काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्को समयमा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न हवाई कम्पनीहरूलाई आग्रह गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुने क्रममा अमेरिकामै रहेका ओलीले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।
आइतबार प्रधानमन्त्री ओलीले हवाई भाडा अरू बेलाभन्दा महँगो भएको गुनासो सुनिएको उल्लेख गर्दै सहुलियत भाडा लिन आग्रह गरेका छन् ।
उनले भनेका छन् 'लगातारको वर्षा र बाढीपहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको छ । हवाई भाडा अरू बेलाभन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ । हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ । नेपाल सरकार, पर्यटन मन्त्रालयले पनि हवाई यात्रुको लागि र उद्धार उडानको लागि विशेष निर्णय गरेको छ । हामीमाथि परेको प्राकृतिक विपत्ति हामी सबै मिलेर सामना गर्नुपर्छ ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १३ गते, २०८१ - १७:०५
काठमाडौँ । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्बदलीय बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु भएको छ । ...
आश्विन १३ गते, २०८१ - १७:००
सुलीकोट। उत्तरी गोरखाको लापुबेशीबाट काठमाडौँका लागि छुटेको बस नौबिसे – नागढुङ्गा सडक अन्र्तगत झ्याप्लेखोलामा पहिरोमा पुरिएको अवस्थामा बसभित्र ५ जनाको ...
आश्विन १३ गते, २०८१ - १६:५३
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका महामहिम राजदूत चेन सोंग बीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ । आइतबार प्रधानसेना...
आश्विन १३ गते, २०८१ - १६:३९
काठमाडौं । शुक्रबार र शनिबार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ । नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्म ...
आश्विन १३ गते, २०८१ - १६:२३
काठमाडौँ । अबिरल बर्षामा आएका बाढी घरमा प्रवेश गरेपछि विपदमा परेका महानगरबासीलाई वडाहरुले अहिले खाना र अस्थायी बासस्थानको व्यवस्था गरेका छन् । वडा ...
आश्विन १३ गते, २०८१ - १६:१३
रौतहट । गत बिहिबारदेखि परेको अबिरल बर्षासंगै रौतहट स्थित बिभिन्न नदी खोलामा आएको बाढीबाट जिल्लामा घर डुबानको संख्या १२ सय ४५ पुगेको छ । आईतवार बिभि...
आश्विन १३ गते, २०८१ - १६:०६
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चण...
आश्विन १३ गते, २०८१ - १५:५८
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राकृतिक विपदका बेलामा पानीजन्य रोगको जोखिम बढ्ने हुँदा सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्त...
आश्विन १३ गते, २०८१ - १५:४६
काठमाडौँ । पूर्वमन्त्री सुदन किराँतीले शनिबार नख्खु खोलाको बाढीमा आफ्नो ज्यानको बाजी राखेर दुई जनाको उद्धार गरेका चणिकलाल तामाङ्गलाई सम्मान गरेका छन् ...
आश्विन १३ गते, २०८१ - १५:२१
काठमाडौँ । भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित बनेको छ । टेस्टको तेस्रो दिन आइतबारको खेल पनि मैदान गिलो हुदा खेल रद्ध भएको छ । टेस्ट...
प्रतिकृया लेख्नुहोस्: