बाजुरा । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा रहेको एक सहकारी संस्थाले कृषि उपज बीउ सङ्कलन सञ्चालनमा ल्याएको छ । परम्परागत बालीको पकेट क्षेत्र बनाउने गरी सहकारीले किसानले लगाएका दलहनबाली खरिद गरेर बजार क्षेत्रमा पुर्याउने गरेको छ ।
२०७६ सालमा स्थापना भएको सामुदायिक बीउ बैंक तथा कृषि सहकारी संस्थाले बीउ बैंक स्थापना गरी रैथाने बाली सङ्कलन गर्दै आएको हो । बीउ बैंक स्थापनाका लागि सहकारीले बचत सुरु गरेको छ । सामान्य बचत मात्रैले स्वामिकार्तिकका किसानलाई सहयोग नपुग्ने भएपछि सहकारीले बचतबाट जम्मा भएको रु १० लाख पुँजीले पालिकामा उत्पादन भएका स्याउ किसानकै बारीमा पुगेर खरिद गरी जिल्लाका विभिन्न बजार र नेपालगञ्ज, धनगढी, सुर्खेत, काठमाडौँलगायतका सहर पुर्याएर बिक्री गर्ने गरेको छ ।
सामुदायिक बीउ बैंक तथा कृषि सहकारीले गाउँपालिकाको कृषि विकास शाखासँग पनि सहकार्य गरेको छ । पालिकासँगको सहकार्यमा जलवायु अनुकूलन कृषि खेती तथा परम्परागत बालीको संरक्षण र सम्वर्द्धन गरिरहेको छ । उक्त सहकारीको बीउ बैंक तथा सङ्कलन केन्द्र स्थापनाका लागि स्याउ खेती, परम्परागत बाली बजारीकरणमा ढुवानी अनुदान दिइएको छ । सहकारीका सदस्यलाई चार वटा कृषि समूहमा विभाजन गरेर किसानलाई कृषि प्राविधिक परामर्श, प्लास्टिक टनेल, थोपा सिँचाइ, आवश्यक बीउ, हजारी, झोल मलका लागि ड्रम, पाइप, स्प्रे, पाशा, गुमोज प्लास्टिक गाउँपालिकाले सहयोग गरेको छ ।
बीउ बैंक तथा सङ्कलन केन्द्रका लागि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय र स्वामीकार्तिक खापर गाउँपालिकाले ३० लाख सहयोग गरेको छ । बीउ बैंक तथा सङ्कलन केन्द्र स्थापनाका लागि गाउँपालिकाको सहयोगले थप मद्दत पुगेको सहकारीका व्यवस्थापक मनवीर ल्वारले बताए ।
सहकारीको भवन निर्माण भएपछि एक गैर सरकारी संस्थाले रैथाने बाली प्रशोधन, ग्रेडिङ, प्याकिङ मेसिन, सङ्कलित बीउ राख्ने ट्याङ्की पनि सहयोग गरेको छ । बीउ बैंकमा अहिले जुनसुकै बेला कोदो, जौ, उवा, फापर, मार्से, कागुनो, सिमी, चिनो, मकै, धान, जुम्ली मार्सी धान लगायतको बीउ पाइने सहकारीका व्यवस्थापक ल्वारले बताए । गाउँपालिकामा पाँच जनालाई ज्याला दिएर बीउ सङ्कलनकर्ताका रूपमा नियुक्त गरिएको छ ।
सङ्कलनकर्ताले किसानको घरमै गएर परम्परागत बाली खरिद गर्दै उक्त बाली बीउ बैंक तथा सङ्कलन केन्द्रमा पुर्याउने गरेका छन् । बीउ वितरण गरेर बढी भएको बाली जिल्ला बाहिर पनि ढुवानी अनुदानमा सहकारीले बिक्री गर्ने गरेको छ । सहकारीले सञ्चालनमा ल्याएको बीउ बैंकबाट चालु आर्थिक वर्षमा मात्रै दुई ट्रक कोदो, दुई क्वीन्टल जौ, चिनो, कागुनो खरिद गरेर बिक्री गरेको जनाएको छ ।
सहकारीले स्वामिकार्तिकमा नपाइएको परम्परागत बालीको बीउ हिमाली, जगन्नाथ, बूढीनन्दा नगरपालिकाबाट खरिद गर्ने गरेको छ । सहकारीले बीउ बैंकको शाखा बूढीनन्दा नगरपालिकामा पनि स्थापना गरेको छ । अहिले स्वामिकार्तिक गाउँपालिकाको कृषि नीतिमा सहकारीमार्फत ढुवानी अनुदानको कुरा समेटेर बीउ बैंक र कृषि उपज सङ्कलन केन्द्रको सहजताका लागि कृषि एम्बुलेन्स खरिद गरेको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताए ।
एक सय ७० सदस्य रहेको सहकारीमा एक सय स्वामिकार्तिक गाउँपालिकाका र ७० बूढीनन्दा नगरपालिकाका स्थानीय आबद्ध छन् । सहकारीमा ८० प्रतिशत महिला छन् । विभिन्न उपलब्धि हासिल गरेर ऋण परिचालन गरिरहेको सहकारीको कोषमा हाल १० लाख रकम रहेको व्यवस्थापक ल्वारले जानकारी दिए । रैथाने बालीको बीउ उपलब्ध गरी खेती गर्न थालेपछि सदस्यहरूले मासिक एक सयदेखि एक हजारसम्म बचत र ऋण परिचालन गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८३ - १७:४१
काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्परालाई कमजोर बनाउने स्वार्थ प्रेरित गतिविधिले निरंकुशताको संकेत दिने बताए...
बैशाख २६ गते, २०८३ - १७:२३
काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ । शनिवार सिंहदरबारस्थित संसद...
बैशाख २६ गते, २०८३ - १७:११
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका आधिकारिक सदस्यले रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन्। कैलालीको धनगढीमा...
बैशाख २६ गते, २०८३ - १६:२८
ताप्लेजुङ। ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको छ । पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो । हिमाली जिल्ला ताप्लेजु...
बैशाख २६ गते, २०८३ - १६:१६
नेपालगन्ज। भारतसँग सीमाना जोडिएको बाँके जिल्लाको नेपालगन्ज लगायत विभिन्न सीमावर्ती स्थानमा भारतीय र नेपाली रुपियाँको अवैध सटही कारोबार खुला रूपमा हुँद...
बैशाख २६ गते, २०८३ - १५:५८
काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सभापति गगनकुमार थापा सँग शेरबहादुर देउवा लाई टिकट नदिनुको कारणबारे प्रश्न गरेका छन्। शन...
बैशाख २६ गते, २०८३ - १५:४४
काठमाडौँ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता, नागरिकक...
बैशाख २६ गते, २०८३ - १५:१६
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदको उपस्थिति न्युन देखिएको छ । रास्वपाले शनिवार राखेको स...
बैशाख २६ गते, २०८३ - १४:५८
काठमाडौँ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेकोे छ । ‘सहकारी ऐन २०७४’ तथा ‘प्र...
बैशाख २६ गते, २०८३ - १४:४९
झापा । गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा आज यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी...


प्रतिकृया लेख्नुहोस्: