खजुरा। जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएका २१ लाख बढीका सामान बरामद गरेको छ । प्रहरीले सोमबार नेपालगन्जका विभिन्न ठाउँबाट उक्त सामान बरामद गरेको हो ।
भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याइएका सामानहरु नेपालगन्ज उपमहानगरपालिका ४ न्यूरोड र नेपालगन्ज उपमहानगरपालिका १ धम्बोझीबाट बरामद गरेको बाँके प्रहरीले जनाएको छ ।
प्रहरीले न्यूरोडबाट ११ क्वीन्टल चिनी र चिनी ढुवानीमा प्रयोग भएको रा १ च ७२० नम्बरको पिकअप गाडी बरामद गरेको हो । गाडीसहित उक्त चिनीको मूल्य अन्दाजी २० लाख ८८ हजार रुपियाँ रहेको छ । त्यसैगरी अन्दाजी ४९ हजार ७०० रुपियाँ बराबरको धम्बोझीबाट कुर्तासुरुवाल र बच्चाको जुत्ता बरामद गरिएको प्रहरीले जनाएको छ ।
चिनी, चिनी ल्याउन प्रयोग गरिएको पिकअप गाडी, कुर्तासुरुवाल र जुत्ता गरी २१ लाख ३७ हजार ७०० रुपियाँ बराबरका सामानहरु आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाइएको बाँके प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ५ गते, २०८२ - १७:१५
काठमाडौं । दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अदालतले प्रसाईंलाई र...
जेष्ठ ५ गते, २०८२ - १७:०६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनु सम्पूर्ण नेपा...
जेष्ठ ५ गते, २०८२ - १६:४९
काठमाडौं । जिल्ला प्रहरी कार्यालय, रसुवाले ठूलो परिमाणमा सुन बरामद गरेको छ । अहिले सुन जोख्ने काम भइरहेको रसुवा प्रहरी प्रमुख हेमबहादुर शाहीले बताए...
जेष्ठ ५ गते, २०८२ - १६:४४
काठमाडौँ । थाइल्यान्डमा जारी आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर तीनको पहिलो खेलमा नेपालले सोमबार संयुक्त अरव इमिरेट्स (युएई) सँग प्रतिस्पर्ध...
जेष्ठ ५ गते, २०८२ - १६:१२
काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक २.६९ अंकले घटेको छ । शून्य दशमलव १० प्रतिशतले घटेर २ हजार ६ सय ९ दशमलव शून्य पाँच विन्दुमा ओर्लिएको हो । ग...
जेष्ठ ५ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवानिकट ६ पूर्व पदाधिकारीहरु छलफलमा जुटेका छन्। पूर्व उपसभापति गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, वि...
जेष्ठ ५ गते, २०८२ - १५:५६
सरकार साढे तीन वर्ष ढुक्कले जाने भएपछि विपक्षीहरू आत्तिए
जेष्ठ ५ गते, २०८२ - १५:४०
काठमाडौँ। नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आज सम्पन्न भएको छ। ‘जलवायु परिवर्तन, हिमाल र म...
जेष्ठ ५ गते, २०८२ - १५:३२
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद रामेश्वर चौधरी सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् । आइतब...
जेष्ठ ५ गते, २०८२ - १५:१२
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गरेको छ । प्रधानमन्त्री न...
प्रतिकृया लेख्नुहोस्: