झापा । नदीमा डुबेको अवस्थामा झापामा दुई वटा शव फेला परेको छ। दुवै जना पुरुष भएको शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मेची नदीमा डुबेको अवस्थामा सोमबार दिउँसो १ बजे एक पुरुषको शव फेला परेको थियो । भद्रपुर नगरपालिका –३ झोलुङ्गे पुलस्थित मेची नदीको बिच भागमा कालो पाइन्ट लगाएको, शरीरको माथिको भागमा कपडा नभएको, बायाँ साइडको भाग पुरिएको, दाहिने साइडको आधा भाग देखिएको, अनुहार पानीमा घोप्टो परेको अवस्थामा बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ।
कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। त्यस्तै शिवसताक्षी नगरपालिका –७ स्थित कनकाई नदीमा आज दिउँसो अन्दाजी साढे ३ बजे पानीको बिच भागमा बेवारिसे शव फेला परेको हो।
तत्काल नाम, थर, वतन नखुलेको पुरुषको शव घोप्टो परी शरीर सुन्निएर गलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। कानुनी कानुनी प्रक्रिया शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८१ - २०:०५
काठमाडौं । बाजुरा केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पबाट मानवीय क्षति नभए पनि १५ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । जिल्ला प्रशासन कार्यालय ब...
पौष ६ गते, २०८१ - २०:०४
जयपुर । जयपुरमा शुक्रबार भएको ट्याङ्कर विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । यस घटनामा ३० भन्दा बढी सवारी साधन जलेका छन् । यस घटनामा घा...
पौष ६ गते, २०८१ - १९:१५
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल...
पौष ६ गते, २०८१ - १९:०२
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् । साथै उनल...
पौष ६ गते, २०८१ - १८:५७
धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन् । शनि...
पौष ६ गते, २०८१ - १८:५१
काठमाडौं । शनिबार बिहान गएको भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरिएको छ । जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर आज बिहान आएको ५ ...
पौष ६ गते, २०८१ - १८:४७
काठमाडौं । किरात समुदायले काठमाडौंको टुँडिखेलमा साकेला उधौली मनाएका छन्। किरात राई यायोक्खा काठमाडौंको आयोजनामा साकेला उधौली कार्यक्रमको आयोजना गरिएको...
पौष ६ गते, २०८१ - १८:४६
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू विपक्षी दलको नेताको हैसियतमा पुगेसँगै निर्वाचन क्षेत्रमा आवतजावत गर्न पनि स्वत...
पौष ६ गते, २०८१ - १८:४२
सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदै गरेको बताउनुभएको छ। नेपाल जेसिजको ५१औं...
पौष ६ गते, २०८१ - ०८:४७
काठमाडौं । नेपालमा मंकिपक्स पुष्टि भएपछि सरकारले सतर्कता अपनाउन सचेत गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै आवश्यक सावधान...
प्रतिकृया लेख्नुहोस्: