Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण जरुरी छ-गृहमन्त्री लेखक

खबरडबली संवाददाता

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन् ।

बिहीबार युएसएआइडीद्धारा राजधानीमा आयोजित “सिकाइ आदान–प्रदान कार्यशाला” मा बोल्दै गृहमन्त्री लेखकले २०७२ सालको गोरखा भूकम्पबाट पाठ सिक्दै नेपालले भवन संहितामा समयसापेक्ष परिमार्जन गरेको जानकारी दिए ।

उनले परिमार्जित भवन संहिताको प्रभावकारी कार्यान्वयनका लागि हरेक स्थानीय तहमा प्राविधीक जनशक्तिको क्षमता विकास गर्नु आवश्यक रहेकोमा जोड समेत दिए । 

संविधानले विपद् जोखिम न्यूनीकरण  र व्यवस्थापनको विषयलाई संघ, प्रदेश र स्थानीय सरकारको जिम्मेवारीमा सूचिकृत गर्दै तीन वटै तहका सरकारको समन्वय  र सहकार्यमा अगाडि  बढ्नुपर्ने व्यवस्था गरेको बताउँदै गृहमन्त्री लेखकले संविधानले विपद् व्यवस्थापनका सन्दर्भमा  स्थानीय तहहरुलाई विशेष जिम्मेवारी प्रदान गरेको र सो अनुसार तिनवटै सरकारहरुले आ–आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको जानकारी दिए ।

'विपद व्यवस्थापनका क्षेत्रमा सरकारी क्षेत्रका साथै गैह्रसरकारी क्षेत्र अन्तर्गतका विभिन्न संघ, संस्थाहरुले समेत आ–आफ्नो भूमिका निर्वाह गर्दै हातेमालो गरिरहेका छन् ।' उनले भने, 'युएसएआइडीको सहयोगमा सञ्चालित ‘तयार नेपाल’ परियोजनाले विपद् जोखिम न्यूनीकरण एवं वस्थापनका क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहमा महत्वपूर्ण योगदान पुर्याएको महशुस गरेको छु ।'

उनले सबल प्रणाली’ स्थापना गर्ने सन्दर्भमा बहु–निकाय संगको सहकार्य र निर्देशनमा विभिन्न नीति, निर्देशिका, कार्यविधि, सङ्गठन संरचना तथा कार्यढाँचा बनाउन परियोजनाबाट सहयोग समेत भएको बताए ।

परियोजनाले संघ लगायत आठ वटा स्थानीय तहमा विपद् जोखिम न्यूनीकरण तथा  विपद् व्यवस्थापन क्षेत्रको संस्थागत विकासमा पुर्याएको  योगदान प्रसंशा समेत मन्त्री लेखकले गरे ।

'अमेरिकी सरकारले ‘तयार नेपाल’ परियोजना मार्फत उपलब्ध गराएको सहयोगका लागि धन्यवाद दिन्छु ।' उनले भने, 'आगामी दिनहरुमा समेत विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा थप सहयोगको अपेक्षा गरेका छौं ।'

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शीतल निवासमा तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...

आयोगले गर्याे तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा

काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...

देउवा र ओली सुटुक्क पुगे शीतल निवास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...

सिन्धुलीमा शरीरमा पेट्रोल छर्की आगो लगाई बुहारीको हत्या, सासू र नन्द पक्राउ

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...

छानबिन आयोगले पठायो पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र

काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...

सरकारी टोलीले गर्याे क्षतिग्रस्त नेकपा कार्यालयको अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...

शितल निवासमा प्रधानमन्त्री कार्की र तीन शीर्ष नेताबीच पहिलो पटक वार्ता हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...

हामी सुदन गुरुङजी र कुलमानजीसँग पनि कुरा गर्छौ: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...

सबैभन्दा पहिला चुनावमा भाग लिने स्पष्ट सन्देश एमालेबाट आयो: सञ्चारमन्त्री खरेल

काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...

हुस्सु र कुहिरोले नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन

नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।  नागरिक उड्डयन क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending