ता गठबन्धन बाध्यात्मक परिस्थितिमा बनेको भन्दै यसबाट कोही पनि पछि हट्न नसक्ने बताउँदै उनले मुलुकको राजनीतिक स्थायित्वका लागि वर्तमान सत्ता गठबन्धन बनेको बताउ । मुलुक सधैभरी अस्थिरताको भुमरीमा फसिरहने परिस्थिति देखा परेपछि त्यसबाट बचाएर देश र जनताको समृद्धिका लागि काम गर्ने गरी कांग्रेस–एमालेको गठवन्धन तयार भएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २५ गते, २०८३ - ०९:४४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल...
जेष्ठ २५ गते, २०८३ - ०९:२७
रौतहट । रौतहटको गढीमाई नगरपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। सोमबार बिहान सडक छेउमा शव देखिएको सूचनापछि प्रहरी घटनास्थल पुगेको हो। जिल्...
जेष्ठ २५ गते, २०८३ - ०९:२३
काठमाडौं । सम्पत्ति विवरण सार्वजनिक भएपछि विवादमा परेर गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङलाई सरकारद्वारा गठित छानबिन समितिले सफाइ दिएको छ। प...
जेष्ठ २५ गते, २०८३ - ०९:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन् ...
जेष्ठ २५ गते, २०८३ - ०९:१५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार...
जेष्ठ २४ गते, २०८३ - २१:४६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विभिन्न जिल्लाहरूमा सम्पन्न प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ। पाँचथर, तनहुँ र बाँके जिल्ल...
जेष्ठ २४ गते, २०८३ - २१:४०
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट लागुऔषसहित ११ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ...
जेष्ठ २४ गते, २०८३ - २१:३८
काठमाडौं । तारकेश्वर नगरपालिका- ६, लोलाङ, पैँयुटारमा हिजो भएको ईश्वरी भुजेलको हत्या आरोपमा थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईश्वरीको धारिलो हतिया...
जेष्ठ २४ गते, २०८३ - २१:३०
उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको जिल्ला अधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण स्थगित भएको छ। प्रतिनिधिको वैधतामाथि प्रश्न ...
जेष्ठ २४ गते, २०८३ - २१:२८
काठमाडौं । संसद्मा जारी अवरोध र बढ्दो राजनीतिक ध्रुवीकरणबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संवादमार्फत निकास खोज्ने प्रयास थालेको छ। सोही उद...



प्रतिकृया लेख्नुहोस्: