काठमाडौं । आँगन स्वीट्सका मिठाइ उत्पादन हुने कम्पनी आकाश फुड्समा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छापा मारेको छ ।
सो क्रममा बाढीले भिजेको, प्याकेजिङ खुइलिसकेका, पुरानो तेल तथा खाद्यवस्तु प्रयोग गरी मिठाई उत्पादन भइरहेको भेटिएपछि विभागले २ लाख रुपैयाँ जरिबाना तिराएको छ ।
‘आकाश फुड्सले आँगन ब्राण्डका मिठाइ उत्पादन गर्ने कम्पनी हो,’ विभागका महानिर्देशक राजन दाहालले भने, ‘उनीहरूको वितरण निकै राम्रो देखिए पनि उत्पादन हुने स्थलमा उपभोक्ता हित प्रतिकुल अवस्था देखिएपछि जरिबाना तिराएका छौं ।’
उनका अनुसार मिठाइ उत्पादनमा प्रयोग हुने तेलको उत्पादन मिति खुइलिसकेको, तेलको शुद्धीकरणमा ध्यान नदिएको, एक पटक प्रयोग गरेको तेललाई पुनः पटक पटक प्रयोग गरेको जस्ता कैफियत देखिएको थियो ।
विभागले मंगलबार नै जावलाखेलस्थित हानकुक साराङ रेष्टुरेन्टमा समेत अनुगमन गरेको थियो । सो क्रममा ब्राण्ड उल्लेख नभएको मैदा प्रयोग भएको, उत्पादन मिति उल्लेख हुने लेबल नभएको सामान प्रयोग भएको भेटिएपछि ३ लाख रुपैयाँ जरिवाना तिराइएको छ ।
विभागले पछिल्ला दिनमा ठूला र नाम कहलिएका ब्राण्डहरुमा अनुगमन बढाएको छ । जसमा धेरै कैफियत देखिएको विभागको अनुगमनबाट पाइएको छ । महानिर्देशक पौडेल भन्छन्, ‘जो नाम चलेका ब्राण्ड छन्, उनीहरू त अरुका लागि उदाहरण बन्नु पर्ने हो, तर उपभोक्ता हित प्रतिकुल हुने काम नै यस्तो ब्राण्डमा भेटिएको छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १० गते, २०८२ - २१:१७
काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सञ्जालमा न्यायाधीशहरुका विरुद्ध अशोभनीय टिप्पणी नगर्न चेतावनी दिएको छ । आज रास्वपा सभापति रवि लामिछानेलाई थुनामै र...
जेष्ठ १० गते, २०८२ - २१:१५
काठमाडौं । नेपाल प्रहरीका २९४ जना प्रहरी वरिष्ठ हवलदारलाई प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा सिफारिस गरिएको छ। शुक्रवार बसेको बढुवा समितिको बैठ...
जेष्ठ १० गते, २०८२ - २०:५५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने थुनामुक्त नहुने भएका छन् । सर्वोच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत ब...
जेष्ठ १० गते, २०८२ - १६:३०
काठमाडौं । राजसंस्थाको पुनर्स्थापनाका लागि जेठ १५ देखि सुरु हुन गइरहेको संयुक्त जनआन्दोलनमा सरकारले धरपकड गर्न सक्ने भन्दै राजावादी समूहले राष्ट्रिय म...
जेष्ठ १० गते, २०८२ - १६:२३
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकार बेठीक बाटोमा गइरहेको बताएका छन् । जागरण अभियानअन्तर्गत बा...
जेष्ठ १० गते, २०८२ - १६:१३
काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ तिलागाँउमा नेपाल प्रहरीको उद्दार टोली पुगेको छ । गत जेठ १ गते नजिकै रहेको सुखाङ लुग्वा खोलामा गाउँ देखी म...
जेष्ठ १० गते, २०८२ - १६:१०
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च ...
जेष्ठ १० गते, २०८२ - १५:५५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा सुनुवाइ सकिएको छ । शुक्रबार सर्वोच्च अदालतमा जाहे...
जेष्ठ १० गते, २०८२ - १४:२०
कञ्चनपुर । कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष पाइन थालेको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कार्यालय अत्तरिया, कैलाल...
जेष्ठ १० गते, २०८२ - १४:१२
पर्वत । कुनै पनि राजनीतिक पदमा निर्वाचित भएपछि वा नियुक्त भएपछि कृषि पेसालाई चटक्कै छाडेका उदाहरण थुप्रै भेट्न सकिन्छ । तर पर्वतको फलेवास नगरपालिकाका ...
प्रतिकृया लेख्नुहोस्: