Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

भत्किन थाले नदीले डुबाएका कच्ची घरहरू

खबरडबली संवाददाता

सर्लाही । सर्लाहीको विभिन्न स्थानीय तहमा बाढी पसेको क्षेत्रका कच्ची घरहरू भत्किन थालेका छन्। शनिबार बाढीपछि डुबानमा परेको बरहथवा नगरपालिका–१५, हरपुर्वाका उमेश यादवको कच्ची घर भत्कियो।

खपडाको छाना भएको यादवको कच्ची घर लडेको प्रहरीले जनाएको छ । चार फिटसम्म पानी जमेपछि माटो गलेर घर भत्किएको स्थानीयको भनाइ छ।

डुबानमा परेर घर भत्किएपछि बिचल्ली भएको यादवले गुनासो गर्नुभयो । लगातारको वर्षापछि बागमती, लखन्देही र झिम नदीको बाँध फुटेर गाउँमा पानी पसेको थियो । पानी पसेपछि गाउँका कच्ची घरहरू भत्किन थालेका हुन्।

घर भत्किएपछि कतिपयले आफन्तका घरमा शरण लिएपनि अधिकांशले पानी जमेकै घरमा रात बिताएको रामनगर गाउँपालिकाका स्थानीयवासी जितेश यादवले जानकारी दिए।

बागमती नदीको ड्याम फुटेर गाउँ पसेको पानीले १० भन्दा बढी कच्ची घरमा क्षति पुगेको रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवले जानकारी दिए।  

जिल्लाको रामनगर गाउँपालिका, बलरा नगरपालिका, बसवरिया, धन्कौल र ब्रह्मपुरी गाउँपालिकामा बाढी पसेपछि माटो गलेर ठूलो सङ्ख्यामा कच्ची घरहरूमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिए।  

'क्षति भयो घर बगायो÷डुबायो भन्ने गुनासो आएको छ,' उनले भने, 'तत्काल सम्बन्धित पालिकाहरूले व्यवस्थापन गरेका छन् । बाँकी विवरण सङ्कलनमा जुटेका छौँ । यकिन तथ्याङ्क आउन केही समय लाग्छ।'

बागमती नदीमा आएको बाढी पसेर बरहथवा नगरपालिका–१४ र १५ को हरपुर्वा गाउँ, बसवरिया गाउँपालिकाको १ र २ नं वडा मानपुर र ढापटोल, धन्कौल गाउँपालिका–५, स्थित महिनाथपुर, रामनगर गाउँपालिकाको नदी तटीय गाउँ, बलरा नगरपालिका–१ र २ स्थित छन्कीटोल र जयहथिऔल गाउँ डुबानमा छ।

लखन्देही नदीमा आएको बाढीले चक्रघट्ट गाउँपालिकास्थित शिवनगर सक्रौल गाउँ र झिम नदीमा आएको बाढीले त्रिभुवन नगर गाउँका केही घरहरु डुबान परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending