Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

काठमाडौं उपत्यकाका नदीले देखाए आफ्नो क्षेत्र !

खबरडबली संवाददाता

काठमाडौं । बागमती नदीको बहाव क्षेत्र ४० मिटर र अरू सहायक नदीको बहाव क्षेत्र २० मिटर बनाउने सर्वोच्च अदालतको फैसला पुनरवलोकन गर्न सरकारले दिएको निवेदनमा सर्वोच्चले निस्सा दिने कि नदिने निर्क्योल भएको छैन। भीषण वर्षाका कारण काठमाडौं, ललितपुर र भक्तपुरका अधिकांश नदीखोलाले भने फेरि आफ्नो विस्तारित बाटो देखाए। 

असोज १० गतेदेखि मुसलधारे वर्षा हुँदा पानीको सतह बढेपछि बहाव क्षेत्र खोज्दै उपत्यकाका नदी र खोला आफ्नो बाटो खोज्दै शहर र बस्तीतर्फ सोझिएका हुन्। 

आइतबारको गोरखापत्र दैनिकमा समाचार छ, सर्वोच्च अदालतको फैसलामाथि पक्ष र विपक्षमा बहस भइरहँदा असोजको लगभग मध्यमा आफ्नो  विस्तारित क्षेत्र देखाएका हुन्। काठमाडौं उपत्यकामा नदी र खोलाकै किनारमा अतिक्रमण गरी वा स्वाभाविक क्षेत्रमा समेत निर्मित भौतिक संरचना शुक्रबार र शनिबारको वर्षाका कारण डुबानमा परे। 

काठमाडौं, ललितपुर र भक्तपुरमा खोला-नदी किनार मिचेर निर्माण गरिएका घर, टहरा, व्यापारिक भवन, अस्पताल, स्कुल र कलेजमा बाढी पसेर समस्या भयो। बागमती नदी, विष्णुमती खोला, धोबीखोला, मनोहरा, हनुमन्ते, टुकुचा, गोदावरीसहित सबै खोलामा बाढीको भेल उर्लिंदा किनारका बस्ती डुबानमा परेका हुन्। 

बागमती नदी किनारका बस्ती 

शान्तिनगर, विजयनगर, जागृतिनगर, गैह्रीगाउँ, चाँदनी टोल, प्रगति टोल, कालीमाटी टोल, किमाल फाँट, वंशीघाट, कुरियागाउँ, शङ्खमूलसहित, थापाथली, कालीमाटीदेखि बल्खुसम्मै बाढी पसेको छ। 

विष्णुमती खोला किनारका बस्ती ढिकुरेचौकी, कुमारीस्थान बुद्धज्योति मार्ग, बालाजु जागृति टोल, संगम टोलसहित विभिन्न क्षेत्रमा रहेका सुकुम्बासी र अन्य खोला अतिक्रमित क्षेत्रमा बाढी पसेर जनजीवन अस्तव्यस्त भयो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले नदी र खोला किनारका सबै बस्ती डुबानमा पसेको बताए। 

किनारका ठूला संरचना डुबानमा 

काठमाडौं उपत्यकामा नदी र खोला किनार अतिक्रमण गरी विस्तार गरिएका करोडौँका संरचना बाढीको बेगबाट अछुतो रहेनन्। हनुमन्ते उर्लिएर आउँदा नेकपा एमालेको कार्यालय रहेको तुलसीलाल स्मृति प्रतिष्ठान डुबानमा पर्‍यो।

साबिकको नक्खुखोलाको बहाव क्षेत्र परिवर्तन गरेको आरोप खेप्दै आएको मेडिसिटी अस्पताल प्रशासनले यो पटक बाढीको समस्या बेहोरेको छ। अस्पतालको पूर्वतर्फ रहेको नक्खुखोलाको बहाव क्षेत्रमा नै सारेर मेडिसिटी अस्पतालको क्षेत्रफल विस्तार गरिएको थियो। ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालमा कर्मनासा खोला पसेको छ। अस्पतालले पनि कर्मनासा खोला मिचेर परिसर विस्तार गरेको आरोप छ।

त्यसैगरी बल्खुस्थित वयोधा अस्पतालमा पनि बागमती नदी र बल्खु खोलाको दोहोरो बहाव सोझिँदा डुबान भएको छ। त्यसै गरी धोबीखोलाको बाढीले बुद्धनगरस्थित रोजबड स्कुलको भुइँ तला डुबाएको छ। धोबीखोलाकै बाढी बिजुलीबजारस्थित प्रभु बैङ्कको कार्यालयसहित विभिन्न व्यापारिक केन्द्रको पहिलो तलामा पानी पसेको छ। 

त्यसैगरी मनोहरा खोलाको बाढी मनोहरा बस्तीमा पस्दा बस्ती डुबानमा पर्‍यो। धोबीखोला किनारका शान्ति विनायक, देवीनगर, विशालनगर, कालोपुल, पाथीभराचोकसहित विभिन्न क्षेत्रका डुबानमा परेका छन्।   अनामनगर, राधाकृष्ण चोक, मूलपानी, कपन, रामहिटी, सुकेधारालगायतका क्षेत्र पनि डुबानमा परेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending