Ntc summer Offer
Khabar Dabali १४ आश्विन २०८१ सोमबार | 30th September, 2024 Mon

अब म आएँ, सरकारको भूमिका अझ प्रभावकारी हुन्छ: प्रधानमन्त्री ओली

'विरोधका लागि विरोध नगरौँ, सरकारले सक्दो कोसिस गर्दैछ'

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार काठमाडौं उपत्यकासहितका क्षेत्रमा आएको बाढीपछिको उद्धार र राहत प्रक्रियामा सरकारले सक्दो कोसिस गरिरहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिएर सोमबार काठमाडौं आएपछि सञ्चारकर्मीसँगको सवाल(जवाफमा उनले यस्तो बताएका हुन् । 

‘म फर्केर आएँ । विपद्को बेला सरकारको भूमिका देखिएन भन्ने सुनेँ । विरोधका लागि विरोध मात्रै नगरौँ । सरकारले गर्नेसम्मको प्रयास गरेको छ’, उनले भने, ‘सेना(प्रहरी खटाएको छ, उद्धार र राहत अभियान चलिरहेको छ । हामीले बाढी आउने कुरा रोक्न सकिँदैन थियो ।’

उनले बाढी(पहिरो पनि पूर्वसूचना दिएर नजाने बताउँदै सरकारले तदारुकताका साथ राहत पुर्‍याउने काममा लागेको पनि उनले बताएका छन् ।  ‘म बाहिर हुँदा पनि मैले यस कामबारे सूचना लिइरहेको थिएँ । सरकारी निकायलाई पनि मैले निर्देशन गरेको छु । यस्तो संवेदनशील बेलामा सबै मिलेर चल्नु वाञ्छनीय हुन्छ’,उनले भने, ‘अब म आएँ, सरकारको भूमिका अझ प्रभावकारी हुन्छ । राहत र उद्धारलाई गति दिन्छौँ ।’

उनले मौसम पूर्वानुमान महाशाखाले बाढी(पहिरो आउने बताए पनि कुन ठाउँमा आएर क्षति गर्ने भन्ने पूर्वानुमान कसैले गर्न नसक्ने पनि बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तेसो दिन खुल्यो गौर भन्सार, पानी जमेर आउने जानेलाई सास्ती

रौतहट । अबिरल वर्षासँगै बागमती र बकैया नदीमा आएको बाढीको पानीले गौर बजार क्षेत्र जलमग्न भएर बन्द भएको जिल्ला भन्सार कार्यालय सोमवार दिउँसो देखि सञ्चाल...

आजदेखि देशभरि रुट परमिट खुला

काठमाडौं । सरकारले आज (सोमबार) देखि देशभरि रुट परमिट खुला गरेको छ । यातायात व्यवस्था विभागका प्रवक्ता इश्वरी दत्त पनेरुका अनुसार रुट परमिट दशैंको पूर्...

९४ लाखभन्दा बढीको भन्सार छलीका सामानसहित दुईवटा गाडी नियन्त्रणमा

काठमाडौं । ९४ लाख भन्दा बढीको भन्सार छलीका सामान सहित सशस्त्र प्रहरीले दुई वटा सवारी साधन नियन्त्रणमा लिएको छ । रुपन्देही र पश्चिम नवलपरासीबाट भन्सार ...

बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या २०९ पुग्यो

काठमाडौं । असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या २०९ पुगेको छ । गृहमन्त्रालयका अनुसार सोमबार साँझसम्मको अपडेट...

बाटो खुलेसँगै पृथ्वी राजमार्गमा चल्न थाले रात्रि बस

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि सोमबारबाट रात्रि बस सञ्चालनका लागि अनुमति दिइएसँगै बस चल्न थालेका छन् । ...

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई्र चाडपर्वलक्षित बजार अनुगमनको चटारो

दुई सातामा १२८ व्यावसायिक फर्ममा अनुगमन

सरकारसँग मिलेर बाढी पीडितलाई चेम्बरले सहयोग गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सरकारसँग हातेमालो गरेर बाढी पहिरोबाट पीडित नागरिकलाई सहयोग गर्ने भएको छ । गत बिहीबार देखि परेको अबिरल बर्षाका का...

दाउन्नेमा सडक भासियो, सडक पूर्णरुपमा अवरुद्ध

परासी । पूर्व-पश्चिम राजमार्गअर्न्तगत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएको छ ।  बर्दघाट नगरपालिका-४, खुसार्नी खोलामा वर्षाको कारण हाइटेन्सन लाइन...

खाद्य व्यवस्था कम्पनीले १५ सयवटा खसी र च्यांग्रा काठमाडौं ल्याउँदै

काठमाडौं । दशैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १५ सय वटा खसी च्यांग्रा काठमाडौँ ल्याउने भएको छ।  कम्पनीले मुस्ताङ, हेटौँडा, तुलसीपुर र ...

माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिद्वारा दश लाख सहयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिले बाढीपहिरोपीडितका लागि दश लाख रुपैयाँ सहयोग गरेको छ। नेकपा माओवादी केन्द्रले स्था...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy