Khabar Dabali २० पुष २०८२ आईतवार | 4th January, 2026 Sun
Investment bank

काठमाडौं उपत्यकाका नदीले देखाए आफ्नो क्षेत्र !

खबरडबली संवाददाता

काठमाडौं । बागमती नदीको बहाव क्षेत्र ४० मिटर र अरू सहायक नदीको बहाव क्षेत्र २० मिटर बनाउने सर्वोच्च अदालतको फैसला पुनरवलोकन गर्न सरकारले दिएको निवेदनमा सर्वोच्चले निस्सा दिने कि नदिने निर्क्योल भएको छैन। भीषण वर्षाका कारण काठमाडौं, ललितपुर र भक्तपुरका अधिकांश नदीखोलाले भने फेरि आफ्नो विस्तारित बाटो देखाए। 

असोज १० गतेदेखि मुसलधारे वर्षा हुँदा पानीको सतह बढेपछि बहाव क्षेत्र खोज्दै उपत्यकाका नदी र खोला आफ्नो बाटो खोज्दै शहर र बस्तीतर्फ सोझिएका हुन्। 

आइतबारको गोरखापत्र दैनिकमा समाचार छ, सर्वोच्च अदालतको फैसलामाथि पक्ष र विपक्षमा बहस भइरहँदा असोजको लगभग मध्यमा आफ्नो  विस्तारित क्षेत्र देखाएका हुन्। काठमाडौं उपत्यकामा नदी र खोलाकै किनारमा अतिक्रमण गरी वा स्वाभाविक क्षेत्रमा समेत निर्मित भौतिक संरचना शुक्रबार र शनिबारको वर्षाका कारण डुबानमा परे। 

काठमाडौं, ललितपुर र भक्तपुरमा खोला-नदी किनार मिचेर निर्माण गरिएका घर, टहरा, व्यापारिक भवन, अस्पताल, स्कुल र कलेजमा बाढी पसेर समस्या भयो। बागमती नदी, विष्णुमती खोला, धोबीखोला, मनोहरा, हनुमन्ते, टुकुचा, गोदावरीसहित सबै खोलामा बाढीको भेल उर्लिंदा किनारका बस्ती डुबानमा परेका हुन्। 

बागमती नदी किनारका बस्ती 

शान्तिनगर, विजयनगर, जागृतिनगर, गैह्रीगाउँ, चाँदनी टोल, प्रगति टोल, कालीमाटी टोल, किमाल फाँट, वंशीघाट, कुरियागाउँ, शङ्खमूलसहित, थापाथली, कालीमाटीदेखि बल्खुसम्मै बाढी पसेको छ। 

विष्णुमती खोला किनारका बस्ती ढिकुरेचौकी, कुमारीस्थान बुद्धज्योति मार्ग, बालाजु जागृति टोल, संगम टोलसहित विभिन्न क्षेत्रमा रहेका सुकुम्बासी र अन्य खोला अतिक्रमित क्षेत्रमा बाढी पसेर जनजीवन अस्तव्यस्त भयो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले नदी र खोला किनारका सबै बस्ती डुबानमा पसेको बताए। 

किनारका ठूला संरचना डुबानमा 

काठमाडौं उपत्यकामा नदी र खोला किनार अतिक्रमण गरी विस्तार गरिएका करोडौँका संरचना बाढीको बेगबाट अछुतो रहेनन्। हनुमन्ते उर्लिएर आउँदा नेकपा एमालेको कार्यालय रहेको तुलसीलाल स्मृति प्रतिष्ठान डुबानमा पर्‍यो।

साबिकको नक्खुखोलाको बहाव क्षेत्र परिवर्तन गरेको आरोप खेप्दै आएको मेडिसिटी अस्पताल प्रशासनले यो पटक बाढीको समस्या बेहोरेको छ। अस्पतालको पूर्वतर्फ रहेको नक्खुखोलाको बहाव क्षेत्रमा नै सारेर मेडिसिटी अस्पतालको क्षेत्रफल विस्तार गरिएको थियो। ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालमा कर्मनासा खोला पसेको छ। अस्पतालले पनि कर्मनासा खोला मिचेर परिसर विस्तार गरेको आरोप छ।

त्यसैगरी बल्खुस्थित वयोधा अस्पतालमा पनि बागमती नदी र बल्खु खोलाको दोहोरो बहाव सोझिँदा डुबान भएको छ। त्यसै गरी धोबीखोलाको बाढीले बुद्धनगरस्थित रोजबड स्कुलको भुइँ तला डुबाएको छ। धोबीखोलाकै बाढी बिजुलीबजारस्थित प्रभु बैङ्कको कार्यालयसहित विभिन्न व्यापारिक केन्द्रको पहिलो तलामा पानी पसेको छ। 

त्यसैगरी मनोहरा खोलाको बाढी मनोहरा बस्तीमा पस्दा बस्ती डुबानमा पर्‍यो। धोबीखोला किनारका शान्ति विनायक, देवीनगर, विशालनगर, कालोपुल, पाथीभराचोकसहित विभिन्न क्षेत्रका डुबानमा परेका छन्।   अनामनगर, राधाकृष्ण चोक, मूलपानी, कपन, रामहिटी, सुकेधारालगायतका क्षेत्र पनि डुबानमा परेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभामा तालमेलको गृहकार्य गरिरहेका कांग्रेस-एमाले प्रतिनिधिसभामा के गर्लान् ?

काठमाडौं । नेकपा एमालेका एक उपाध्यक्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि फागुन २१ गतेको चुना...

विभाजनको बाटोतर्फ कांग्रेस

काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...

निर्माणाधीन राजमार्गमा दुर्घटना बढे

झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...

विद्युत प्राधिकरणले माग्यो २६६ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...

महामन्त्रीको कदमले कांग्रेसमा तरंग, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...

महामन्त्रीले विशेष महाधिवेशनको कुरा उठाउनु उचित होइन : शेखर कोइराला

म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...

निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...

तराईमा हुस्सुको प्रभाव- उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक: राष्ट्र बैंक

काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending