Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

चुनावी खर्चले थलीएका जनप्रतिनिधि नै वैदेशिक रोजगारीमा

खबरडबली संवाददाता

काठमाडौं । रोजगारीको खोजीमा प्रत्येक वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या ठूलो छ । सरकारी तथ्यांक अनुसार वार्षिक सात लाखको हाराहारीमा नेपालीहरु रोजगारको खोजीमा विदेश गइरहेका छन् ।

तर वैदेशिक रोजगारीमा जाने लाइनमा युवाहरुमात्रै छैनन्, जनताबाट चुनिएका जनप्रतिनिधिहरु समेत वैदेशिक रोजगारीमा गएका घटनाहरु छन् । यहाँ केही प्रतिनिधमूलक पत्रहरुकाे चर्चा गरीएकाे छ । 

कार्यालय सहयोगीदेखि सिधै वडाध्यक्षमा निर्वाचित गुरुङ गत साउन देखि विदेश पलायन

०७९ सालको निर्वाचनमा कार्यालय सहयोगीदेखि सिधै वडाध्यक्षमा निर्वाचित भएपछि, दाङ राप्ती गाउँपालिका–५ का चन्द्रबहादुर गुरुङको चुर्चा चुलियो ।

जनताले रुचाएपछि उनलाई अत्यधिक मत दिएर कार्यालय सहयोगदेखि वडाध्यक्षको भूमिकामा पु¥याइदिए । तर, जनप्रतिनिधि बनेपछि चन्द्रले कार्यकाल भने पूरा गरेनन् ।

आर्थिक समस्या देखाउँदै कार्यकाल सम्हालेको तीन वर्ष पनि नपुग्दै वडाध्यक्ष गुरुङ रोजगारीका लागि विदेशिए । ०७९ सालको चुनावमा लागेको ऋण तिर्न भन्दै उनी गत साउनमा वैदेशिक रोजगारीमा गएका छन् । उनी निकट अनुसार चुनावको बेला लागेको ऋण र त्यही ऋण तिर्न भनेर उनी मौसमी भिसामा युके पुगेका हुन् ।

वडाध्यक्ष गुरुङले १७ साउन ८० गते पालिकालाई पत्र लेख्दै आफू विशेष कामले ‘बाहिर’ गएकाले वडासदस्य चम्पा पुनलाई कार्यवाहक अध्यक्ष जिम्मेवारी दिन भन्दै पत्र लेखेका थिए । तर उनले गाउँपालिलाई भने आफू वैदेशिक रोजगारीमा गएको औपचारिक जानकारी भने दिएका छैनन् ।

वडाध्यक्ष गुरुङको परिवार स्रोतका अनुसार घरसायी ऋण बढेपछि उनी बेलायत गएका हुन् ।  उनीहरुका अनुसार स्थानीय तहको चुनावी खर्च, बिरामी आमालाई उपचार गर्दा ऋण लागेको थियो । त्यो ऋण बढेर ५० लाखको हाराहारी पुग्न थालेपछि उनी ऋण तिर्न भनेर गएको उनको परिवारका एक सदस्यले बताए ।

वडाध्यक्ष नै विदेश हिँडेपछि अहिले वडासदस्य चम्फा पुनले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हालिरहेकी छन् ।

ताप्लेजुङको सिरिजंघा–३ का वडाध्यक्ष बोखिम पनि १० महिनादेखि विदेशमै

वैदेशिक रोजगारी गएका जनप्रतिनिधि गुरुङमात्र एक्ला पात्र होइनन्, ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैंचाका वडाध्यक्ष दिलप्रसाद बोखिम पनि १० महिनादेखि विदेशमै छन् ।

०७९ सालको चुनावमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बोखिम कार्यकाल सम्हालेको अढाई वर्षमै हङकङ हान्निए । गाउँपालिका उपाध्यक्ष डा. चित्रकुमार माबोका अनुसार वडाध्यक्ष बोखिमले वैदेशिक रोजगारीमा जानु अघि गाउँपालिकालाई औपारिक रुपमा जानकारी समेत गराएका थिएनन् ।

‘वैदेशिक रोजगारीमा गएको तीन महिनापछि मात्रै हामीलाई उहाँ गएको थाहा भयो’, उपाध्यक्ष माबोले भने, ‘जनताबाट चुनिएको व्यक्ति जनताको काम गर्नुको साटो वैदेशिक रोजगारी गएको थाहा पाउँदा हामी स्वयं अचिम्मत भयौं ।’

बोखिमले हालैमात्र साउन १८ गतेबाट लागू हुने गरी जिल्ला निर्वाचन कार्यालयमा राजीनामा बुझाएका छन् । उनको ठाउँमा वडासदस्य अम्बि साउदेनले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।

कार्यकाल बाँकी रहेकै बेला नगरपालिका उपप्रमुख नेपाली अमेरिका पलायन

०७४ सालमा चुनावमा उप मेयरमा निर्वाचित कालीकोट तिलागुफा नगरपालिकाकी दन्ता नेपाली (दर्शना) पनि आफ्नो कार्यकाल बाँकी रहेकै बेला अमेरिका पलायन भएकी थिइन् । ०७६ कात्तिकमा सालमा गोष्ठीका लागि भनेर अमेरिका पुगेकी उपमेयर नेपाली नेपाल फर्किनन् । उनी अमेरिकामामै लुकेर बसिन् ।

नेपाल नगरपालिका महासंघमार्फत गोष्ठीमा सहभागी हुन कात्तिकको पहिलो साता अमेरिका पुगेकी थिइन् । अमेरिका पुगेको केही समयसम्म सम्पर्क आएकी थिइन् । पछि उनी फेसबुकसमेत निष्कृय गरेर उतै सम्पर्कविहीन भइन् ।

कार्यकालकै बेला उनी अमेरिका लुकेको बाहिरिएपछि आलोचना भएको थियो । त्यसपछि उनले स्टाटस लेख्दै आफू बिरामी भएको प्रतिक्रिया दिएकी थिइन् । तर उनी नेपाल नफर्की उतै बसिन् । अहिले उनी अमेरिको न्यु योर्कमा बसिरहेकी छन् ।

सोचे अनुसार काम गर्न नसक्दा जनप्रतिनिधि विदेश पलायनः भीम ढुंगाना, अध्यक्ष, नगरपालिका संघ

नेपाल नगरपालिका संघ अध्यक्ष भीम ढुंगाना कार्यकाल एकाध जनप्रतिनिधिहरु पनि विदेश पलाएन भएको बताउँछन् । खास गरी वडासदस्यदेखि वडाध्यक्षहरुको वैदेशिक रोजगारीमा गएको उनले बताए । ‘धेरै होइन, कही कतै वडा वडाध्यक्षसम्म वैदेशिक रोजगारीमा गएका घटनाहरु छन् । तर यो संख्या कम छ’, उनले भने ।

उनका अनुसार कतिपय व्यक्तिगत कारणले विदेश पलायनका भएका छन् भने कतिपयपय जनताको अपेक्षा अनुसार काम गर्न नसक्दा पनि विदेश पलायनको बाटो रोजेको बताउँछन् ।

‘चुनाव अघि जनतालाई धेरै सपनाहरु देखाइएको हुन्छ । निर्वाचित भइसकेपछि सोचे अनुसार काम हुन सक्दैनन् । काम गर्न खोज्दा कहिले संघ सरकार बाधक बन्छ, कहिले प्रदेश सरकार’, उनी भन्छन्, ‘जनता समक्ष गरेको वाचा पूरा गर्न नपाउँदा जनप्रतिनिधिमा नैराश्यता बढाउँछ ।’

कतिचाहिँ चुनावका बेला लागेका ऋण, लगायतका आर्थिक समस्यासँग जुध्नुपर्दा पनि वैदेशिक रोजगारीको बाटो रोज्नुपर्ने बाध्यता भएको ढुंगाना सुनाउँछन् । ‘चुनाव असाध्यै खर्चिलो हुन्छ । ऋण काढेर भए पनि चुनाव लड्नुपर्ने बाध्यता हुन्छ’, उनले भने, ‘तर चुनाव जितेपछि जनप्रतिनिधिले पाउने सेवा सुविधाले ऋण तिर्न पुग्दैन,  चारैतिरबाट आर्थिक समस्याले घेरिएपछि विदेशीनु पर्ने बाध्यता आइलाग्छ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

सर्वोच्चको आदेश: किशोरी साहको नाम कालोसूचीमा नराख्ने

काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...

एनआरएनए स्टेयरिङ कमिटीको बैठक: मध्यपूर्व संकटप्रति गम्भीर चिन्ता

काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...

पहिलेदेखि नै अस्तित्वमा रहेको साङलो

एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...

मध्यपूर्वमा नेपालीको सुरक्षाबारे सरकारको ध्यानाकर्षण, र्‍यापिड एक्सन टिम गठन

काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...

भेटी रकमबाट बालगृहमा अक्षयकोष स्थापना

पोखरा  । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...

लागुऔषध झगडामा प्रहरीमाथि खुकुरी प्रहार, आत्मरक्षामा गोली चल्दा एक घाइते

हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...

समानुपातिक सिट बाँडफाँट टुंगियो : कुन दलले कति पाए?

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...

‘लाल किल्ला’बाट ‘माटो’सम्म : धरानमा कम्युनिस्टको पतन र हर्कवादको उदय

सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: