Ntc summer Offer
Khabar Dabali १४ आश्विन २०८१ सोमबार | 30th September, 2024 Mon

तेसो दिन खुल्यो गौर भन्सार, पानी जमेर आउने जानेलाई सास्ती

खबरडबली संवाददाता

रौतहट । अबिरल वर्षासँगै बागमती र बकैया नदीमा आएको बाढीको पानीले गौर बजार क्षेत्र जलमग्न भएर बन्द भएको जिल्ला भन्सार कार्यालय सोमवार दिउँसो देखि सञ्चालनमा आएको छ ।

आईतवार बिहानै देखि जिल्ला स्थित सम्पूर्ण सरकारी कार्यालयमा पानी जमेर सम्पूर्ण सेवा अवरुद्ध भएको थियो। भन्सार एरियामा भने ४-५ फिट पानी जमेको थियो भने भन्सार छेउ सशस्त्र प्रहरी बल 
गुल्मभित्र ३-४ फिट पानी जमेको थियो । आईतवार दिनभरि सीमावर्ती बैरगनिया आउने जाने सैयौं मानिसलाई सशस्त्र प्रहरीले उद्धार गरेको थियो ।

तर सोमवार बिहानै देखि आईतवारको तुलनामा पानी केही कम भएपछि तेस्रो दिन भन्सारको ढाठ खोलिएको सशस्त्र प्रहरी भन्सार गुल्मका प्रमुख डिएसपी कृष्ण खतिवडाले बताएका छन् । तर सोमवार साँझसम्म पनि भन्सार एरियादेखि क्रान्तिद्वार सम्म २-३ फिट पानी जमेको कारण वारिपारी पैदल आउनेजाने लाई ठुलो सास्ती भईरहेको छ ।

भारतीय बजार बैरगनियाबाट गौरसम्म टाँगा सञ्चालन भएर केही राहत भएपनि पैदल यात्रुलाई कठिनाई रहेको छ । भारतीय सीमा सुरक्षा बल ऐसऐसविले आवश्यकता अनुसार भारतीय सीमामा रहेको नदीको साईफन नखोलेको कारण गौर बजार आसपास जमेको पानीले स्थानीयलाई सास्ती खेप्नु परेको बताइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नदीमा डुबेको अवस्थामा झापामा दुई वटा शव फेला

झापा । नदीमा डुबेको अवस्थामा झापामा दुई वटा शव फेला परेको छ। दुवै जना पुरुष भएको शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।  मेच...

नदीमा डुबेको अवस्थामा झापामा दुई वटा शव फेला

झापा । नदीमा डुबेको अवस्थामा झापामा दुई वटा शव फेला परेको छ। दुवै जना पुरुष भएको शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।  मेच...

तारकेश्वरका अमिन चौलागाई घुस रकमसहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको तारकेश्वर नगरपालिकामा करारमा कार्यरत अमिन ईश्वर चन्द्र चौलागाईलाई घुस रकमसहित पक्राउ गरेको छ ...

तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौँ । सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । बाढी पहिरो र डुबानबाट दुई सयभन्दा धेरैको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको हो ...

यौन शक्ति बढाउन के खान हुन्छ के हुदैन ?

खानेकुरासंग सेक्स साइनो कस्तो हुन्छ ?

एभरेष्ट महिला भलिबल लिग: कर्णालीको विजयी शुरुवात

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगमा कर्णाली यशविसले मधेश युनाइटेडलाई पराजित गरेको छ । सोमबार सम्पन्न दोस्रो खेलमा कर्णालीले मधेशलाई ३-१ सेटले पराज...

एभरेष्ट महिला भलिबल लिग: कर्णालीको विजयी शुरुवात

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगमा कर्णाली यशविसले मधेश युनाइटेडलाई पराजित गरेको छ । सोमबार सम्पन्न दोस्रो खेलमा कर्णालीले मधेशलाई ३-१ सेटले पराज...

रैथाने नाचको सँरक्षणमा कलाकारको जोड

काठमाडौं । नेपालमा अझै पनि करिब ८ सयवटा रैथाने नाचहरु रहेकाले ती नाचहरुलाई सँरक्षण गर्न कलाकारहरुले आह्वान गरेका छन् । राष्ट्रिय नृत्य संघ नेपालले आयो...

धादिङको मलेखुमा पहिरो: सडक पूर्णरुपमा अवरुद्ध, राति पन्छाउन नसकिने

काठमाडौँ । पृथ्वी राजमार्ग पहिरोले पूर्ण अवरुद्ध भएको छ । धादिङको मलेखु नजिक परेवा भिरमा आएको पहिरोका कारण सडक दुइतर्फी बन्द भएको धादिङ प्रहरीले जा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy